site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. केसीलाई सरकारबाहिरका दलको साथ
SkywellSkywell

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २१ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको मागमा सरकार बाहिर रहेका राजनीतिक दलले ऐक्यवद्धता जनाएका छन् । उनीहरुले डा. केसीको माग पूरा गराउन सरकारसँग आग्रह गरेका छन् ।
चिकित्सा शिक्षा सुधारको माग गर्दै डा. गोविन्द केसी २१ दिनदेखि आमरण अनशनमा छन् । उनको यो १५ औं अनशन हो ।

सरकार बाहिर रहेका दलहरु कांग्रेस, राजपा लगायतका राजनीतिक दलका प्रतिनिधिहरु डा. केसी अनशनरत त्रिवि शिक्षण अस्पतालमा पुगेर उनको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् । सरकारले जुम्लाबाट बल प्रयोग गरेर काठमाडौं ल्याएको भोलिपल्ट शुक्रबार अपरान्ह प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले त्रिवि शिक्षण अस्पताल पुगेर सरकासँग माग पूरा गरेर डा. केसीको जीवन रक्षा गर्न माग गरे । आफू नेतृत्वको सरकारले तयार पारेको चिकित्सा शिक्षा अध्यादेश जस्ताको त्यस्तै विधेयकका रुपमा ल्याएर सरकारले डा. केसीले अघि सारेका सबै मागहरु पूरा गर्नुपर्ने धारणा उनले राखे ।

डा. केसीले उठाएका मागहरु सबै जायज भएको जिकिर गर्दै कांग्रेस सभापति देउवाले उनको जीवन रक्षाका लागि सबै नेपालीलाई एकजुट हुन आग्रहसमेत गरे । केसीलाई राखिएको उपचार कक्षमै सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले भने, “डा. केसीका सबै माग जायज छन् । उहाँका माग पूरा गरेर सरकारले जीवन रक्षा गर्नुपर्छ । उहाँको जीवन रक्षाका लागि पहल गर्नु हामी सबै नेपालीको कर्तव्य हो ।”

KFC Island Ad
NIC Asia

शुक्रबार नै कांग्रेसका अर्का नेता अर्जुननरसिँह केसीले शिक्षण अस्तपाल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । डा. केसीले आफूसँगको भेटमा मर्न तयार रहेको तर पछि नहट्ने अडान दोहोर्याएको बताए ।  

\"\"
त्यस्तै कांग्रेसका अर्का नेता राजीवविक्रम शाहले सरकार मेडिकल माफियाबाट प्रभावित हुन नहुने बताएका छन् । 

Royal Enfield Island Ad

केसीले १५ औं अनशन सुरु गरेको केहीदिनमा जुम्ला पुगेर ऐक्यवद्धता जनाएका शाहले डा. केसीले उठाएका मागहरु जनताको हितमा भएको जिकिर गर्दै सरकारलाई माग सम्बोधनका लागि आग्रह गरे ।  डा. केसीले भने अनुरुप विकट जिल्लाहरुमा मेडिकल खुले त्यहाँका जनताले काठमाडौं धाउनु नपर्ने र उपचारका लागिसमेत भनसुन गर्नु नपर्ने बाध्यता हट्ने नेता शाहको भनाई थियो । 

उनले आफु केसीसँग जाजरकोटमा झाडा पखालाको महामारी फैलिएका बेलादेखि नै नजिक रहेको बताउँदै उनले त्यसबेला पनि केसी आफ्नै खर्चमा जाजरकोट पुगेर बिरामीको सेवा गरेको स्मरण गरे । उनले काठमाडौंबाहिर मेडिकल कलेज सञ्चालन गर्न सके त्यस क्षेत्रका जनताले स्वास्थ्य सेवा नजिक पाउने र लगानीकर्ताले पनि कम लगानीमा काठमाडौंभन्दा बाहिर मेडिकल कलेज खोल्न सक्ने बताए ।

कांग्रेस नेताहरु डा. केसीलाई त्रिवि शिक्षण अस्पतालमा भेटेर बाहिरिए लगत्तै राष्ट्रिय जनता पार्टीका नेताहरु पनि त्रिवि शिक्षण अस्पताल पुगेका थिए । उनीहरुले डा. केसीलाई भेटेर उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । स्वास्थ्य अवस्था बुझेपछि सञ्चारकर्मीसँग कुरा गर्दै राजपाका नेताहरुले डा. केसीको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

\"\"

उनीहरुले डा. केसीले अघि सारेका मागहरुमा आफ्नो दलको पूर्ण समर्थन रहेकोपनि बताएका छन् ।  राजपाका नेता राजकिशोर यादवले सरकारले केसीको माग पूरा गरेर जीवन रक्षाका लागि गम्भीर हुनुपर्नेमा जोड दिए । त्यस्तै अर्का नेता अनिल झाले एउटै माग राखेर डा. केसीले सधैँ अनशन बस्नुपर्ने अवस्थालाई सरकारले अन्त्य गर्नुपर्नेमा जोड दिए । 

चिकित्सा शिक्षा सुधारको माग राखेर जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २१ दिन अघि आमरण अनशनमा बसेका डा. केसीलाई सरकारले बिहीबार जबरजस्ती काठमाडौं ल्याएको थियो । नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएका डा. केसीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । 

उनी यसअघि १४ पटकसम्म त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमै अनशनमा बसेका थिए ।  डा. केसीले माग पूरा नभएसम्म अनशन नतोड्ने बताएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५  १९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro