site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
निर्वाचनको हार खोतल्दै कांग्रेस, जिल्ला सभापतिहरुको भेला हेटौंडामा सुरु हुँदै

हेटौंडा । नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको भेला आजदेखि हेटौंडामा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने भेलाका लागि केन्द्रीय सदस्यहरु र जिल्ला सभापतिहरु हेटौंडामा पुगिसकेका छन् ।
जिल्ला सभापतिहरुको भेलामा निर्वाचनमा पार्टीको पराजयको समीक्षा गरिने भएको छ ।

यसअघि केही जिल्ला सभापतिहरुले टिकट वितरण, नेतृत्वको कमजोरी लगायतका कारण देखाउँदै आएका थिए । यसअघि बसेको केन्द्रीय समितिको बैठकले जिल्ला सभापतिहरुको भेला गर्ने निर्णय गरेको थियो ।
बैठकमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरु आ आफ्नो तयारीमा रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेता कृष्णप्रसाद सिटौलाले पनि पौडेललाई सहयोग गरेपछि ७७ जिल्लामध्ये ४५ पौडेल र ३२ जना देउवा पक्षमा देखिएका छन् । जिल्ला सभापतिहरुको भेलामा विगतमा नेतृत्वबाट भएका गल्ती र कमी कमजोरीका बारेमा छलफल गर्ने तयारी छ । 

अहिले बिहान ११ बजे सभापति देउवाले उद्घाटन गर्ने जिल्ला सभापतिहरुको भेलाको उद्घाटन सत्रमा शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् भने भोलि जिल्ला सभापतिहरुको समूह बनाएर छुट्टाछुट्टै छलफल गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
उनका अनुसार ७ प्रदेशका ७ समूह बनाएर छलफल गरिनेछ ।
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०७५  ०७:५४
प्रतिक्रिया दिनुहोस्