site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
लोकमान सिंह कार्की र राजनारायण पाठकलाई महाअभियोगको माग राख्दै डा. गोविन्द केसीद्वारा नवौं अनशन सुरू
NIC Asia Banner ad
Argakhachi Cement Island Ad
काठमाडौं । डा. गोविन्द केसीले सोमबारबाट नवौं अनशन सुरु गरेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पत्रकार सम्मेलन गरेर उनले अनशन सुरु गरेका हुन् ।
सरकार समक्ष पेश गरेका सुझाव अनुसार संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यही अधिवेशनबाट तुरुन्त पारित गरिनुपर्ने, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की र आयुक्त राजनारायण पाठकमाथि तत्काल महाअभियोगको प्रक्रिया अघि बढाइनुपर्ने, मेडिकल शिक्षाको शुल्क माथेमा कार्यदलले निर्धारित गरे बमोजिम तथा पछिल्लो सम्झौताबमोजिम कायम गर्दै पछिल्लो चोटी निजि मेडिकल कलेजका प्रतिनिधिहरुद्धारा बनाइएको कथित समितिको निर्णय खारेज गरिनुपर्ने र अघिल्लोपल्ट भएको सम्झौताका बाँकी बुँदा तत्काल कार्यान्वयन गरिनुपर्ने लगायतका माग राख्दै उनी नवौं अनशन बसेका हुन् । सरकारले केही प्रयास थालेको भए पनि महाअभियोगको प्रक्रिया अघि नबढाइएको भन्दै उनले नवौं अनशनको घोषणा गरेका हुन् ।
केसीले महाअभियोगको प्रस्ताव अघि बढाउनु त कता, यस विषयमा सार्वभौम संसदमा छलफलसमेत नहुनुबाट देशमा लोकमान सिंह कार्कीले चलाएको समानान्तर सत्ता कति संगठित र त्रासद छ भन्ने देखाएको उनको भनाई छ ।
 
प्रकाशित मिति: सोमबार, असोज १०, २०७३  १६:३८
प्रतिक्रिया दिनुहोस्