site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अस्तव्यस्त सडक पार्किङ, कसले गर्ने व्यवस्थापन ?
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठाडमौं । राजधानीका साँघुरा सडक फराकिलो बनाउन भन्दै तत्कालीन बाबुराम भट्टराई नेतृत्वको सरकारले उपत्यकाभित्र सडक मिचेर बनाएका घरटहरा भत्कायो । सडक फराकिला भए अनि काठमाडौं उपत्यकाको स्वरूप पनि फेरियो । 
खुला सडकमा बिना ट्राफिक जाम सवारी कुदाउन पाइने भयो अनि सडक पेटीमा पनि सजिलोसँग हिँड्न पाइने भयो भनेर जनता खुसी भए । तर, जिम्मेवार निकायको गैरजिम्मेवारीका कारण यात्रु तथा सवारी चालकले सहजताका साथ यात्रा गर्न पाएका छैनन् । राजधानीमा फराकिलो भएको कतिपय सडक दायाँ–बायाँ पार्किङका लागि प्रयोग भइरहेको छ भने फुटपाथ पनि पार्किङकै लागि प्रयोग भएका कारण यात्रुले राम्रोसँग प्रयोग गर्न पाएका छैनन् । विशेषगरी बागबजार, मैतिदेवी, बौद्ध, पुरानो बानेश्वर, कमलपोखरी, न्युरोडलगायत क्षेत्रमा सडककै छेउमा चार पांग्रे तथा दुई पांग्रे सवारीसाधन पार्किङ गरेको देख्न सकिन्छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौं उपत्यकाभर २३ स्थानमा मात्र सडक छेउमा पार्किङ गर्न सकिन्छ । काठमाडौं महानगरपालिकाले पनि २३ स्थानमा मात्र सडक पार्किङको स्थान तोकेको छ ।
तर, राजधानीका मुख्य व्यापारिक स्थानहरूमा सवारीसाधन पार्किङ नगरेको सडक भेट्न गाह्रो पर्छ । “महानगरले व्यवसाय गर्न ठाउँ दिन्छ, पार्किङका बारेमा सोच्दैन । सडक पार्किङमा महानगरपालिकाले ध्यान दिँदैन, अनि दोषजति ट्राफिकलाई,” ट्राफिक प्रहरीहरू गुनासो गर्छन् । 
ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्याल सडक पार्किङ व्यवस्थापनमा आफूहरू लागिपरेको बताउँछन् । “कतिपय कुरा चाहेर पनि गर्न सकिरहेका छैनौं । आवश्यक स्रोतसाधन छैन, सडक फराकिला बनेका छन् तर सडकमै पार्किङ गर्नेहरुको जमात ठूलो छ,” अर्यालले भने । 
महाशाखाका डीएसपी सविन प्रधानले पनि व्यवसाय गर्नेले पार्किङ स्थल सडकलाई ठान्दा समस्या हुने बताउँछन् । “व्यवसाय गर्नेले सवारी पार्किङको पनि व्यवस्था गरिदिनुपर्छ,” उनले भने । काठमाडौंका बागबजार, कमलपोखरी, पुरानो बानेश्वर, बौद्ध, महाराजगन्ज, कंलकीलगायत क्षेत्रका सडक किनारमा सवारी पार्किङ गर्न नमिल्ने महाशाखाले जनाएको छ । व्यापारिक केन्द्र न्युरोडमा दुई लाइनमात्र पार्किङ गर्ने महानगरले अनुमति दिए पनि लगभग पूरै सडक पार्किङले भरिएको हुन्छ । 
काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपति सापकोटा भने पार्किङमा सुधार आएको दाबी गर्छन् । “सडक पार्किङलाई व्यवस्थित गर्न हामी दैनिक खटिने गरेका छौं,  पहिलाको भन्दा सुधार छ,” सापकोटाले भने । 
हरेक दिन महानगरले सडक किनारमा पार्किङ गरेका सवारीसाधन उठाएर लैजान्छ । सवारी छुटाउन सवारीधनीले एक हजार रुपैयाँ जरिवाना तिर्नुपर्छ । तर, यसले पनि सडक किनारमा पार्किङ गर्ने प्रवृत्ति घट्नुको सट्टा बढिरहेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १०, २०७३  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro