site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी महानिरीक्षक हटाउन सरकारको यस्तो छ तयारी
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । गृहमन्त्रीसँगको विवादका कारण प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई समय नपुग्दै हटाउने तयारी तीव्र रूपमा अघि बढाइएको छ ।
प्रहरी ऐन तथा प्रहरी नियमावली २०७१ लाई संशोधन गरेर उनलाई हटाउने चलखेल सुरु भएको हो ।
प्रहरीको संघीय संरचनाअनुसार प्रहरी महानिर्देशक बनाउने भन्दै महानिरीक्षक अर्याललाई कार्यकाल सकिन दुई महिना बाँकी हुँदा बिदा गरेर बहालवाला एआईजीमध्येबाट एकजनालाई महानिरीक्षक बनाउने चलखेल सुरु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री बिमलेन्द्र निधि र कांग्रेस सभापति शेरबहादुर देउवा महानिरीक्षक अर्याल हटाउन तयार भएको स्रोतले जानकारी दियो ।
टीकापुर घटनाका दोषीको मुद्दा फिर्ता लिने, वीरगन्जका एसपीलाई तानिएको, सरुवालगायतका विषयमा गृहमन्त्री निधि अर्यालसँग असन्तुष्ट छन् । 
त्यसबाहेक प्रहरीकै उच्च अधिकारी पनि उनलाई बिदा गर्न सके त्यस स्थानमा जान सकिने भएकाले लबिङमा रहेको प्रहरी स्रोतले जानकारी दियो ।
नेपाल प्रहरीमा उमेर अवधि ५८ र सेवा अवधि ३० वर्ष कायम गरिएको छ । दुई महिनापछि अर्यालसँगै बहालवाला एआईजीहरू पनि सबैले अवकाश पाउने हुनाले अर्याललाई अहिले नै बिदा गरेर बहालवाला एआईजीमध्ये एक जनालाई प्रहरी महानिरीक्षक बनाउने चलखेल सुरु भएको हो ।
त्यसका लागि प्रहरी नियमावली संशोधन प्रक्रिया पनि अघि बढेको छ । स्रोतका अनुसार यो प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार बहालवाला एआईजी राजेन्द्र सिंह भण्डारी र सुरेन्द्रबहादुर शाहले नेताहरूलाई सहयोग गरेको स्रोतले दाबी गरेको छ ।
जानकार स्रोतका अनुसार भण्डारीले गृहमन्त्री बिमलेन्द्र निधि र शाहले माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई मनाउन विभिन्न नेताहरूमार्फत् लबिङ गरेका छन् ।
अर्याल हटाउने खेल पुरानै 
प्रहरी महानिरीक्षक अर्याललाई हटाउन यसअघि पनि विभिन्न चलखेल भएका थिए । उनी महानिरीक्षक बनेपछि गठन भएका प्रत्येक सरकारका पालामा उनलाई हटाउने प्रयास भएको छ ।
अर्यालले कुनै पनि सरकारसँग सम्झौता नगरेका कारण उनलाई पटक पटक हटाउन लागिएको स्रोतले बतायो ।
खिलराज रेग्मीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्ले उनलाई महानिरीक्षक बनाएको थियो । त्यसबेला पनि भण्डारी र शाह अर्यालसँगै प्रतिस्पर्धामा थिए ।
संविधानसभाको दोस्रो निर्वाचनपछि बनेको कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री रहेका बामदेव गौतमले पनि अर्याललाई हटाउन चाहेका थिए । तर, तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले रोकका थिए ।
पछि केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पनि तत्कालीन गृहमन्त्री शक्ति बस्नेतले अर्याललाई हटाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीले रोकेका थिए ।
ओलीले अर्याललाई एआईजीहरू नै विरोधमा रहेकाले प्रहरी संगठनको मर्यादामा रहेर काम गरे आफू नेतृत्वको सरकारले सहयोग गर्ने आश्वासन दिएपछि भण्डारीलाई प्रहरी तालिम केन्द्रबाट राष्ट्रिय सुरक्षा परिषद्मा र शाहलाई अपराध अनुसन्धान विभागबाट तालिम केन्द्रमा लगिएको थियो ।
माओवादी नेतृत्वको सरकार गठनपछि पनि गृहमन्त्री निधिसँग विमति देखिएपछि अर्याललाई हटाउन लागिएको हो । तर, अहिले प्रधानमन्त्री र सत्तारुढ दलका सभापति सहमत भएको प्रहरी स्रोत बताउँछ ।
आइजीपी अर्याल, एआईजी भण्डारी, शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, केदार साउद, विरेन्द्रबाबु श्रेष्ठलगायतका एआईजी एकै ब्याचका प्रहरी अधिकारी हुन् । 
सेवा अवधिमा अवकाशको प्रावधान कायम रहे आईजीपी अर्यालसँगै अहिलेका सबै एआईजीले एकै दिन अवकाश पाउनेछन् ।
स्रोतका अनुसार नियमावली संशोधनको प्रयास अर्यालले नै सुरु गरेका हुन् । तर, उनले बहालवाला एआईजीलाई बाटो खुला हुनेगरी छाड्न मानेका छैनन् ।
उनले लाइनमा रहेका बाँकी प्रहरीको भविष्यमा असर पर्ने भन्दै आफ्नो ब्याचका सबैले अवकास पाउने गरीमात्र प्रहरी नियमावली संशोधन गर्न आग्रह गरेका छन् ।
अर्याल मुलुकबाहिर रहेका कारण कुराकानी हुन सकेन । उनी निकट प्रहरी स्रोतका अनुसार पहिले अर्यालको प्रस्तावमा गृहमन्त्री निधि पनि तयार थिए । तर, पछि अवकास हुन लागेका एआईजीलाई नेतृत्वमा पुर्याउने रणनीतिमा निधि लागेका छन् ।
विपक्षमा डीआईजी
सरकारले अघि सारेको प्रस्तावमा बहालवाला डीआईजी पनि असन्तुष्ट देखिएका छन् । अर्यालसँगै एआईजीहरू पनि बिदा भएपछि बहालवाला डीआईजीबाट महानिरीक्षक बन्ने बाटो खुला हुनेछ ।
संगठनको नेतृत्वका दावेदारमा डीआईजी नवराज सिलवाल, प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी छन् ।
उनीहरूले महानिरीक्षक अर्यालको ब्याचका सबै बिदा हुने गरी प्रहरी नियमावली संशोधनको आग्रह गरेको स्रोतले जानकारी दियो ।
सर्वोच्चको आदेशले बाधा
प्रहरीमा बढुवासम्बन्धी विवादबारे पटक पटक रिट परेपछि सर्वोच्च अदालतले बढुवा, अवकास सम्बन्धी वृत्तिविकाससँग जोडिएको विषय नियमावलीमा नराखी सो विषय प्रहरी ऐनमै राख्न सरकारको नाममा २ पटक आदेश दिइसकेको छ । डीआईजीबाट एआइजी बढुवाको विरोधमा ३ वर्षअघि परेको रिटको सुनुवाइको क्रममा सर्वोच्चले आदेश दिएपछि तत्कालीन गृहमन्त्री गौतमले ऐन संशोधनको प्रकृया सुरु गराएका थिए, तर अहिलेसम्म टुंगिएको छैन ।
सर्वोच्चको २ वटा आदेशपछि पनि अवकास र बढुवासम्बन्धी प्रावधान नियमावलीमार्फत नै सच्याउँदा असन्तुष्ट पक्ष अदालत जाने भएको हुनाले सहज नभएको उच्च स्रोतको दाबी छ ।
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक २६, २०७३  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro