site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस जिल्ला सभापतिहरू हारको समीक्षामा जुट्दै, टिकट अब जिल्लाले नै बाँड्न पाउनुपर्ने माग 

काठमाडौं । असार पहिलो साता मकवानपुरको हेटौँडामा हुन गइरहेको नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणलाई प्राथमिकता दिने भएको छ । 

असार ५, ६ र ७ गतेका लागि तय गरिएको तीन दिने भेलामा विभिन्न जिल्लाका सभापतिहरुले पार्टीको विधान परिमार्जन गरेर पार्टीलाई मजबुद बनाउन अंगिकार गर्नुपर्ने रणनीतिलाई छलफलमा ल्याउने बताएका छन् ।

कांग्रेसले हैटौँडा भेलाका लागि तीन वटा एजेण्डा तय गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । भेलाका लागि विधान संशोधन, संगठन सुदृढीकरण र समसामयीक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तय गरिएको उनले बताए । 
मुख्य सचिव पौडेलका अनुसार पार्टीले भेलाको एजेण्डाहरुका बारेमा सम्पूर्ण जिल्ला सभापतिहरुलाई जानकारी गराइसकेको छ । पार्टीले जिल्ला सभापतिहरुको भेलाका लागि तय गरेका मूख्य एजेण्डा अन्तरगत रहेर नै छलफल हुने विभिन्न जिल्लाका सभापतिहरुले प्रतिक्रिया दिएका छन् । 

कांग्रेस झापाका सभापति उद्धव थापाले भेलामा पार्टीलाई कसरी संगठित बनाएर अगाडि लैजाने र प्रतिपक्षी दलको भूमिका कसरी निभाउने भन्ने बारेमा छलफल गर्नुका साथै विधान संशोधनका बारेमा साझा धारणा निर्माण गरिने बताएका छन् । 

‘‘भोलिका दिनमा कसरी संगठित हुने, जनतामा कसरी जाने, विकास निर्माणमा कांग्रेसको भूमिका के हुने र संघीय संरचना अनुरुप पार्टीलाई कस्तो ढांचाको बनाउने भन्ने बारेमा भेलाले छलफल गर्छ,’’ उनले टेलिफोनमा भने । 

कांग्रेस सर्लाहीका सभापति नागेन्द्रकुमार रायले कांग्रेसको अहिलेको विधानमा नसमेटिएको तर समेट्नैपर्ने विषयका बारेमा पनि विधान परिमार्जन समितिलाई भेलाले सुझाव दिने बताए । 

कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले सभापतिहरुको भेलामा जिल्ला सभापतिहरुलाई अझै बलियो बनाउने विषयले पनि प्रवेश पाउने जानकारी दिएका छन् । पार्टीले सभापतिहरुलाई अझै अधिकार प्रदान गरेर जानु पर्ने आवश्यकता रहेकाले सभापतिलाई बलियो बनाउने विषयमा छलफल चलाइने उनको भनाई छ । 

‘‘सभापतिहरु अलमलमा छन् । हरेक कुराको दोष सभापतिले लिनुपर्ने तर जस लिँदा अरुले लिने परिपाटी छ,’’ सभापति थापाले भने, ‘‘पार्टीमा रहेको टिकट वितरण प्रणाली सुधार गरेर जिल्ला सभापतिले जिल्लामा टिकट बाँड्ने व्यवस्था लागुका लागि हामी कुरो उठाउँछौं ।’’ 
केन्द्रले जिल्ला सभापतिहरुसँग समन्वय नै नगरेर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उमेदवार तय गरेका कारण जिल्ला सभापतिहरु पराजयको जिम्मा लिने कि नलिने भन्ने दोधारमा रहेको उनको भनाइ थियो । 

त्यस्तै कांग्रेस कञ्चनपुरका सभापति हरिप्रसाद बोहराले हटौंडामा आयोजना हुन गइरहेको भेलामा तीन वटै तहको निर्वाचनका विषयमा पार्टीभित्र देखिएको गुटबन्दी बारेमा पनि छलफल हुने जानकारी दिए । 

‘‘पार्टी नेतृत्वको कमजोरी कै कारण निर्वाचनमा पराजित भएको भन्ने कुरा लामो समयदेखि उठ्दै आएको छ । त्यो विषयले पनि भेलामा प्रवेश पाउँछ,’’ उनले बाह्रखरीसँग भने । गुट–उपगुटको अन्त्य गरेर पार्टीलाई बलियो बनाउन अपनाउनु पर्ने रणनीतिका बारेमा छलफल गरेर साझा धारणा तय गरिने कञ्चनपुर सभापति बोहराको भनाई छ । 

त्यस्तै कांग्रेस कैलालीका सभापति नरनारायण शाहले पार्टीले तय गरेका एजेण्डामै भेला केन्द्रीत रहने र पार्टी मजबुद बनाउने सभापतिहरुको साझा धारणा तय गरिने प्रतिक्रिया दिएका छन् । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २१, २०७५  ०९:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro