site stats
विदेश
लिबियाको तटबाट ३३१ आप्रवासीको उद्धार

त्रिपोली । गत हप्तामा ३३१ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको आप्रवासीका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम)ले सोमबार बताएको छ ।

“सन् २०२३ जनवरी २२ देखि २८ सम्मको समयावधिमा ३३१ आप्रवासीहरूलाई रोकेर लिबिया फर्काइयो” आईओएमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Agani Group

उद्धार गरिएका आप्रवासीमा २० महिला र ३५ बालबालिका रहेका छन् । यस वर्ष अहिलेसम्म कुल १ हजार १०३ आप्रवासीलाई उद्धार गरी लिबिया फर्काइएको छ । १७ जनाको मृत्यु भएको छ भने १८ जना लिबियाको तटबाट बेपत्ता भएको आईओएमले जनाएको छ ।

सन् २०२२ मा कुल २४ हजार ६८४ आप्रवासीहरूलाई उद्धार गरी लिबिया फर्काइएको आईओएमले खुलासा गरेको छ । मध्य भूमध्यसागरीय मार्गमा लिबियाको तटबाट ५२९ आप्रवासीको मृत्यु भएको छ भने ८४८ जना बेपत्ता भएका छन् । रासस/सिन्ह्वा
 

Global bank

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:४७
प्रतिक्रिया दिनुहोस्
सम्पादकीय