देश
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका असई सुरज विष्ट लागुऔषधसहित काठमाडौंको नागार्जुन नगरपालिकाबाट पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले मंगलबार दिउसो लागुऔषधसहित अनुसन्धान विभागका असई सुरज बिष्टलाई काठमाडौंको नागार्जुन नगरपालिका ११ बाट पक्राउ गरेको प्रहरी वृत्त कालीमाटीका प्रमुख डीएसपी नवराज अधिकारीले बताए ।
उनकाअनुसार असई विष्टबाट प्रहरीले १८ थान एम्पुल डाइजेपाम्प अवैध लागुऔषध बरामद गरेको छ । लागुऔषधसहित पक्राउ परेका असई विष्टलाई प्रहरीले कानुनअनुसार मुद्दा अघि बढाएको डीएसपी नवराज अधिकारीले बताए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ४, २०७३ १५:४७
प्रतिक्रिया दिनुहोस्