site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीको नक्कल गर्नखोज्दा प्रहरी फन्दामा
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । करिब दुई दशक अघि रुकुम र रोल्पालाई आधार इलाका बनाएर जसरी तत्कालिन नेकपा माओवादीले सशस्त्र संघर्ष शुरु गरेको थियो त्यही खाकामा लुटपाट र जबर्जस्ती चन्दा असूल्ने एक समूहलाई प्रहरीले पक्राउ गरेको छ । 
आफूलाई मंगोल मूलवासी राष्ट्रिय फोर्स बताउने समूह र त्यसका अध्यक्ष भनिने उपेन्द्र घर्तीको सिन्धुपाल्चोकमा बस लुट्ने योजना विफल बनाउँदै प्रहरीले पक्राउ गरेको हो । घर्ती सहित सो समूहका अन्य १२ जना पनि प्रहरी हिरासतमा पुगेका छन् ।
रोल्पा र रुकुममा ग्रामीण भेगमा सैनिक तालिम भनेर कतिपयलाई तालिम दिएजस्तो गर्ने र त्यहाँबाट केही रकम र हतियार संकलन गरेर सो समूह काठमाडौं छिरेको सूचना प्रहरीले पहिल्यै पाएको तर तिनको संगठनलाई एकैपटक समाप्त पार्ने उद्देश्यसहित निगरानीमा राखेको र बस लुट्नु अघि सबैलाई पक्राउ गरिएको महानगरिय प्रहरी कार्यालयका आयुक्त एआईजी प्रताप थापाले बताए ।
थापाका अनुसार यो समूहका सदस्यमध्ये रोल्पाबाट पाँच, सिन्धुपाल्चोकबाट दुई र काठमाडौंबाट छ जना पक्राउ गरिएको थियो । प्रहरीले उनीहरूका साथबाट चार वटा पेस्तोल, विभिन्न विष्फोटक पदार्थ तथा संगठनको नाममा प्रकाशित केही दस्तावेज र सैनिक तालिम सम्बन्धि पुस्तिका पनि बरामद गरेको छ । 
आतंकवाद हेर्ने नेपाल प्रहरीको विशेष ब्युरोका डिआइजी बमबहादुर भण्डारीका अनुसार मंगोल मूलवासी राष्ट्रिय फोर्स एकवर्ष अघि तीनवटा साना यस्ता संघ मिलाएर बनाइएको थियो । यो संगठनले देशभरी १०४ सक्रिय सदस्य बनाएको र राजनीतिक आवरणमा यसको उद्देश्य लुटपाट मच्चाउने र त्रास फैलाएर पैसा उठाउने नै थियो । 
पक्राउ परेको संगठनले नेपाललाई तीन भागमा विभाजन गरी भूमिगत सशस्त्र आन्दोलन गर्ने बताए पनि डिआइजी भण्डारीका अनुसार उनीहरुको कार्यशैली भने आपराधिक देखियो ।  अध्यक्ष उपेन्द्र घर्तिमगरले पश्चिम क्षेत्र सम्हाल्ने, पूर्वी क्षेत्रका इन्चार्जमा पृथ्वी नारायण लिम्बु र मध्य क्षेत्र इन्चार्ज टेन्डी शेर्पा बनेका थिए । यी तीन बाहेक पक्राउ परेका १३ मध्ये सचिन लिम्बु, सुवास राई र नविन श्रेष्ठको नाम पनि प्रहरीले सार्वजनिक गरेको छ । 
यो समूहले हतियार संकलन गर्ने, बस लुट्ने, बैंक तथा सुन पसल लुट्ने र प्रहरी चौकी आक्रमण गर्ने तयारी गरिरहेको डीआईजी भण्डारीले जनाए । उनले भने, पक्राउ परेको समूहले तत्कालीन माओवादीको नक्कल गर्न खोजेको प्रहरी अनुसन्धानबाट खुलेको छ । 
“राजनीतिक नाम र उद्देश्य राखेर आपराधिक गतिविधि सञ्चालन गरिरहेको, बैंक लुट्ने, सैन्य तालिम दिने लगायतका काम गरिरहेको हामीलाई पहिल्यै जानकारीमा आएको थियो । उनीहरुको सम्पूर्ण संरचना ध्वस्त पार्नु थियो, त्यसैले केही समय निगरानीमा राख्यौं र एकैपल्ट ध्वस्त बनाएका हौं । यस समूहका मु्ख्य ब्यक्तिहरू पक्राउ परिसके र अन्य केही चाँडै पक्राउ पर्छन,” डिआइजी भण्डारीले भने ।
यो समूहले सिन्धुपाल्चोकमा कुनै बस लुट्ने योजना गरेर त्यसलाई अन्तिम रुप दिन लागेको अवस्थामा प्रहरीले हतियारसहित पक्राउ गरेको हो । 
 
NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक ८, २०७३  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro