site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अल्टिच्युड एयरको हेलिकप्टर धादिङको मेघानमा दुर्घटना
Tiktok banner adTiktok banner ad

काठमाडौं । गोरखाको सामागाउँबाट ६ जना यात्रु बोकेर काठमाडौँ आउँदै गरेको हेलिकप्टर धादिङ र नुवाकोटको सिमानामा दुर्घटनामा परेको छ । मेघान नामक जङ्गलमा हेलिकप्टर दुर्घटनामा परेको अल्टिच्युड एयरका सञ्चालक सिताराम सापकोटाले बताए । 

निजी हेलिकप्टर कम्पनी अल्टिच्युड एअरको हेलिकप्टर बिहान ७ः४५ बजेबाट सम्पर्कविहीन भएको थियो । बिरामीको आफन्तसँगको कुराकानीका आधारमा कल लोकेशनका आधारमा सम्भावित दुर्घटनास्थल पत्ता लगाइएको धादिङको एसपी डम्बर बीकले जानकारी दिए ।

धादिङका प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले धादिङ र नुवाकोटबाट उद्धारका लागि घटनास्थलतर्फ प्रहरी पठाइसकेको जानकरी दिए । 

त्रिभुवन विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीका अनुसार हेलिकप्टर बिहानै ८ः१८ मा अवतरण भइसक्नुपर्ने थियो । 

कल साइन ९एन–एएलएसको उक्त हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएर काठमाडौँ ल्याउँदै गरेको थिए । बिहान ७ः४५ देखि नै उक्त हेलिकप्टर सम्पर्कबिहिन भएको थियो । 

एअर हेलकिप्टर्स कम्पनीमा निर्मित ६ सिटे उक्त हेलिकप्टर एएस३५०बी३इ सिरिजको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २३, २०७५  १२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro