site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
यी हुन् अहिलेसम्म विश्वकपमा ‘गोल्डेन बुट’ पाउने खेलाडी
SkywellSkywell

एजेन्सी । रुस विश्वकप फुटबल २०१८ ले यतिबेला संसारलाई तरंगित बनाई रहेको छ । विश्व फुटबलमय बनेको बेला २० औं विश्वकपसम्म आईपुग्दा अहिलेसम्म कुन–कुन खेलाडीले सुनको जुत्ता पाए त ? सन् १९३० देखि सुरु भएको विश्वकप फुटबल अहिले २१ औं संस्करणसम्म आईपुगेको छ । केही दिनपछि रुसमा विश्वकप फुटबल धुमधामको साथमा सुरु हुँदैछ । विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडीलाई सुनको जुत्ता दिने प्रचलन छ ।
विश्वकप फुटबलमा अहिलेसम्म कुन–कुन खेलाडीले कस्तो प्रदर्शन गर्दै सुनको जुत्ता जिते ? विश्वकप फुटबलको इतिहासमा अहिलेसम्म सुनको जुत्ता (गोल्डेन बुट) जित्ने खेलाडी यस्ता छन् ।

जेम्स रोड्रिगुएज (कोलम्बिया)

\"\"
सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकपको गोल्डेन बुट कोलम्बियाका जेम्स रोड्रिगुएजले पाएका थिए । आफ्नो पहिलो विश्वकपमा नै उत्कृष्ट प्रदर्शन गर्दै रोड्रिगुएजले ६ गोल गरेका थिए ।
२०१४ को सर्वाधिक गोलकर्ता बनेका उनले समूह चरणको सबै खेलमा गोल गरेका थिए । कोलेम्बियाले समूह चरणको पहिलो खेलमा ग्रिसलाई ३–० गोलले पराजित गर्दा रोड्रिगुएजले पनि गोल गरेका थिए । उनको विश्वकपमा पहिलो गोल त्यही थियो । त्यसपछि आईभेरीकोष्टलाई २–१ र जापानलाई ४–१ ले कोलम्बियाले पराजित गर्दा रोड्रिगुएजले समान १–१ गोल गरेका थिए ।
प्रिक्वाटरफाइनलमा उरुग्वेलाई कोलम्बियाले २–० गोलअन्तरले पराजित गर्दा रोड्रिगुएजले दुबै गोल गरेका थिए । तयस्तै, क्वाटरफाइनलमा आयोजक ब्राजिलसँग २–१ गोलअन्तरले पराजित हुदा पनि उनले १ गोल गरेका थिए । 
रुसमा हुने विश्वकप फुटबल उनको लागि दोस्रो विश्वकप हो । यो पटक पनि उनी कोलम्बियाका पहिलो रोजाईका खेलाडी हुन् । यो विश्वकपमा भने उनले कति गोल गर्न सक्ला ?

KFC Island Ad
NIC Asia

थोमस मुलर (जर्मनी)

\"\"
सन् २०१० को विश्वकपमा ५ गोल गरेको जर्मनीका थोमस मुलरले गोल्डेन बुट जित्न सफल भए । हुनत उनीसँगै उरुग्वेका डिएगो फर्लान, नेदरल्याण्ड्सका वेस्ली स्नैज्डर र स्पेनका डेभिड भिल्लाले पनि समान ५–५ गोल गरेका थिए । 
मुलरले सुनको जुत्ता पाए भने डिएगो फर्लानले गोल्डेन बल पाए । दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपमा मुलरले सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जितेका थिए । 
मुलरले समूह चरणमा अष्ट्रेलिया विरुद्ध १ गोल गरेका थिए । त्यस्तै, प्रि–क्वाटरफाइनलमा इंग्ल्याण्डविरुद्ध दुई गोल गरेका मुलरले क्वाटरफाइनलमा अर्जेन्टिनासँग पनि १ गोल गरेका थिए । त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा उरुग्वेलाई ३–२ गोलअन्तरले जर्मनीले पराजित गर्दा मुलरको पनिा १ गोल सामेल थियो ।

मिरोस्लाभ क्लोज (जर्मनी)

\"\"

सन् २००६ को विश्वकपमा जर्मनीले उपाधि उचाल्न नसकेपनि गोल्डेन बुट भने जर्मनीकै मिरोस्लाभ कोजले जिते । दोस्रो पटक आयोजना गरेको विश्वकपमा जर्मनी तेस्रो स्थानमै  सीमित बनेको थियो । 
तर, जर्मनीका क्लोज सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले विश्वकपमा ५ गोल गर्दै सुनको जुत्ता पाएका थिए । ५ गोल गर्ने क्रममा उनले समूह चरणको खेलमा जर्मनीले कोष्टारिकालाई ४–२ गोलअन्तरले पराजित गर्दा २ गोल गरेका थिए । त्यस्तै, इक्वइडरलाई ३–० गोलअन्तरले पराजित गर्दा पनि क्लोजले २ गोल गरेका थिए । 
विश्वकपको क्वाटरफाइनलमा जर्मनीले अर्जेनिटनालाई पराजित गर्दा उनले एक गोल गरेका थिए ।
उनी विश्वकप फुटबलमा त्यस्ता खेलाडी पनि हुन् जसले विश्व रेकर्ड राखेका छन् । उनले विश्वकपमा १६ गोलको कीर्तिमान कायम गरेका छन् । जुन अहिलेसम्म अन्य खेलाडीले तोड्न सकेका छैनन् ।


रोनाल्डो (ब्राजिल)

\"\"

रोनाल्डो त्यस्ता ब्राजिलियन खेलाडी हुन् जसले एकै विश्वकपमा ८ गोल गरेका छन् । अहिलेसम्म ब्राजिलका कुनै पनि खेलाडीले एकै विश्वकपमा ८ गोल गर्न सकेका छैनन् ।
सन् २००२ मा विश्वकप फुटबलको इतिहासमा पहिलो पटक एसिया महादेश जापान र दक्षिण कोरियाले गरेको विश्वकपमा रोनाल्डोले ८ गोल गरेका थिए । पाचौंपटक विश्वकपको उपाधि जित्दै ब्राजिलले ऐतिहासिक कीर्तिमान कायम गर्दा रोनाल्डोको पनि मुख्य भूमिका थियो ।
विश्वकपमा सर्वाधिक गोल गरेका रोनाल्डोले सुनको जुत्ता पाएका थिए । ब्राजिलले समूह चरणमा टर्कीलाई २–१ गोलले पराजित गर्दा रोनाल्डोले पनि एक गोल गरेका थिए । त्यस्तै, चीनलाई ४–० गोलले पराजित गर्दा पनि रोनाल्डोको एक गोल समावेश थियो । त्यस्तै, समूह चरणमा कोष्टारिकालाई ५–२ गोलअन्तरले पराजित गर्दा रोनाल्डोले २ गोल गरेका थिए । प्रिक्वाटरफाइनलमा बेल्जियम विरुद्ध १ गोल गरेका रोनाल्डोले सेमिफाइनलमा टर्कीविरुद्ध १ गोल र फाइनलमा जर्मनीविरुद्द २ गोल गरेका थिए ।
 
डेभोर सुकर (क्रोसिया)

\"\"
सन् १९९८ मा फ्रान्समा सम्पन्न विश्वकप फुटबलको गोल्डेन बुट क्रोसियाका डेभोर सुकरले जिते । क्रोसियन स्ट्राइकर डेभोरले विश्वकप फुटबलमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट पाएका थिए । 
उनले समूह चरणमा दुई गोल गरेका थिए । त्यस्तै, प्रिक्वाटरफाइनलमा उनकै एक गोलको मद्दतमा रोमानियालाई पराजित गर्दै क्रोसिया क्वाटरफाइनलमा प्रवेश गरेको थियो । त्यस्तै, क्वाटरफाइनलमा जर्मनीलाई ३–० गोलअन्तरले पराजित गर्दा डेभोरले एक गोल गरेका थिए ।
त्यस्तै, सेमिफाइनलमा फ्रान्ससँग २–१ गोलअन्तरलेले पराजित हुदा र विश्वकपको तेस्रो स्थानको लागि नेदरल्याण्ड्सलाई २–१ गोलअन्तरले पराजित गर्दा डेभोरले दुबै खेलमा समान १–१ गोल गरेका थिए ।

ओलेग सालेंको (रुस), हृस्टो स्टोइक्कोभ (बुल्गेरिया)

\"\"
सन् १९९४ मा भएको विश्वकप फुटबलको गोल्डेन बुट भने दुई जना खेलाडीले पाएका थिए । विश्वकपमा समान ६–६ गोल गरेका रुसका सालंको र बुल्गेरियाका हृस्टो स्टोइकोभले उत्कृष्ट प्रदर्शन गर्दै गोल्डेन बुट जितेका थिए ।
सालेंकोले क्यामरुन विरुद्ध एकै खेलमा ५ गोल गरेका थिए । त्यस्तै उनले स्वीडेन विरुद्ध १ गोल गरेका थिए । यता, स्टोइक्कोभले समूह चरणमा ३ गोल गरेका थिए भने प्रिक्वाटरफाइनलमा मेक्सिको, क्वाटरफाइनलमा जर्मनी र सेमिफाइनलमा इटाली विरुद्ध तीन गोल गरेका थिए ।

साल्भाटोर स्चिलाची (इटाली)

\"\"
सन् १९९० को विश्वकप फुटबल जर्मनीले जित्दा सर्वाधिक गोलकर्ता भने इटालीका साल्भाटोर स्चिलाची भएका थिए । उनले सर्वाधिक ६ गोल गर्दै सुनको जुत्ता पाएका थिए ।
इटालीले आयोजना गरेको विश्वकपमा समूह चरणको पहिलो खेलमा नै अष्ट्रिया विरुद्ध साल्भाटोरले गोल गरेका थिए । त्यस्तै, समूह चरणको खेलमा उनले चेकोस्लोभाकिया विरुद्ध १ गोल गरेका थिए । 
उरुग्वेलाई २–० गोलअन्तरले पराजित गर्दा साल्भाटोरले एक गोल गरेका थिए । त्यस्तै, क्वाटरफाइनलमा रिपब्लिक अफ आयरल्याण्ड विरुद्ध गोल गर्दै इटालीलाई सेमिफाइनलमा पु¥याएका थिए । सेमिफाइनलमा अर्जेन्टिनासँग पराजित भएपनि उनले एक गोल गरेका थिए । त्यस्तै, उनले विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा इंग्ल्याण्डविरुद्ध पनि १ गोल गरेका थिए । 

ग्यारी लिनकर (इंग्ल्याण्ड)

\"\"
ग्यारी लिनकरले सन् १९८६ को विश्वकप फुटबलको सुनको जुत्ता जितेका थिए । उनले मेक्सिकोमा भएको विश्वकपमा सर्वाधिक ६ गोल गर्दै गोल्डेन बुट जिते ।
समूह चरणको अन्तिम खेलमा पोल्याण्ड विरुद्ध ह्याट्रिक गोल गर्दै इंग्ल्याण्डलाई लिनकरले जिताएका थिए । त्यस्तै पाराग्वे विरुद्ध २ गोल गर्दै क्वाटरफाइनलमा पु¥याएका लिनकरले अर्जेन्टिनासँग २–१ गोलले क्वाटरफाइनलमा पराजित हुदा पनि १ गोल गरेका थिए ।


पाओलो रोसी (इटाली)

\"\"
सन् १९८२ मा स्पेनमा सम्पन्न विश्वकप फुटबलको उपाधि इटालीले उचाल्दा सर्वाधिक गोलकर्ता पनि इटालीकै पाओलो रोसी बने । उनले सर्वाधिक ६ गोल गर्दै सुनको जुत्ता प्राप्त गरे ।
ब्राजिल विरुद्ध ह्याट्रिक गोल गर्दै सेमिफाइनलसम्म इटालीलाई पु¥याएका रोसीले सेमिफाइनलमा पोल्याण्ड विरुद्ध २ गोल गरेका थिए । त्यस्तै, जर्मनीलाई फाइनलमा पराजित गर्दै इटालीले विश्वकपको ट्रफि उचाल्दा रोसीले महत्वपूर्ण एक गोल गरेका थिए ।

मारियो क्याम्पेस (अर्जेन्टिना)

\"\"
सन् १९७८ मा अर्जेन्टिनाले आफ्नै आयोजनामा पहिलो पटक विश्वकप फुटबलको उपाधि उचालेको थियो । यो विश्वकपमा आर्जेन्टिनालाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका मारियो क्याम्पेसले सर्वाधिक ६ गोल गरे ।
सर्वाधिक गोल गरेका क्याम्पेसले पोल्याण्ड, पेरु र नेदरल्याण्डसँग समान २–२ गरी कुल ६ गोल गरेका थिए ।

ग्रेजगर्ज लाटो (पोल्याण्ड)

\"\"
ग्रेजगर्ज लाटो पोल्याण्डका त्यस्ता खेलाडी हुन्, जसले सन् १९७४ को विश्वकपमा सर्वाधिक ७ गोल गरेका थिए । उनले पोल्याण्डलाई विश्वकपको तेस्रो स्थान दिलाउन ठूलो भूमिका खेले । समूह चरणमा अर्जेन्टिना र हाइटी विरुद्ध समान २–२ गोल गर्दै कुल ४ गोल गरेका थिए ।
त्यस्तै, उनले दोस्रो राउण्डमा २ गोल गरेका लाटोले तेस्रो स्थानका लागि भएको खेलमा ब्राजिल विरुद्ध एक गोल गरेका थिए ।

गेर्ड मुलर (जर्मनी)

\"\"
गेर्ड मुलर त्यस्ता विश्व कीर्तिमानी खेलाडी हुन् जसले सन् १९७० को विश्वकप फुटबलमा दुई ह्याट्रिक गोल गरे । उनले यो विश्वकपमा सर्वाधि १० गोल गर्दै गोल्डेन बुट प्राप्त गरेका थिए ।

मेक्सिकोमा भएको विश्वकप ब्राजिलले तेस्रो पटक जितेपनि जर्मनीका गेर्ड मुलरको चर्चा सर्वत्र छाएको थियो । उनले बुल्गेरिया र पेरु विरुद्ध ह्याट्रिक गोल गरेका थिए ।

त्यस्तै, समूह चरणकै मोरोक्को विरुद्धको खेलमा एक गोल गर्दै समूह चरणमै ७ गोल गरेका थिए । त्यस्तै क्वाटरफाइनलमा इंग्ल्याण्ड विरुद्ध जर्मनीले ३–२ गोलले पराजित गर्दा उनको पनि एक गोल सामेल थियो । त्यस्त्ै, सेमिफाइनलमा इटालीसँग ४–३ गोलअन्तरले पराजित हुदा गेर्ड मुलरले २ गोल गरेका थिए ।

युसेवियो (पोर्चुगल)

\"\"

सन् १९६६ को विश्वकपमा पोर्चुगाली खेलाडी युसेवियोले सर्वाधिक ९ गोल गरेका थिए । विश्वकपको उपाधि आयोजक राष्ट्र इंग्ल्याण्डले जितेपनि युसेवियो त्यसबेला सर्वोत्कृष्ट खेलाडी चुनिएका थिए । उनले समूह चरणमा तीन गोल गरेका थिए । त्यस्तै, क्वाटरफाइनलमा उत्तर कोरियालाई पोर्चुगलले ५–३ गोलअन्तरले पराजित गर्द युसेवियाले ह्याट्रिकसहित ४ गोल गरेका थिए । 
त्यस्तै, सेमिफाइनलमा इंग्ल्याण्डसँग २–१ गोलअन्तरले पराजित हुदा पनि उनले १ गोल गरेका थिए । त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा सोभियत युनियन विरुद्ध पनि एक गोल गरेका थिए ।

फ्लोरियन अल्बर्ट (हंगेरी), ग्यारिन्चा (ब्राजिल), भ्यालेन्टिन आईभानोभ (सोभियत युनियन) ड्राजन जेर्कोभिक (युगोस्लाभिया), लियोनल सान्चेज –चिली र भाभा (ब्राजिल)

\"\"
सन् १९६२ को विश्वकपमा ६ जना खेलाडीले सर्वाधिक ४ गोल गरेका थिए । फ्लोरियन अल्बर्ट (हंगेरी), ग्यारिन्चा (ब्राजिल), भ्यालेन्टिन आईभानोभ (सोभियत युनियन) ड्राजन जेर्कोभिक (युगोस्लाभिया), लियोनल सान्चेज (चिली) र भाभा (ब्राजिल) का खेलाडीले समान ४–४ गोल गरेका थिए ।

जस्ट फन्टाइन (फ्रान्स)

\"\"
फ्रान्सेली स्ट्राइकर फन्टाइन त्यस्ता खेलाडी हुन् जसले एकै विश्वकपमा १३ गोल गरेका छन् । सन् १९५८ को विश्वकपमा फन्टाइनले १३ गोलको कीर्तिमान बनाए थिए  । स्वीडेनले पहिलो पटक आयोजना गरेको विश्वकपको उपाधि ब्राजिल जित्न सफल भयो । तर, सर्वाधिक गोलकर्ता बने फन्टाइन । उनको उत्कृष्ट प्रदर्शनले सबैको मन जितेको थियो ।
समूह चरणमा पाराग्वे विरुद्ध ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, उनले विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा जर्मनी विरुद्ध ह्याट्रिकसहित ४ गोल गरेका थिए ।

सान्डोर कोक्सिस् (हंगेरी)

\"\"
हंगेरीका स्यान्डोर कोक्सिस त्यस्ता खेलाडी हुन् जसले आफ्नो देशको नेतृत्व गर्दै सन् १९५४ को विश्वकपमा सर्वाधिक ११ गोल गरेका थिए । 
दक्षिण कोरिया विरुद्ध सान्डोर कोक्सिस्ले समूह चरणको पहिलो खेलमा नै ह्याट्रिक गोल गरेका थिए । उनले समूह चरणको खेलमा जर्मनी विरुद्ध ह्याट्रिक सहित  ४ गोल गरेका थिए । जुन खेलमा हंगेरीले जर्मनीलाई ८–३ गोलको फराकिलो अन्तरले पराजित गरेको थियो ।
त्यस्तै क्वाटरफाइनलमा ब्राजिल विरुद्ध हंगेरीले ४–२ गोलअन्तरले पराजित गर्दा दुई गोल कोक्सिस्को थियो । त्यस्तै, सेमिफाइनलमा पराग्वेलाई ४–२ गोलअन्तरले पराजित गर्दा पनि कोक्सिसले दुई गोल गरेका थिए ।


एडमिर (ब्राजिल)

\"\"

सन् १९५० मा ब्राजिलमा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बने ब्राजिलियन फरवार्ड एडमिर । उनले ८ गोल गरेका थिए । 
समूह चरणमा मेक्सिको विरुद्ध २ गोल गरेका एडमिरले युगोस्लाभिया विरुद्ध १ गोल गरेका थिए । त्यस्तै, फाइनल राउण्डमा ब्राजिलले स्वीडेनलाई ७–१ गोलअन्तरले पराजित गर्दा एडमिरले ह्याट्रिकसहित ४ गोल गरेका थिए । त्यस्तै, स्पेन विरुद्ध पनि उनले एक गोल गरेका थिए ।

लेओनिडास (ब्राजिल)

\"\"
सन् १९३८ मा फ्रान्समा भएको विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए ब्राजिलका लेओनिडास । उनले यो विश्वकपमा ७ गोल गर्दै सर्वोत्कृष्ट खेलाडी बनेका थिए ।
पोल्याण्ड विरुद्धको खेलमा ब्राजिलले ६–५ गोलअन्तरले पराजित गर्दा लओनिडासले ह्याट्रिक गोल गरेका थिए । उनले क्वाटरफाइनलको खेलमा चेकोस्लोभाकिया विरुद्ध १ गोल गरेका थिए भने रिप्ले खेलमा पुनः चेकोस्लोभाकिया विरुद्ध नै गोल गरेका थिए । 
त्यस्तै, विश्वकपको तेस्रो स्थानको लागि भएको खेलमा ब्राजिलले स्वीडेनलाई ४–२ गोलअन्तरले पराजित गर्दा लेओनिडासले २ गोल गरेका थिए ।

ओल्ड्रिच नेजेड्ली (चेकोस्लोभाकिया)

\"\"
सन् १९३४ मा स्टालीमा सम्पन्न विश्वकपमा चेकोस्लोभाकियाका ओल्ड्रिच नेजेड्लीले सर्वाधिक ५ गोल गरेका थिए । दोस्रो विश्वकपमा उपविजेता हुदा चेकोस्लोभाकियालाई महत्वपूर्ण योगदान दिएका आल्ड्रिचले ह्याट्रिक गोल पनि गरेका थिए ।
सेमिफाइनल खेलमा जर्मनी विरुद्ध आल्ड्रिचले ह्याट्रिक गोल गरेका थिए । त्यस्तै, उनले समू्ह चरणको खेलमा रोमानियासँग र क्वाटरफाइनल खेलमा स्वीट्जरल्याण्ड विरुद्ध गरी २ गोलका थिए ।

गुइर्लिमो स्टेविल (अर्जेन्टिना)

\"\"
पहिलो विश्वकपमा सर्वाधिक गोल गर्ने खेलाडी हुन् अर्जेन्टिनाका फरवार्ड गुइर्लिमो स्टेविल । उनले सन् १९३० को पहिलो विश्वकपमा ८ गोल गरेका थिए । 
समूह चरणको खेलमा गुएर्लिमोले मेक्सिको विरुद्ध ह्याट्रिक गोल गरे भने समूह चरणकै अर्को खेलमा चिली विरुद्ध २ गोल गरेका थिए । त्यस्तै, सेमिफाइनलमा अमेरिकालाई ६–१  गोलअन्तरले अर्जेन्टिना जित्दा गुइर्लिमोले दुई र फाइनलमा उरुग्वे विरुद्ध हारेपनि १ गोल गरेका थिए ।

एजेन्सीको सहयोगमा

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०७५  ०७:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro