site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर, पाइलट र चिकित्सकमात्रै होइन प्रहरीमा समेत जागिर खाएका तीन सय प्रहरीलाई कारबाही गर्दै मुद्दा चलाइएको छ ।
नक्कली शैक्षिक प्रमाणपत्रको कारोबार गर्ने र नक्कली प्रमाणपत्रधारीलाई कानुनको ढोकासम्म पु¥याउने प्रहरीको नै नक्कली सर्टिफिकेट भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको हो ।
गत असारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) डा. महेशमान प्रधानले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै विशेष अदालतमा मुद्दा दायर ग¥यो । 
त्यस्तै प्रहरी नायब उपरिक्षक (डीएसपी) बालकृष्ण थापाले प्रहरी सेवामा प्रवेशदेखि पदोन्नती हुँदासम्म नक्कली प्रमाणपत्र बुझाएको भेटियो । तीन वर्ष अघि प्रधानमन्त्रीको प्रत्यक्ष मातहातमा रहने निकाय राष्ट्रिय सतर्कता केन्द्रले छानविन गर्दा डीएसपी थापाको सम्पूर्ण शैक्षिक प्रमाणपत्र नक्कली भेटिएको थियो । 
सतर्कता केन्द्रले छानविन गरेर कारबाहीका लागि सिफारिस गरेपछि प्रहरी प्रधान कार्यालयले थापालाई निलम्बन गरी कारवाही अघि बढाएको थियो ।  २०४९ सालमा प्रहरी निरीक्षकमा जागिर खाएका थापाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७० सालमा मुद्दा चलाएको थियो । 
एसएसपी प्रधान र डीएसपी थापा त नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी जागिर खाने करिव ३ सय प्रहरीका प्रतिनिधीमूलक पात्र मात्र हुन् ।  २०७० सालमा अख्तियारले मुद्दा चलाएका ४१ जना प्रहरी अधिकारीहरुले सेवाबाट हात धुनु परेको थियो । अयोगको तथ्यांकअनुसार आर्थिक वर्ष २०७०/ ७१ मा अख्तियारले ८० वटा मुद्दा दायर गरेको थियो । ती मध्ये ३३ प्रतिशत त प्रहरीका मात्र थिए । त्यस्तै २०७१/ ७२ मा नक्कली शैक्षीक प्रमाणपत्र सम्बन्धि ९६ वटा मुद्दा विशेष अदालतमा पुगेका थिए । यसमध्ये ५८ वटा मुद्दा प्रहरीका मात्र थिए । २०७२/ ७३ मा ४७ वटा मुद्दा दायर भएकामध्ये १४ वटा मुद्दा प्रहरीको मात्र रहेका थिए ।
३ सय बढी प्रहरी अधिकारी फन्दामा
आयोगको तथ्याङ्कअनुसार अहिलेसम्म तीन सय भन्दा बढि प्रहरी अधिकृतको नक्कली सर्टिफिकेट भेटिएको भन्दै मुद्दा चलाइएको छ ।  अझ कतिपय शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेस गरेर जागिर खाने तथा बढुवा हुनेहरु त कारबाहीमा परिने डरले अनुसन्धान सुरु भएलगत्तै राजीनामा दिएका  थिए । 
प्रहरी प्रधान कार्यालय उच्च स्रोतकाअनुसार अझै पनि थुप्रै प्रहरी अधिकारी नक्कली शैक्षिक प्रमाणपत्रधारी छन् । एक जना प्रहरी अधिकृतले नाम उल्लेख नगर्ने सर्तमा बाह्रखरीलाई भने, “नक्कली प्रमाणपत्रधारीको जालो उच्च सरकारीतहसम्म छ, पहुँच हुनेहरु अझै ढुक्कले बसेका छन् ।” 
उनकाअनुसार केही प्रहरी अधिकारीहरु नक्कली शैक्षिक प्रमाणपत्र छानविनमा परेपछि अमेरिका जाने तयारीमा रहेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा असई देखि डीआईजीसम्मका अधिकारीहरुको नक्कली शैक्षिक प्रमाणपत्र भएको भन्दै उजुरी परेको अख्तियारका प्रवक्ता गणेशराज कार्कीले बताए । यो अवधिमा केही प्रहरी उच्च अधिकृतहरुले त नक्कली शैक्षिक प्रमाणपत्र छानविन हुने डरले बीचैमा जागिर छाडेका थिए । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिलेसम्म छानबिन गरेका आधारमा हेर्दा कर्मचारीले पेश गरेको नक्कली शैक्षिक प्रमाणपत्रमध्ये अधिकांश भारत उत्तरप्रदेशका विभिन्न शैक्षिक निकायका छन् । त्यस्तै त्रिभुवन विश्वविद्यालयका समेत केही नक्कली शैक्षिक प्रमाणपत्र भेटिएका छन् । 
नेपालमै बन्छ नक्कली शैक्षिक प्रमाणपत्र 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २०६७ भदौबाट ‘अपरेशन हन्ट’ नाम दिएर नक्कली सर्टिफिकेट बनाउने गिरोहविरुद्ध अभियान नै चलाएको थियो । अभियान अन्तर्गत नेपालका दुई दर्जन बढी स्थानमा छामा मारेर प्रहरीले नक्कली सर्टिफिकेट बनाउने गिरोहलाई नियन्त्रणमा लिईसकेको छ । प्रहरी अनुसन्धान भन्छ – “नेपालमै नक्कली सर्टिफिकेट बनाउने बेइमानहरुको मुख्य ग्राहक भनेका विदेश जानेहरु नै हुन् ।”  विदेशमा अध्ययनका लागि विद्यार्थी पठाउन खुलेका कतिपय शैक्षिक परामर्श केन्द्रहरुले समेत नक्कली सर्टिफिकेट बनाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १९:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro