site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्सी चालकलाई जापानी नागरिकको चिठी– इमान्दारिताका साथ मिटर चलाउनुस्
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । नेपाल घुम्न आएका एक जापानी नागरिकले भाडाका ट्याक्सी चालकलाई चिठी लेखेर नरम र दयालु भाव देखाउन आग्रह गरेका छन् ।
उनले आफूले लेखेको चिठी ट्राफिक प्रहरी महाशाखामा बुझाएका छन् । चिठीमा उनले ट्याक्सी चालकलाई राम्रो कमाइ गर्ने तीनवटा तरिका पनि सुझाएका छन् ।
नेपाल घुम्न आएका आएका जापानी नागरिक ताकासिओले महाशाखा पुगेर डीएसपी सविन प्रधानलाई चिठी बुझाएका हुन् ।
“म तपाईंको देश नेपालमा केही महिनाअगाडि आएँ । अनि ट्याक्सीमा धेरै पल्ट चढेर तपाईंले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ । यसबारे मलाई केही प्रभाव परेकोले म तपाईंलाई यस चिठीको माध्यमबाट केही कुरा भन्न चाहन्छु,” चिठीको सुरुवात गर्दै उनले भनेका छन् ।
ट्याक्सी चलाउने काम निकै गाह्रो भएको र सधैं जोखिम हुने उनले चिठीमा उल्लेख गरेका छन् । “ट्याक्सी चलाउने काम तपाईंलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणको लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुहरूसँग झमेला, लुटेराहरूसँगको सामना आदि । केही यात्रुहरू तपाईंलाई आफ्नो गन्तव्य स्थानमा सकेसम्म छिटो पुर्याइदिन भन्छन् । त्यसबेला होसियारीसाथ जोखिम लिएर पनि चलाउनुपर्छ,” उनले चिठीमा भनेका छन्, “तर पर्खनुहोस्, अरु मान्छेको बारेमा पनि एकछिन सोच्नुहोस् । तपाईंलाई थाहा छ, तपाईंको ट्याक्सीबाट उनीहरूले कस्तो आशा गर्छन् ?”
चिठीमा पानी परेका बेला, गह्रौं झोला भएको बेला, नयाँ सहरमा भएको बेला, वा इमर्जेन्सीको बेला, ट्याक्सीमा आरामदायी र सुरक्षित यात्रा गर्न चाहने पनि ताकासिओले उल्लेख गरेका छन् ।
“ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस, टेम्पोभन्दा फरक हुन्छ । तपाईंले साँघुरो बाटोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकाहीँ यात्रुहरुको गह्रौं झोला पनि बोक्नुपर्छ,”  चिठीमा उनले भनेका छन्, “एउटा विदेशी मान्छेको हेराइमा तपाईं यति गाह्रो काम गर्दै हुनुुहन्छ । त्यसकारण म तपाईंलाई अझै राम्रो कमाइ गर्न तीनवटा तरिका सिकाइदिन चाहन्छु ।”
उनले दिएका तीन वटा कारण र सुझाव यस्ता छन् । पहिलो सुझाव छ– आफ्नो पेशामा सधैं गौरव गर्नुहोस् । एउटा विदेशी पाहुनाले तपाईंको देशमा आएर भेट्ने व्यक्तिहरूमध्ये तपाईं पहिलो व्यक्ति हुनुहुन्छ, अर्को शब्दमा विदेशीको लागि तपाईं नेपालको पहिलो अनुहार हो । सुरक्षित रूपले ट्याक्सी चलाउँदै मलाई तपाईंले नरम र दयालु भाव देखाउनुभयो भने नै म नेपाल रमाएर बस्नेछु ।
दोस्रो सुझाव छ– ड्राइभिङबाट जीविका चलाउने र सडक प्रयोगमै धेरै समय बिताउने तपाईंले धेरै सुरक्षित साथ ट्याक्सी चलाउनुपर्छ । 
तेस्रो सुझाव छ –इमान्दारिताका साथ ट्याक्सीमा भएको मिटर चलाउनुस् र मेरो लागि पनि कृपया तपाईंको ट्याक्सीको अगाडि सिटमा बस्नको लागि सिटबेल्टको व्यवस्था गरिदिनुस् ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ७, २०७३  १५:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro