site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एटीएमको पिन कोड नेपालमै ह्याक हुन थाल्यो
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अरुको एटीएम कार्ड र किनमेलका लागि बनाइएका कार्डको पिन नम्बर चोरी गरी विभिन्न बैंकका एटीएमबाट रकम निकाल्ने एक जना बुल्गेरिएन नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले कात्तिक ११ गते काठमाडौंको ठमेलस्थित जगत होटलबाट बुल्गेरिएन नागरिक डिमो अटानासोभ स्टेफानोभलाई पक्राउ गरेको ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले बताए । 
गएको असोज २१ गते नेपाल आएका टेफानोभले काठमाडौंको ठमेल क्षेत्रका विभिन्न बैंकबाट रकम निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एक महिनाको भ्रमण भिसा लिएर ठमेलका विभिन्न होटलमा बस्दै आएका टेफानोभले हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका एटीएम बुथबाट अरुको पिन चोरी गर्दै रकम निकाल्ने गरेको डीआईजी सिलवालले बताए । 
टेफानोभ एटीएमबाट रकम चोरी गर्नकै लागि नेपाल आएको अनुसन्धानबाट खुलेको छ । प्रहरीले उनको साथबाट १७ हजार अमेरिकी डलर र ६ सय युरो बरामद गरेको छ । त्यसैगरी प्रहरीले उनको साथबाट एटीएम ह्याक गर्ने विभिन्न उपकरण, हिडन क्यामेरा, चिप्स, कम्प्युुटरलगाष्तका सामग्री बरामद गरेको छ । 
अनुसन्धान अधिकारीका अनुसार एटीएम चोरी गर्नकै लागि उनीसहित ४ जना नेपाल आएका थिए । उनीबाहेक ३ जनाले रकम चोरी गरेर नेपाल छाडेको प्रहरी अनुसन्धानबाट खुलेको छ । “उनले मुख खोलेका छैनन्,” अनुसन्धान अधिकृतले भने, “होटल सञ्चालकलाई सोधपुछ गर्दा स्टेफानोभको साथमा अन्य तीन जना भएको पत्ता लाग्यो । तर उनीहरुले नेपाल छाडिसकेछन् ।’ स्टेफानोभले भने नेपाल छाडेकाहरु आफ्नो साथी नभएर होटलमा बस्दा चिनजान भएको प्रहरीलाई बताएका छन् । 
यसरी समातिए ह्याकर
अनुुसन्धान अधिकारीका अनुसार उनी कात्तिक ११ गते बिहान ठमेलको ज्याठामा रहेको नेपाल इन्भेष्टमेन्ड बैंकको एटीएम बुथबाट पैसा निकालेर बाहिरिए । सीसीटिभीको फुटेजमा शंकास्पद गतिविधि देखिएपछि बैंक प्रशासनले प्रहरीलाई खबर गर्यो । प्रहरी पनि काठमाडौंका केही भाग र ठमेल क्षेत्रका सम्पूर्ण एटीएम बुथ र आसपासका सीसीटिभीको फुटेज हेरेर हुलिया पत्ता लाउनतिर लाग्यो । ज्याठाबाट रकम निकालेर निस्केको व्यक्ति ठमेलको मनाङ होटलमा रहेको हिमालयन बैंकको एटीएम बुथमा पनि देखा पर्यो र प्रहरीले त्यहीँबाट पिछा गर्यो । उनी एउटा एटीएम प्रयोग गरेपछि अर्कोमा जाँदा डे«स परिर्वतन गर्थे । मनाङ होटलबाट निस्केका उनी ठमेल, वसन्तपुर, न्यूरोड हँुदै फेरि ठमेल फर्के र आफू बस्दै आएको होटल जगतको कोठा नम्बर १०१ मा प्रवेश गरे  । 
“न्यूरोडमा कुनै व्यक्तिले पिछा गरेको उनलाई शंका लागेको रहेछ,” अनुसन्धान अधिकारीले भने, “सेल्फी खिच्ने बहानामा उनले पछाडिको फोटो खिच्दै आफूलाई पिछा गर्ने व्यक्ति हेर्दै आएका थिए ।”  
यसरी चोरी हुन्छ पिन नम्बर
सीआईबी प्रमुख सिलवालका अनुसार एटीएमको पिन कोड ह्याक गर्ने एक गिरोह विदेशमै हुन्छ । त्यो गिरोहले उतैको एटीमए बुथमा वेबक्याम राखेको हुन्छ । कतिपय एटीएमभित्रै पिनकोड रिड गर्न सक्ने क्षमताको अर्को डिभाइस राखेर एटीएमबारे जानकारी लिने गर्छन् । 
त्यसरी पिन कोड र त्यसको बारेमा जानकारी संकलन भएपछि उनीहरु एटीएममा त्यो पिन कोड र उक्त व्यक्तिको विवरण भरेर एटीएम, भिसा कार्ड र अन्य बिजनेस कार्डहरु तयार पार्छन् । यसरी तयार पारेको कार्डलाई तस्करहरुले बैंकिङ सुरक्षा कम र सहजै आवजावत गर्न मिल्ने देशमा प्रयोग गर्छन् । 
नेपाल ह्याक भएको एटीएमबाट पैसा झिक्न मिल्ने सहज देश हो । “ठमेलबाट बिहीबार पक्राउ परेका बुल्गेरिएन नागरिकले नेपालका एटीएम बुथमा विभिन्न उपकरण राखी एटीएम पिन नेपालबाटै चोरी गरेको भेटियो । नेपालका एटीएम बुथमा यस्ता अत्याधुनिक उपकरण जोडेर पिन चोरी गरेको यो पहिलो घटना हो,” डीआईजी सिलवालले भने । 
चोरेको पैसा ६०–४०
प्रहरीका अनुसार यसरी ह्याक गरेको एटीएमबाट निकालेको रकम ६० प्रतिशत मुख्य ह्याकरले लिने गरेको हुन्छ भने ४० प्रतिशत एटीएमबाट रकम निकाल्नेले लिने गर्छ । पिन कोड ह्याक गर्ने र एटीएमबाट रकम निकाल्नेको प्रायः चिनजान पनि हुँदैन । पिन कोड ह्याक गरी नयाँ एटिएममा विवरण भरेर मुख्य ह्याकरबाट अर्कोको हातमा एटिएम पुग्छ, अनि त्यसपछि मात्र एटीएममा पैसा झिक्नेको हातमा पर्छ । त्यसपछि उनीहरूले भिजिट भिसामा नेपाल आएर रकम निकालेर डलर तथा युरोमा साटेर फिर्ता लाने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
प्रहरीका अनुसार यसरी ह्याक भएका एटीएम तीन प्रकारले प्रयोग हुने गरेका छन् । पहिलो, नेपाल तथा भारतका क्यासिनोमा स्वीप गरी रकम निकाल्ने, दोस्रो, नेपालीहरुलाई प्रयोग गरी महँगा सामान अनलाइनमार्फत सपिङ  गर्ने र तेस्रो, नेपाल घुम्न आउने बहानामा पर्यटक भिसामा नेपाल आउने र रकम निकाल्ने अनि होटल तथा रेस्टुरेन्टमा कार्डमार्फत बिल तिर्ने र नेपाली एटिएमबाट रकम निकालेर फर्कने । 
“नेपालको बैकिङ प्रणालीमा राम्रो सुरक्षा छैन, त्यसैले ह्याकरको रोजाइमा नेपाल परेको हो,” ब्युरोका डीआईजी भन्छन्, “हामीले राष्ट्र बैंकलाई यो कुरा धेरै पटक भनिसकेका छौं ।” 
प्रहरी र राष्ट्र बैंकका कर्मचारीसँग सेटिङ
उच्च स्रोतका अनुुसार प्रहरीका उच्च अधिकारी र सरकारका वरिष्ठ कर्मचारी तथा नेताहरुको सेटिङमा नेपालका क्यासिनोमा दैनिक करोडौंको कालोधनलाई लिगलाइज गर्ने काम हुन्छ अनि त्यही मात्रामा चोरी गरेका पिन र बिजनेस कार्डबाट रकम निकाल्ने काम पनि हुन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७३  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro