site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । अघिल्लो साता ललितपुरको प्रहरी टोली सादा पोसाकमा हतियार बोकेर ललितपुरमा रहेका विभिन्न बैंकमा प्रवेश गर्‍यो ।
सादा पोसाकको प्रहरी टोली ती बैंकहरूमा पुग्दा बैंकमा मानिसहरुको खचाखच भिडभाड थियो । मुख्य गेटमा कुनै बैंकमा २ जना त कुनैमा ३ जनासम्म सुरक्षाका लागि मेटल डिटेक्टर (विस्फोटक पदार्थ तथा हातहतियार बोकेको पत्ता लाउने यन्त्र) बोकेका सुरक्षा गार्ड थिए । तर, तिनले हतियार बोकेका प्रहरी छिर्दा पनि कुनै पत्तो पाएनन् ।
बैंकका सुरक्षा गार्डले हतियार बोकेका प्रहरीलाई चेकचाँज पनि गरेका थिए । तर, हतियार छ भन्ने पत्तो पाएनन् ।
ललितपुर प्रहरीका अनुसार विभिन्न १० वटा बैंकमा त्यसैगरी प्रवेश गर्दा ५ वटा बैंकको सुरक्षाका लागि बसेका गार्डले पत्तै पाएनन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पिताम्बर अधिकारीले बाह्रखरीसँग भने, “अन्य बेलाको भन्दा दसैंका बेला बैंकहरूमा धेरै भिडभाड हुन्छ, यस्तो बेला अपराधीले पनि मौका छोप्छन् । करोडाैं रकमको कारोबार भइरहेको बैंकका सुरक्षा गार्डको सुरक्षा व्यवस्था कस्तो छ भन्दै हामीले ललितपुरमा अनुगमन गर्‍याैँ । सुरक्षाका लागि राखेका गार्डले समेत हतियारसहित छिरेको पत्तै पाएनन् ।”
सुरक्षा गार्डमा सुरक्षाको कमजोरी देखिएका बैंकको व्यवस्थापन पक्षलाई बोलाएर सुरक्षाका बारेमा जानकारी गराइएको एसएसपी अधिकारीले बताए । 
उनका अनुसार प्रहरीले बैंक तथा गरगहना पसलका सुरक्षा गार्डलाई रातको समयमा समेत फोन गरी सुरक्षाको अवस्थाबारे बुझ्ने गरेको छ । 
एसएसपी अधिकारीका अनुसार ललितपुर प्रहरीले बैंक, व्यापारिक केन्द्र, गरगहना पसल तथा मानिसको भिडभाड हुने क्षेत्रमा चोरी डकैती तथा विभिन्न खालका आपराधिक गतिविधि हुनसक्ने भन्दै प्रहरी परिचालन गरेको छ ।
 
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १३, २०७३  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro