site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेडिसीटी अस्पतालले बालकलाई म्याद गुज्रिएको खोप दियो, पीडित परिवारको प्रश्न– सरकार किन मौन ? 
Tiktok banner adTiktok banner ad

काठमाडौं । २० महिनाको बालकलाई म्याद गुज्रिएको खोप दिइएको घटनाका छानबिन र दोषीलाई कारबाही गर्ने विषयमा मेडिसीटी अस्पताल मौन देखिएको भन्दै पीडितका परिवारले सरकार पनि मौन बस्दा आफूहरुलाई समस्या परेको बताएका छन् ।

ललितपुरमा रहेको मेडिसिटी अस्पतालले २० महिनाको बालकलाई म्याद गुज्रिएको खोप दिएपछि यो घटना बाहिर आएको हो ।

बालकका बुबाले पटक पटक अस्पताल व्यवस्थापनसँग आफ्नो गल्तीबारे स्पष्ट धारणा राख्न माग गरे पनि अस्पतालले कुनै रेस्पोन्स नगरेको बताए ।

अस्पतालले छानबिन समिति गठन गरी खोपको आयातकर्तासँग सोधपुछ तथा घटनाबारे छानबिन गर्ने भनिए पनि घटना भएको १८ दिन बितिसक्दा पनि कुनै तथ्य सार्वजनिक गरेको छैन ।

अस्पतालले सार्वजनिक रुपमा आफ्नो गल्ती स्वीकार गर्नुपर्ने र आगामी दिनमा यस्ता घटना नदोहोर्‍याउने प्रतिवद्धता 
जनाउनुपर्ने बालकका बुबा सोरभ भट्टराई बताउँछन् । 

यस्तो थियो घटना

माघ १ गते जडिबुटी निवासी सौरभ भट्टराई दम्पती आफ्नो २० महिने छोरालाई लिएर नियमित चेकजाँचका लागि नख्खु ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल पुगे । 

छोरालाई नियमित जाँच गर्दै आएकी पेडियाट्रिक डा. आना शर्मासँगको सल्लाहमा बालकलाई हेक्सासिम’ (भ्यागुते रोग, लहरे खोकी, टिटानस, पोलियो, हेपटाइटिस बी र हेमोफिलस एन्फ्लुएन्जा टाइप बीविरुद्धको खोप, जुन २४ महिनाभित्र बालबालिकालाई लगाइसक्नुपर्छ) दिने निर्णय भयो । 

भट्टराई दम्पतीले मेडिसीटीको फार्मेसीमा गएर खोप किने, छोरालाई खोप लगाइयो र घर फर्किए । 

राति छोराको खोप कार्डमा टाँसिएको स्टिकर हेर्दा थाहा भयो कि सो दिन लगाएको खोप म्याद नोभेम्बर २०२२ मा नै गुज्रिइसेको रहेछ । 

यता खोप किन्नका लागि तिरिएको बिलमा भने हेक्सासिमको म्याद फेब्रुअरी २०२४ लेखिएको थियो । 

यसबारे थाहा पाएलगत्तै सोरभले डा. आनालाई म्यासेज गरे, उनले खोप दिने क्रममा गम्भीर गल्ती भएको र अस्पतालबाट सौरभलाई सम्पर्क गरिने बताइन् । 

भोलपिल्ट अस्पतालबाट सौरभलाई फोन आयो छलफलका लागि बोलाइयो । 

अस्पताल प्रशासनको गल्ती स्वीकार गरियो तर सौरभको चित्तबुझ्दो जवाफ भने आएन । त्यही भेटमा उनले अस्पताल व्यवस्थापन पक्षसँग कुरा गर्ने प्रस्ताव राखे तर भोलपिल्ट पनि कुरा हुन सकेन बरु सौरभले ‘अस्पताल जवाफदेही नभएको’ बताएपछि अस्पताल प्रशासनको ठाडो जवाफ आएको बताउँछन् ।

त्यसपछि यस्ता घटनाबारे सबै अभिभावक र नागरिकलाई सचेत गराउनुपर्ने ठान्दै सौरभ सञ्चारमाध्यम र नियामक निकायसम्म पुगे तर मेडिसीटी व्यवस्थापनले भने अहिलेसम्म पनि सौरभलाई बोलाएर छलफल गरेको छैन । 

“म यो घटनामा क्षतिपूर्ति वा कुनै कानुनी लडाइँमा जान चाहेको होइन तर मेडिसीटीले आफ्नो गल्ती सार्वजनिक रुपमा स्वीकार गरोस्, भोलिका दिनमा अन्य नागरिकमा यस्ता घटना नदोहोरिउन् मैले यति चाहेको हो,” सौरभले बाह्रखरीसँग भने । 

पछिल्लो समय स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले औषधिमाथि अनुगमन बढाउन र नागरिकको स्वास्थ्यमा खेलबाड हुन नदिन दिएको निर्देशनलाई जोड्दै उनी प्रश्न गर्छन् “मन्त्रीले साँच्चै चाहन्छन् भने नागरिकको स्वास्थ्यमाथि भएका खेलबाडका घटनामाथि कारबाही गर्न यही घटनाबाट किन नथाल्ने ?” 

सौरभले घटनाबारे छानबिनका लागि नेपाल मेडिकल काउन्सिलमा माघ ६ गते उजुरी दिएका छन् । 

हानि नोक्सानी भएको पाइए दोषीलाई कारबाही हुन्छ : काउन्सिल 
नेपाल मेडिकल काउन्सिलले यो घटनाबारे छानबिन भइरहेको जनाएको छ । 

काउन्सिलका राजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले घटनाबारे छानबिन भइरहेको र छिट्टै प्रतिवेदन सार्वजनिक गरिने बताए । 

गल्ती प्रमाणित भए तर हानि नोक्सानी भएको छैन भने गल्ती गर्ने निकायलाई सचेत गराइन्छ, होइन घटनाबाट क्षति भयो, हानि नै भयो भने फोजदारी अभियोगमा जान्छ हामी छानबिन गर्दैछौँ,” डा. अधिकारीले भने ।  

म्याद गुज्रिएको खोप प्रयोग गर्नु हुँदैन 

खोपविज्ञ तथा पूर्व खोपशाखा प्रमुख डा. झलक गौतम घटनामा अस्पतालको तर्फबाट गम्भीर लापरबाही भएको देखिएको तर्क गर्छन् । 

“खोप आयात गर्दा स्टोरेज गर्दा र लगाउने क्रममा कम्तीमा पनि तीनवटा चरणमा चेकजाँच हुन्छ यो क्रममा अस्पतालले धेरै ठाउँमा लापरबाही गरेको देखिन्छ,” उनले भने । 

म्याद गुज्रिएको खोप लगाउँदा हुनसक्ने जोखिमबारे उनी भन्छन् डा. गौतम भन्छन् “पहिलो कुरा त म्याद गुज्रिएको खोप दिनु हुँदैन भनेपछि हुँदैन नै हो यसमा दुईमत नै छैन । दोस्रो कुरा म्याद गुज्रिएको खोपले तुरुन्तै असर देखिनपनि सक्छ र त्यसले शरीरमा गएर रोगसँग लड्नका लागि एन्टिबडी बनाउन पनि सक्दैन ।” 

मेडिसिटी अस्पतालका प्रवक्ता डा. राज राणाले यो विषयमा आन्तरिक अनुसन्धान भइरहेको जानकारी गराए ।
उनले अनुसन्धानको निष्कर्ष आएपछि सबै कुरा सार्वजनिक गरिने बताए ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  ११:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro