site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवाप्रति पौडेलको आक्रोश– तपाईँ सीमित मान्छेको मात्रै संरक्षक बनेपछि हामी पीडितहरु एकठाउँमा भएका हौं 

काठमाडौं ।  नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवा पार्टी विधानअनुसार चल्न नसकेको बताएका छन् । उनले सभापति गुटको संरक्षक भएकाले आफूहरु पनि एक ठाउँमा उभिनुपरेको बताए ।
‘‘विधानको दायरामा रहेर सहमतिले पार्टी चलाउने कुरामा सभापतिजीले कोअपरेट गर्नुभयो भने कुनै गुट रहँदैन, सबै एक हुन्छन्,’’ उनले भने ।  १३ औं महाधिवेशनबाट सभापतिमा निर्वाचन भएसँगै देउवा सीमित मानिसहरुको समूहको संरक्षणमा लागेकाले पार्टीभित्र गुट मौलाएको पौडेलको भनाई छ । सभापति देउवाले सीमित मान्छेको संरक्षक बन्न छोडेर सवैलाई समान व्यवहार गर्नुपर्ने आफ्नो आग्रहलाई बेवास्ता गरेको उनको गुनासो छ । 

‘‘सीमित मान्छेको संरक्षक बन्न छोडेर सवैलाई समान हेर्छु, मूल्याङ्कनको आधारमा म व्यवहार गर्छु भन्दिनुस् न तपाईँलाई पूरा सहयोग हुन्छ भनेर दलको नेता हुने वित्तिकै भन्या हो,’’ वरिष्ठ नेता पौडेलले भने, ‘‘तर सीमित मान्छेको मात्रै संरणमा लाग्नु भयो । सिमितलाई संरक्षण दिँदा अरु बाँकी रहेका कहाँ जाने ? त्यही भएर पीडितहरु एक ठाउँमा जमात भएका हौं ।’’ 

पार्टीलाई एक ढिक्का बनाउन न्याय, निष्पक्षता र पारदर्शी हुनुपर्ने र यो नै अहिलेको आवश्यकता भएको उनको भनाई छ । न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनका आधारमा पार्टीलाई एकतामा लैजान सकिने पौडेल ढुक्क देखिन्छन् । ‘‘पार्टी एक बनाउन चाहिने आवश्यक आधारहरुको खोजी गरिनुपर्छ । कांग्रेसबाहेक मुलुकलाई अधिनायकवादतर्फ जानबाट रोक्ने अरु कुनै तागत छैन् । त्यसका लागि कांग्रेस बलियो र दह्रो हुनुपर्दछ,’’ उनले भने ।  

सडक र संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसके कमजोर अवस्थामा रहेको कांग्रेस अझै कमजोर हुने कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाको भनाई छ । ‘‘देश अधिनायकवादतिर बिस्तार बिस्तारै लम्किरहेको छ । कांग्रेस कमजोर भएको अवस्था पनि छ । संसदमा उपस्थिति संख्यात्मक रुपमा कम भए पनि प्रतिपक्षको भूमिका खेल्न सकेको छ कि छैन् त्यो महत्वपूर्ण कुरो हो,’’ उनले भने । 

सरकारले संसदमा प्रस्तुुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल चल्दा कांग्रेसको मौन समर्थन प्रति उनले आपत्ति जनाए । ‘‘नीति तथा कार्यक्रम आयो, पास हो कि फेल हो, हामी चुप लाग्यौं हुन्छ पनि भनेनौं र हुन्न पनि भनेनौं ।’’ 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले नराम्रो हार बेहोरेपछि सभापति देउवाप्रति आक्रामक ढंगबाट प्रस्तुत हुँदै आएका नेता कोइरालाले कांग्रेस एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए । कांग्रेसको १४ औं महाधिवेशन आउन बाँकी २० महिनाको अवधिभित्रै पार्टीको विधान संशोधन गरेर निर्धारित समयमै महाधिवेशन गर्नुपर्ने बताए । 

‘‘महाधिवेशन आउन एक वर्ष ८ महिना बाँकी छ,  यो अवधिमा विधान संशोधन गरेर महाधिवेशन गरौं कांग्रेसलाई अघि बढाऔं,’’ नेता कोइरालाले भने, ‘‘होइन भने हामी यस्तै तरिकाले अगाडि बढे कमजोर अवस्थामा रहेको कांग्रेस झनै कमजोर हुन्छ ।’’ 

सरकारका पछिल्ला गतिविधिहरुले मुलुक अधिनायकवादतर्फ लम्किरहेको आशंका गर्दै उनले त्यसलाई रोक्न पनि समयमै कांग्रेसको महाधिवेशन आयोजना गरिनुपर्नेमा जोड दिए । 

तर कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा भने संसदमा प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्ने आफ्नै दलका नेताहरुको आरोपमा सहमत देखिँदैनन् । कांग्रेसले अवस्था हेरेर कहिले विनम्र र कहिले बुलन्द ढंगले संसद् र सडकमा प्रतिपक्षिको भूमिका निर्वाह गर्ने उनको भनाई छ । 
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro