site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस हारको कारण कम्युनिष्ट गठबन्धन ! देउवाले भने– नाकाबन्दीको खुलेर विरोध गर्न नसक्नु पनि हारको अर्को कारण 

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको हारको मुख्य कारण कम्युनिष्ट गठबन्धन नै भएको निष्कर्ष निकालेको छ । केन्द्रीय समितिको जारी बैठकले यस्तो निष्कर्ष निकालेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकले जेठ मसान्तमा जिल्ला सभापतिहरुको भेला गर्ने, भदौभित्र महासमिति बैठक बोलाउने, महासमितिमा पेस गर्ने विधान संशोधनका लागि समिति बनाउने, संसदीय समिति भंग गर्ने, कार्यसम्पादन समिति पुनर्गठन गर्ने, अनुशासन समिति पुनर्गठन गर्ने लगायतका निर्णय गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

बैठकले महामन्त्रीको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । बैठकमा सम्बोधन गर्दै सभापति देउवाले संविधान जारीपछि भारतले लगाएको नाकाबन्दीको खुलेर विरोध गर्न नसक्नु पनि कांग्रेस हारको अर्को कारण भएको बताएका थिए । यसैबीच कांग्रेस बैठक सोमबार बिहान साढे ८ बजे बोलाइएको छ । सोमबारको बैठकमा सभापतिले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको नाम प्रस्ताव गर्ने तयारी छ ।
\"\"

\"\"

\"\"

\"\"

प्रकाशित मिति: आइतबार, वैशाख १६, २०७५  २०:००
प्रतिक्रिया दिनुहोस्