site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जिल्ला सभापतिको भेलामा पनि देखियो गुटबन्दी, संयमित हुन देउवालाई संस्थापनको आग्रह

हेटौंडा । नेपाली कांग्रेसको संस्थापन पक्षले सभापति शेरबहादुर देउवालाई जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा संयमित ढंगबाट प्रस्तुत हुन आग्रह गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला पक्ष भेलामा कडा रुपमा प्रस्तुत हुने तयारी गरेपछि संस्थापन पक्षले सभापति देउवालाई संयमित ढंगबाट प्रस्तुत हुन आग्रह गरेको हो ।  “सभापतिज्यू कडा ढंगले पेश भए पौडेल र सिटौला समूह झन आक्रोसित हुन सक्छ भनेर संयमित हुनुपर्छ भनेका छौं,” सभापति देउवा निकट एक केन्द्रीय सदस्यले भने ।

देउवालाई संयमित रुपले प्रस्तुत गराउने बारेमा मंगलबार बिहानै उपसभापति बिमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य रमेश लेखकबीच छलफल भएको स्रोतको जनाएको छ ।“सोमबारको बैठकमा महामन्त्री शशांक कोइरालाले सभापतिहरुको भेलाका एजेण्डाका बारेमा गरेको ब्रीफिङले संस्थापनइतर आक्रोसित भएको थियो,” एक केन्द्रीय सदस्यले भने, “त्यसको असर आज पनि पर्छ कि भनेर सभापतिज्यूलाई संयमित हुन पर्छ भन्ने हो ।”

सोमबार बेलुकी भेलाका बारेमा छलफल गर्न हेटौडामा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री कोइरालाले एजेण्डाबारे गरेको ब्रीफिङबाट नेता सिटौला र बलबहादुर केसीले आपत्ति जनाएका थिए । उनीहरुले कांग्रेसका मुख्य सचिवले जिल्ला सभापतिहरुलार्इ भेलाबारे जानकारी दिन पत्राचार गरिएको पत्रलाई महामन्त्री कोइरालाले जस्ताको त्यस्तै बाचन गरेको भन्दै आपत्ति जनाएको स्रोतको भनाइ छ । कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेला आज सुरु हुनेछ । 

भेलाको उद्घाटन समारोहमा आयोजक जिल्लाका सभापति इन्द्र बानियाँ, केन्द्रीय सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मात्रै सम्बोधन गर्ने भनिए पनि तेस्रो धारको नेतृत्व गर्दै आएका नेता सिटौलाले मानीरहेका छैनन् । उनले आफूले पनि मन्तव्य राख्न पाउनुपर्ने अडान लिएको स्रोतले जनाएको छ । 

नेता सिटौलालाई मनाउन आज बिहान उपसभापति निधि र महामन्त्री खड्काले प्रयाससमेत गरेको बताइएको छ । उनले नेताद्वय निधि र खड्कालाई आफूले बोल्न नपाए आफ्नो पक्षका जिल्ला सभापतिहरुलाई भेलाको बन्दसत्रमा कडा रुपमा प्रस्तुत हुन निर्देशन दिने चेतावनीसमेत दिएको बताइएको छ । उनीसँग छ जना जिल्ला सभापतिहरु रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ११:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro