site stats
बाह्रखरी :: Baahrakhari
विचार
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘प्रचण्ड’ले कांग्रेसीलाई लगाएको गुन

केही दिनअघि पोखरामा आयोजित लिटरेचर फेस्टिवलमा काठमाडौंबाट ठूलै संख्यामा बुद्धिजीवी, साहित्यकार र राजनीतिज्ञ पुगेका थिए ।

उक्त कार्यक्रममा पुगेका पाहुनालाई पोखरेलीले अत्यन्त गोप्य सूचनाका साथ स्वागत गरे । प्रायः सबैजसो जमघटमा उल्लेख भएको सो विषय थियो – कांग्रेसका एक नेता पुत्रले कास्कीको उमेदवारी बाँडफाँटमा १५ रोपनी जग्गा उपहार पाएको ।

सो जग्गा कस्को नाममा थियो र कसको नाममा आयो भनेर प्रमाणित गर्न महाभारतै हुने भए पनि अबको सरकारले चाहेको खण्डमा खोजी गर्नसक्छ । सो आरोप प्रमाणित नभए पनि कांग्रेसभित्र कत्रो भ्रष्टाचार छ भन्ने सोच एक कान, दुई कान हुँदै मैदान भयो ।

Prabhu Bank
Agni Group
NIC Asia

केही महिना पहिले सरकारी सेवाबाट अवकाश पाएका एक सहसचिवले सुनाएको कुरा पनि मनन योग्य छ । विद्यार्थीकालमा नेविसंघका कार्यकर्ता उनले नेपाली कांग्रेसको सरकार हुँदा खासै केही पद त पाएनन् तर एउटा विदेशी नियुक्ति भने पड्काएका थिए ।

अवकाशपछि आफूलाई सुहाउने एक पदका लागि कोसिस गर्न उनले नेपाली कांग्रेसको दरबारमा अनुनय विनय गरे ।

Global Ime bank

तर, उनलाई सजिलो उत्तर दिइयो – सो पदमा फलानो व्यक्तिको नियुक्ती हुँदैछ भनेर । आश्चर्यचकित भएका उनले भनेछन् – ‘सो व्यक्ति त माओवादी निकट हो’ । दरबारबाट बिना कुनै संकोच हुकुम भएछ – ‘उस्ले यति रकम बुझाएको छ त्यसभन्दा बढी रकम बुझाउने हो भने निर्णय परिवर्तन गर्न सकिन्छ’ ।

बिचरा पूर्वकर्मचारीलाई सो पद दुर्लभ भयो । उनले जति जनालाई सो कुरा सुनाउँछन् त्यसको पाँच गुणा बढीले नेपाली कांग्रेसमा मौलाएको भ्रष्टाचारको कथालाई तेल–मसला दलेर अरुलाई सुनाउँछन् ।

यी त प्रतिनिधि घटनामात्र हुन् । यी र यस्ता सयौं घटनाका कारण नेपाली कांग्रेस अत्यन्त बदनाम भएको छ अन्यथा यो दलले नेकपा (माओवादी केन्द्र), मधेसी दल र नेकपा (एकीकृत समाजवादी)सँग मिलेर स्थानीय निर्वाचन र संघीय संसद् तथा प्रादेशिक संसद्को चुनावमा जानै पर्दैन थियो ।

दलको इज्जतमा धमिरा लाग्दै गएपछि ससाना दलको ओट लगाउनुपर्नेे अवस्था आएको हो । 

नेपाली कांग्रेस नातावाद, कृपावाद, भ्रष्टाचारमा निर्लिप्त नभएको भए र त्यो जनतामा नफैलिएको भए गत निर्वाचनमा उसले छानेर लिएको ९१ निर्वाचन क्षेत्रमा पनि ५७ स्थानमात्र जितेर चित्त बुझाउनु पर्दैन थियो ।

अझ समानुपातिकमा २०७४ को निर्वाचनमा ३२.७८ प्रतिशत प्राप्त गर्ने नेपाली कांग्रेस यस पटकको निर्वाचनमा २५.७ प्रतिशतमा खुम्चिनु पर्दैनथ्यो ।

