site stats
बाह्रखरी :: Baahrakhari
देश
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं ।  दसैं, तिहार तथा विभिन्न पर्वका नाममा आयोजना गरिने उपहार, चिट्ठा जस्ता कार्यक्रम आयोजना गर्नेलाई प्रहरीले कडा कारवाही गर्ने भएको छ ।
उपहारका नाममा ठगी हुने गरेको भन्दै प्रहरीले यस्ता खाले कार्यक्रम आयोजना गर्नेलाई कडा कारवाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रम सिंह थापाले बताए । 
बम्पर उपहार भन्दै नागरिक ठग्ने परिपाटी बढेको निष्कर्ष निकाल्दै प्रहरीले अवदेखि यस्ता कार्यक्रम गर्नेलाई जुवा खेलाएसरह कारबाही गर्ने एसएसपी थापाले बताए । 
उनले बाह्रखरीसँग भने,“शहरका विभिन्न चोकमा सडकै कब्जा गरी बम्पर उपहार भन्दै नागरिक ठग्नेहरुको विगतमा बिगबिगी थियो । सोझा नागरिकलाई विभिन्न प्रलोभन देखाएर लाखौं रकम असुल्ने धन्दा पुरानै हो । हामीले यस्ता धन्दा गर्नेलाई कडा कारवाही गर्छौं ।”
विशेषगरी चाडपर्वका बेला गरिने यस्ता कार्यक्रमले नागरिक ठगिएकोसँगै समाजमा विभिन्न खालका विकृती फैलिएको भन्दै प्रहरीले उपहार तथा यस्ता खाले कार्यक्रम आयोजना गर्नेको खोजी गर्न सादा पोसाकका प्रहरी परिचालन गरेको उनले जानकारी दिए ।
 
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  २०:००
प्रतिक्रिया दिनुहोस्