विशेष
काठमाडौं । जवरजस्ती चन्दा उठाउँदै गरेको अभियोगमा प्रहरीले काठमाडौंको बागबजारबाट वैद्य नेतृत्वको माओवादीका ४ जना कार्यकर्तालाई काठमाडौंको बागबजार क्षेत्रबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा क्रान्तिकारी माोवादीका केन्द्रीय सदस्य शिवराम यादव, सोही पार्टीका विद्यार्थी संगठनका केन्द्रीय संयोजक राम नेपाली, केन्द्रीय सदस्यहरु महेश श्रेष्ठ र दिपेन्द्र सुनुवार रहेका प्रहरीले जनाएको छ ।
“माओवादी कार्यक्रर्ताले जवरजस्ती चन्दा उठाउँदै गरेको भन्ने हामीलाई सूचना आयो, हामीले अनुसन्धान गर्नका लागि उनीहरुलाई नियन्त्रणमा लिएका छौं,” महानगरीय प्रहरी वृत्त सिंहदरबारका प्रमुख डीएसपी मनोहर भट्टले भने ।
उनीहरुको बारेमा अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए ।
प्रकाशित मिति: बुधबार, असोज ५, २०७३ १७:२३
प्रतिक्रिया दिनुहोस्