समानुपातिकमा धेरै स्थानमा आफ्नो दल नउठेकाले कम मत आयो भनेर बहाना बनाउने दलको नेतृत्वले प्रत्यक्षमा गठबन्धनका अन्य दलले सहयोग गर्दागर्दै पनि किन ५७ सिटमा मात्र विजयी भयो भन्ने प्रश्नको उत्तर दिन जरुरी ठानेन । 

विसं २०७४ सालको निर्वाचनमा एक्लै चुनाव लडेर कम्युनिस्ट गठबन्धनविरुद्ध उसको निकै कमजोर प्रदर्शन हुँदा नेपाली कांग्रेसले आफ्नो हारको कारण राजनीतिक गठजोडलाई मात्र मान्यो ।

केपी शर्मा ओलीले नेकपा (नेकपा) बाट पुष्पकमल दाहाल र माधव नेपाललाई छल गरेर निकालेपछि माओवादी र एकीकृत समाजवादीको सहयोगमा सरकार बनाएको नेपाली कांग्रेसले किन नेपाली जनताले आफ्नो दललाई पत्याउन छाडे भनेर कहिल्यै गहन ढंगले मनन गरेन ।

राजनीतिक दाउपेच र पैसाको खोला बगाएर चुनाव जितिन्छ भन्ने एकोहोरो सोच राखेर २०७९ को निर्वाचनमा भाग लिए । नेपाली कांग्रेसका नेतृत्वको यो सोच करिबकरिब सत्य भइसकेको थियो ।

किनभने प्रत्यक्ष र समानुपातिकमा गरी ८९ सिट जितेको नेपाली कांग्रेस सत्ता प्रवेशको संघारमै पुगिसकेको थियो ।

शेरबहादुर देउवालाई ‘सातपल्ट प्रधानमन्त्री हुन्छौ’ भनेर ज्योतिषले गरेको भविष्यवाणीको अन्तिमभन्दा एक खुड्किलामा चढ्नै लागेका थिए देउवा । 

यसैबीच राजनीतिले अप्रत्याशित मोड लियो । दाहाललाई आफू पहिला प्रधानमन्त्री नहुने कुरा मन्जुर भएन । सायद, उनलाई लाग्यो नेपाली कांग्रेसजस्तो ऐतिहासिक राजनीतिक दललाई अब सुध्रिने मौका दिनुपर्छ ।

अब पनि यो दल सुध्रिएन भने अबको राजनीति चरम दक्षिणपन्थीको पोल्टामा पुग्नेछ जुनबेला कम्युनिस्ट शक्ति पनि कमजोर बन्नेछ ।

राप्रपाको पुनरागमन तथा राष्ट्रिय स्वतन्त्र पार्टीको सशक्त आगमनका कारण दाहाललाई कांग्रेसमाथि दया लागेको हुनसक्छ । त्यसैले उनले शेरबहादुर देउवालाई साइत नहेरी बालुवाटारबाट निस्कनुपर्ने अवस्था बनाए भने आफू साइत हेरेर बालुवाटार प्रवेश गरे ।

अहिले नेपाली कांग्रेसको अवस्था हेरेर जजसलाई चित्त दुखेको छ तिनले मुखमा आइसकेको भाग हरियो भन्ने सोचमात्र राखेका छन् ।

तर, जुन भ्रष्टाचारको सिलसिला कांग्रेस सरकारमा हुँदा चलेको थियो र सरकारमा पुगेको भए जुन तरिकाले मैमत्त भएर सरकारमा पुगेका नेता निजी ढुकुटी भर्न व्यस्त हुन्थे त्यसले यो दललाई यसको आदर्श — ‘राष्ट्रियता, लोकतन्त्र र समाजवाद’मा फर्कने मौका कहिल्यै प्राप्त नहुने अवस्था आउनसक्थ्यो ।

त्यसैले अहिले दाहालले यस दललाई नजानेरै भए पनि सहयोग गरेका छन् । 

प्रधानमन्त्री बनेका पुष्पकमल दाहालले नेपाली कांग्रेसको इतरपक्ष अर्थात् शेखर, गगन, विश्वप्रकाश आदिलाई पनि निकै ठूलो सहयोग पुर्‍याएका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा जुका झैँ टाँसिएर बसेका स्वार्थ समूहहरु अब यस दलसँग बसेर देश चुस्न पाँइदैन भनेर सटक्क छुट्टिनेछन् ।

नेतृत्वमा पुस्तान्तरण भएन भनेर कोकोहोलो गरेर बसेका गगन र विश्वप्रकाशका लागि ठूलो मौका भएको छ – अहिलेको बदलिएको राजनीतिक परिवेशको फाइदा उठाउने र नेपाली कांग्रेसको धमिलिएको छवि सुधार्ने । यसका लागि सभापतिको राजीनामा वा विशेष महाधिवेशनको चर्चा चल्दैछ । हेरौँ कहाँ पुग्छ ?

विश्वेश्वरप्रसाद कोइरालाले स्थापना गरेको यस दललाई उजिल्याउने कार्य सन्त नेता कृष्णप्रसाद भट्टराई, लौहपुरुष गणेशमान सिंहले गरेका थिए ।

तर, बीपीका भाइ गिरिजाप्रसाद कोइरालाले भ्रष्टाचारलाई दलभित्र र देशमा संस्थागत गरे । कृष्णप्रसाद भट्टराईजस्तो त्यागी र देशभक्त नेताका अनुयायी बनेर दलको नेतृत्वमा पुग्न सफल भएका शेरबहादुर देउवा भने भट्टराईका आदर्शलाई कुल्चिएर गिरिजाका ‘फर्मुला‘ कण्ठ गर्न थाले ।

यता गिरिजाका अनुयायी सुशील कोइराला भने सन्त नेता भट्टराईका पथबाट प्रभावित देखिए । त्यस्तै गणेशमान सिंहजस्तो आदर्श र इमानदारीका प्रतिमूर्ति नेता पनि थिए जसले प्रधानमन्त्री पदमात्र त्याग गरेनन् गलत बाटोमा हिँडेको नेपाली कांग्रेसलाई सुधार्न नसक्ने देखेपछि दल नै त्याग गरेका थिए ।

उनै गणेशमानका छोरा प्रकाशमान भने देउवाले पार्टी सुधार्ने वचन दिएका छन् भनेर उनैलाई सभापतिमा जिताउन लागि परे । त्यतिमात्र होइन सभापति र प्रधानमन्त्री भएर बदनाम भइसकेका देउवालाई संसदीय दलको निर्वाचनमा विजयी गराउन पनि महत्त्वपूर्ण भूमिका खेले ।

यहाँ महेन्द्रनारायण निधिका पुत्र विमलेन्द्र निधिले पनि गणेशमानका छोराकै जस्तो भूमिका खेलेर नेता पुत्रप्रतिको विश्वास खण्डित गरे । बिपी पुत्र शशांक र अर्का भट्टराईका अनुयायी भनिएका रामचन्द्र पौडेलले समेत ढलको पानीमा डुबुल्की मार्न असहज मानेनन् । 

यो ढल बहेको नेपाली कांग्रेस नामक बाग्मतीलाई पुनः स्वच्छ बनाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले जुन भूमिका खेलेका छन् त्यसका लागि उनलाई धन्यवाद दिँदा अन्यथा हुँदैन ।  

प्रम दाहादले एकपल्ट यस पंक्तिकारसँग कुरा गर्दा आफू एकदमै लोकतान्त्रिक चरित्रको भएको बताएका थिए । उनी कति लोकतान्त्रिक हुन्, कति समाजवादी वा कति साम्यवादी हुन् त्यो उनको काम र चरित्रले बिस्तारै देखाउँदै जाला ।

तर, अहिले भने नेपाली कांग्रेसलाई अब सुध्रिन, पुनः जनतामा जान, इमानदार हुन र लोकतन्त्र सबलीकरण गर्न विशेष योगदान दिएका छन् ।

कांग्रेस सरकारमा गए आफू फलानो पदमा पुग्छु वा फलानोलाई यो पदमा पुर्‍याएर फाइदा लिन्छु भनेर मुख मिठ्याएका केही सय व्यक्तिबाहेक नेपाली कांग्रेसको लोकतान्त्रिक चरित्र फेरि सशक्त भएर आओस् भन्नेले दाहालले लगाएको ‘गुन’लाई सकारात्मक ढंगले नै लिएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, पुस १४, २०७९  २१:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC