site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा ‘प्राण’ भर्न नेताहरु स्वतः स्फूर्त जिल्ला दौडाहामा, प्रवक्ता शर्मा भन्छन्– ठेस लागेकै ठाउँमा लडेर बस्न मिल्दैन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । १४ दिन लगाएर चुनावी समीक्षा गरेको प्रतिपक्षी नेपाली कांग्रेस पार्टीमा ‘प्राण’ भर्ने अभियानमा जुटेको छ । पार्टीलाई मजबुद र सुदृढ बनाएर लैजाने उद्देश्यका साथ पदाधिकारीदेखि कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्यहरु जिल्ला दौडाहमा छन् । 
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रो पराजय ब्यहोरेको कांग्रेसका नेताहरु महासमिति बैठक र जिल्ला सभापतिहरुको भेलालाई केन्द्रीत गरेर स्वतःस्फूर्त रुपमा जिल्ला–जिल्लाहरुमा परिचालन भएका छन् । 

‘‘कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीलाई अब सुदृढ बनाएर लैजान जागरण अभियान चलाउने निर्णय गरेको छ । सोही अनुरुप महासमिति बैठक र जिल्ला सभापतिहरुको भेला तय भएको छ,’’ जिल्ला दौडाहाका क्रममा पार्टी सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा रहेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘त्यो क्रममा पार्टीलाई नवीन ढंगबाट सुदृढ बनाउने भनिसकेपछि नेताहरु स्वतःस्पूmर्त ढंगले मोविलाइज (परिचालन) हुनुभएको हो ।’’

चुनावी पराजयपछि गुट–उपगुटमा जेलिएको कांग्रेसमा ‘प्राण’ भरेर नवीन जागरणका साथ अघि बढाउन पदाधिकारीदेखि केन्द्रीय सदस्यहरु देशैभर परिचालन भएका उनको भनाइ छ । ‘‘चुनावी पराजयले कांग्रेसलाई ठेस लागेको छ । ठेस लागेपछि ठेस लागेकै ठाउँमा लडेर बस्न त मिल्दैन,’’ शर्माले भने, ‘‘राजनीतिक दलले जुरुक्क उठेर अगाडि बढ्नुपर्छ । त्यसैले कांग्रेस जिल्ला दौडाहामा छ ।’’

प्रवक्ता शर्माले कांग्रेसमा ‘तन्दुरुस्ती’ भर्न र कार्यकर्ताहरुमा जागरण फैलाउन जिल्ला दौडाहापछि कांग्रेसका नेताहरु गाउँ–गाउँ जाने पनि बताए । ‘‘जिल्लामात्रै होइन, अब हामी विस्तारै गाउँ–गाउँ पनि पुग्छौं,’’ उनले बाह्रखरीसँग टेलिफोनमा भने, ‘‘कांग्रेसमा तन्दुरुस्ती र कार्यकर्ताहरुमा नवीन जागरण भर्न जरुरी छ ।’’

गत वैशाख १६ गते चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक सम्पन्न भएलगत्तै कांग्रेस सभापति देउवा कैलालीको धनगढी पुगेका थिए । उनको कैलाली भ्रमण पनि पार्टीको जागरण अभियानसँग जोडिएको कांग्रेसका नेताहरुले बताएका छन् । 
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वैशाख १८ गतेबाट जेठ ६ सम्म ६ जिल्लाको भ्रमण गरेका छन् । उनले तनहुँ, सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, मुगु र बाँकेको भ्रमण गरेका हुन् । वरिष्ठ नेता पौडेल ती जिल्लाहरुमा पार्टी, पार्टीका भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुले आयोजना गरेका कार्यक्रमहरुमा सहभागी भए । 

जिल्ला दौडाहाका क्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधि धनुषा, महामन्त्री डा. शशांक कोइराला नवलपरासी र चितवन, सह–महामन्त्री प्रकाशशरण महत ओखलढुंगा, प्रवक्ता शर्मा धनकुटा, दार्चुला, बैतडी, बझाङ हुँदै डडेल्धुरा पुगेका छन् । मंगलबार डडेल्धुरामा रहेका शर्माले जिल्ला दौडाहाकै सिलसिलामा आजै महाकाली अञ्चलबाट मेची अञ्चल पुग्ने बताएका छन् ।  

नेता एनपी सावद कञ्चनपुर, कैलाली र डोटी, रमेश लेखक मकवानपुर, भक्तपुर,   केन्द्रीय सदस्यद्वय शेखर कोइराला र चन्द्र भण्डारी सिन्धुपाल्चोक, मीन विश्वकर्मा सुनसरी, युवा नेता गगन थापा जिल्ला दौडाहाका क्रममा कपिलवस्तुलगायत पुगेका कांग्रेसले जनाएको छ ।  
अर्का युवा नेता प्रदीप पौडेलले केन्द्रीय कार्यसमिति बैठकपछि आफूले ताप्लेजुङ, इलाम, झापा, पाँचथर, सिन्धुपाल्चोक, भक्तपुर, धादिङ, तनहुँ, कास्की, पर्वत, बाग्लुङ जिल्लाका कांग्रेस नेता–कार्यकर्ताहरुसँग भेटघाट गरेको बताएका छन् । उनले अब संखुवासभा, भोजपुर, धनकुटा, ओखलढुंगा, खोटाङलगायत जिल्लामा जाने योजना बनाएको जानकारी दिए । 

जिल्ला भ्रमणका क्रममा चुनावको हारले कार्यकर्तामा मनोवल खस्किएको अवस्थामा पाएको भन्दै युवा नेता पौडेलले पार्टीको तल्लो तह र नेतृत्व तहलाई जोड्न कांग्रेस नेताहरुले जिल्ला दौडाहा सुरु गरेको बताए । 

‘‘जिल्ला–जिल्लामा माथिको नेताको खोजी भइरहेको छ । कार्यकर्ताहरुले आगामी दिनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा स्पष्टता खोजिरहेका छन्,’’ युवा नेता पौडेलले भने, ‘‘ग्रासरुटको कुरा कम्तीमा पनि नीति निर्माण तहसम्म जोड्ने प्रयास स्वरुप हामीहरुले जिल्ला दौडाहा शुरु गरेका हौं ।’’ यथास्थितिमा कांग्रेसलाई सुदृढ गर्न नसकिने भएकाले कांग्रेसले कार्यकर्ताहरुसँगको भेटघाट बाक्लो बनाउन गाउँगाउँ जाने तयारी गरिरहेको उनको भनाइ छ ।
 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०७५  ०९:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro