site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिक छलेर नियम मिच्नुहुन्छ ? सीसीटीभीले समात्ला !
SkywellSkywell
KFC Island Ad
NIC Asia
Royal Enfield Island Ad
काठमाडौं । भदौ १० गते दिउँसो १२ बजे कुपण्डोलबाट माइतीघरतर्फ जाँदै गरेको बा ४२ प ९६३४ नम्बरको मोटरसाइकललाई ट्राफिक प्रहरीले थापाथली इन्जिनियरिङ अगाडि रोके  । ट्राफिकले अनावश्यक रोकेको भन्दै चालक जंगिए । 
खासमा उनी थापाथली चोकमा लेन मिचेर आएका रहेछन् । त्यो कुरा ट्राफिक कन्ट्रोलले सीसीटीभीबाट मनिटर गरी ट्राफिकलाई कारबाही गर्न लगाएको रहेछ ।
अर्को घटना, बूढानीलकण्ठबाट रत्नपार्क आउँदै गरेको बा ७७ प ३३०० नम्बरको मोटरसाइकललाई लैनचौरमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्यो । ट्राफिकले विपरीत दिशाबाट बाटो काटेको भन्दै चिट थमाउँदा चालक निकै रिसाए । ‘हामीसँग रिसाउने हैन, ट्राफिक महाशाखामा जानुस्, तपाईंले गरेको गल्ती सीसीटिभीले क्याप्चर गरेको छ’ भन्दै प्रहरीले उनलाई पठाइदिए । 
एयरपोर्टबाट निस्किने क्रममा पर्यटक बोकेको जिपले लेन मिचेर आएको रहेछ । त्यो कुरा कन्ट्रोलले गौशाला बस्ने प्रहरीलाई खबर गर्यो । एयरपोर्टबाट फुत्केको जिप गौशाला कारबाहीमा परिहाल्यो । 
यी त केही प्रतिनिधि उदाहरणमात्रै हुन् । ट्राफिकले देख्दैन भनेर नियम मिच्ने सवारीलाई सीसीटीभीले नियालिरहेको हुन्छ र चालकहरु फसिहाल्छन् । चालक सुधार्न प्रहरीले यो रणनीति बनाएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकको ट्राफिक निगरानी सीसीटीभीबाट पनि गरिरहेको छ । 
काठमाडौं  उपत्यकाका सयभन्दा बढी स्थानमा रहेका सीसीटीभीको सहयोगमा ट्राफिक कन्ट्रोल र महानगरीय आयुक्तको कार्यालयले चालकलाई कारबाही गरिरहेको छ । सीसीटीभीबाट हेरेर दैनिक एक सय जनाभन्दा बढीलाई कारबाही हुने गरेको महानगरीय ट्राफिक प्रमुख डीआईजी प्रकाश अर्यालले बताए । 
उनका अनुसार सोमबारमात्र काठमाडौंको नारायणगोपाल चोकबाट २९, थापाथलीबाट २२, दरबारमार्ग क्षेत्रबाट २२, गौशालाबाट ३ गरी ९५ वटासवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । 
काठमाडौंको कंलकी, कालीमाटी, बल्खु, त्रिपुरेश्वर, थापाथली, सुनधारा, भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, बौद्ध, जोरपाटी, बालाजु, महाराजगन्ज, लाजिम्पाट, न्युरोडलगाय क्षेत्रका सडक तथा चोकमा सीसीटिभी जडान गरिएको छ । त्यसको लिंक महानगरीय आयुक्त कार्यालय र महानगरीय ट्राफिक महाशाखामा राखिएको छ । त्यहीँबाट फुटेज हेरेर फिल्डमा खटिने प्रहरीलाई कारबाहीको निर्देशन दिइन्छ ।
 
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ११, २०७३  १६:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro