site stats
बाह्रखरी :: Baahrakhari
विशेष
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका असई सुरज विष्ट लागुऔषधसहित काठमाडौंको नागार्जुन नगरपालिकाबाट पक्राउ परेका छन् । 
महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मंगलबार दिउसो लागुऔषधसहित अनुसन्धान विभागका असई सुरज बिष्टलाई काठमाडौंको नागार्जुन नगरपालिका ११ बाट पक्राउ गरेको प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी नवराज अधिकारीले बताए । 
उनकाअनुसार असई विष्टबाट प्रहरीले १८ थान एम्पुल डाइजेपाम्प अवैध लागुऔषध बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका असई विष्टलाई प्रहरीले कानुनअनुसार मुद्दा अघि बढाएको डीएसपी नवराज अधिकारीले बताए । 
 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३  १५:४७
प्रतिक्रिया दिनुहोस्