site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं । प्रहरीले कडाइ गरेको बताए पनि नक्कली लाइसेन्सको व्यापार भने अझै रोकिएको छैन । अहिले पनि अलि निकै पैसा दिए घरमै लाइसेन्स ल्याइदिने भन्दै दलालहरूले अनेक जुक्ति लगाएर नक्कली लाइसेन्सको धन्दा चलाइरहेका छन् । ट्राफिक प्रहरीको कारबाहीमा परेका अधिकांश लाइसेन्स नक्कली पर्नुले पनि यो कुराको पुष्टि हुन्छ । 
प्रहरीले पटक–पटक नक्कली लाइसेन्स बनाउने गिरोहलाई पक्राउ गर्दै आएको छ । गएको माघमा महानगरीय प्रहरी वृत्त दरबारमार्गले नक्कली लाइसेन्स बनाउने स्थानमा नै छापा मारेको थियो । अहिले नक्कली लाइसेन्स बनाउने धन्दा रोकिएको प्रहरीको दाबी छ । “सक्कली लाइसेन्ससँगै नक्कली लाइसेन्स पनि बोक्नेहरू धेरै भेटिए । ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई कडाइ गरेपछि यो समस्या झनै बढ्यो,” महानगरीय ट्राफिक प्रहरी प्रमुख डीआइजी प्रकाश अर्याल भन्छन्, “सक्कली लाइसेन्स खल्तीमा राख्ने अनि कारबाहीमा परे नक्कली लाइसेन्स दिने । हेर्दा उस्तै हुन्छ, थाहै हुँदैन । कारबाहीमा परेपछि लिनै आउँदैनन् ।”
यसरी बन्छ नक्कली लाइसेन्स
सुरुमा सवारी लाइसेन्स आवश्यकता भएका व्यक्तिहरूको पहिचान गर्ने, अनि उनीहरूको क्षमताअनुसारको रकम माग गर्ने । दलालहरूले कम्तीमा १० हजार रुपैयाँमा दुईपांग्रे सवारीको लाइसेन्स बनाइदिन्छन् । 
होलोग्राम सक्कली, लाइसेन्स नक्कली
यस्ता गिरोहले बनाएको सवारी चालक अनुमतिपत्रमा सरकारी निकायले छापेको कार्ड र नम्बरको प्रयोग भएको पाइने गरेको ट्राफिक प्रहरीको भनाइ छ । बरामद भएका नक्कली लाइसेन्समा प्रयोग भएका दर्ता नम्बर, कार्ड र कुनै कुनैमा त होलोग्रामसमेत सक्कली नै भेटिने गरेको डीआईजी अर्याल बताउँछन् । 
जानकारहरुका अनुसार दलालहरूले लाइसेन्स हराएको बहानामा ट्राफिक प्रहरीबाट सिफारिस लिएर अर्को लाइसेन्स लिने र त्यसैको होलोग्राम उप्काएर नक्कलीमा टास्ने गर्छन् । 
कुनै चालकले प्रयोग गरिरहेको अनुमतिपत्र नक्कली हो कि सक्कली पत्ता लगाउने संयन्त्र न त ट्राफिक प्रहरी स“ग छ, न त यातयात व्यवस्था कार्यालयसँग नै । अहिले प्रहरीले कुनै लाइसेन्स नक्कली हो कि भनेर शंका लागेमात्र यातायात व्यवस्था कार्यालयसँग मिलेर अनुसन्धान गर्छ । नत्र साधारण चेकजाँच गरेकै भरमा नक्कली/सक्कली छुट्याउन कठिन हुन्छ । 
कति लाइसेन्स नक्कली ?
०७१ माघमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पक्राउ गरेको नक्कली सवारी चालक अनुमतिपत्र बनाउने एउटा गिरोहले दैनिक १२ वटासम्म सवारी चालक अनुमतिपत्र बिक्री गर्ने प्रहरीलाई बयान दिएका थिए । त्यो गिरोहले ६ वर्षदेखि निरन्तर रूपमा नक्कली सवारी चालक अनुमतिपत्र बनाएको स्वीकारेको थियो । 
डीआईजी अर्याल भन्छन्, “त्यो समूहले मात्र प्रहरीले पक्राउ गरेको अवधिसम्म २६ हजारभन्दा बढी नक्कली लाइसेन्स बनाएको देखिन्छ । अर्को तथ्य के छ भने तिनीहरूले एउटा लाइसेन्सको १८ देखि २० हजारसम्ममा बिक्री गर्थे । यसलाई हिसाब गर्दा उनीहरुले दैनिक २ लाख ४० हजारसम्मको कारोबार गर्ने गरेको देखिन्छ ।” ट्राफिक प्रहरीको अनुमानमा ७० हजारभन्दा बढी नक्कली लाइसेन्स छन् । 
दुर्घटनाको एउटा कारण नक्कली लाइसेन्स
गत वर्ष कात्तिक ७ गते नुवाकोटको बेलकोटमा बस दुर्घटना हु“दा १४ जनाको ज्यान गएको थियो । ५४ जना घाइते भएका थिए । क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको प्रारम्भिक प्रतिवेदन बनेको थियो । तर, पछि दुर्घटनाको कारण खुल्यो– नक्कली सवारी चालक अनुमतिपत्र । गाडी चालक आइतराम तामाङको सवारी चालक अनुमतिपत्र नक्कली भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले पुष्टि गरेको थियो । नक्कली सवारी चालक अनुमतिपत्रकै आधारमा सवारी दुर्घटना भएका थुप्रै उदाहारण छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार नेपालमा हरेक वर्ष २ हजारभन्दा बढी मानिसको सवारी दुर्घटनामा मृत्यु हुन्छ भने हजारौं अपांग हुन्छन् ।
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २१, २०७३  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro