site stats
बाह्रखरी :: Baahrakhari
विशेष
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । नेपाल प्रहरीले जेल बसेर छुटेका चोरलाई नै दसैं तिहार जस्ता चाडपर्वमा बढी निगरानीमा राख्ने भएको छ । उनीहरुबाट बढी त्यस्तै घटना दोहोरिन सक्ने भन्दै प्रहरीले चलाएको अभियानमा बढी निगरानी गर्न लागिएको प्रहरीले जनाएको छ ।
दसैंका बेला कुनै पनि नागरिकले आपत्ति भोग्न नपरोस् भनेर प्रहरीले विशेष सुरक्षा परिचालन गरेको छ ।
प्रहरीले सुरक्षामा खटिएका प्रहरीलाई जिम्मेवारी तोकेर कानुलाई कुल्चेर अटेर गर्नेलाई कसैको दवावमा नरहेर तत्काल कारवाही गर्न निर्देशन दिएको छ । 
मौका छोपेर हुने चोरी, डकैती लुटपाट तथा विभिन्न खाले आपराधिक कृयाकलापलाई निरुत्साहित गर्न प्रहरीले विषेश परिचालन गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । 
परिसरले शुक्रबार पत्रकार सम्मेलन गरी दसैं तिहार, छठ पर्वको सुरक्षा योजना सार्वजनिक गरेको हो । 
दसैं मनाउन मुल घर धेरै जाने र काठमाडौं खाली हुने भएका कारण दसैंमा चोरी धेरै हुने गरेको भन्दै प्रहरीले चोरी नियन्त्रण गर्न विशेष टोली परिचालन गरेको एसएसपी थापाले बताए । 
उनका अनुसार टोलीले जेल बसेर छुटेका चोरहरुको निगरानी गर्ने तथा धेरै चोरी हुने स्थानमा गएर  नागरिकसँग अन्तरक्रिया पनि गर्ने भएको छ ।
प्रहरीले चोरी डकैती र भिडभाडमा हुने पाकेटमारदेखि विभिन्न गतिविधिको निगरानी गर्न प्रहरीले काठमाडौंका ३ सय ३५ ठाँउमा सीसीटीभी जडान गर्नेछ । 
एसएसपी थापाका अनुसार प्रहरीले बस टिकटमा कालोबजारी गर्ने र तोकिएको भन्दा बढी भाडादर असुल्ने ६ जनालाई ठगी अन्तरगत मुद्दा चलाएको छ । 
पटका भित्रिन नदिन नाकामा तालिमप्राप्त कुकुर परिचालन
प्रहरीले तिहारका बेला काठमाडौंमा पटका भित्रन नदिन काठमाडौं भित्रिने नाकामा तालिम प्राप्त कुकुर परिचालन गर्ने भएको छ । 
विगतमा व्यापारीले विभिन्न सामानभित्र लुकाएर प्रहरीको आँखा छलेर पटका भित्र्याएको भन्दै काठमाडौं भित्रिने नाकामा तालिम प्राप्त कुकुर परिचान गरिने एसएसपी थापाले बताए । 
 
प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७३  १५:४३
प्रतिक्रिया दिनुहोस्