site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठक अनिश्चित, महासमिति बैठकको मिति पछाडि धकेल्न खोज्दा पौडेल पक्ष रुष्ट
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठक अन्त्यतिर आइपुग्दा संस्थापन पक्ष र पौडेल पक्षबीचको विवाद चुलिएको छ । 

चुनावी समीक्षा निष्कर्षमा पुग्नै लाग्दा दुबै समूहबीच विवाद चुलिएपछि शनिबारको केन्द्रीय कार्यसमिति बैठकमा बस्न सकेको छैन । 

शनिबार बिहान ९ वजे बैठक शुरू हुने र निष्कर्षसहित सम्पन्न हुने भनिए पनि आन्तरिक विवादका कारण बैठक बस्न नसकेको कांग्रेस नेताहरूले बताएका छन् । 

संस्थापन पक्षले पौडेल पक्षले भनेअनुसार निर्णय गर्न तयार नभएपछि शनिबारको बैठक अनिश्चित बनेको कांग्रेस स्रोतको बताउँछ । ‘‘संस्थापन पक्षले महासमिति बैठक पछाडि लान खोजेपछि आजको बैठक बस्न नसकेको हो ।’’ पौडेल पक्षीय एक केन्द्रीय सदस्यले बाह्रखरीसँग भने । 

स्रोतका अनुसार संस्थापन पक्षले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले बेहोरेको हारको जिम्मा सभापतिले मात्रै लिन अस्वीकार गरेपछि पौडेल पक्ष असन्तुष्ट बनेको छ । 
यस्तै पौडेलले दिएको जानकारी अनुसार पार्टीको महासमिति बैठक बोलाउन र केन्द्रीय कार्यसम्पादन समिति तथा संसदीय समिति बिघटन गर्न पनि संस्थापन पक्षले अस्वीकार गरेको छ । 

‘‘चुनावी हारको समीक्षा धेरै लामो समयसम्म गरियो तर उहाँहरु निर्णयमा हारको कारण नै लेख्न चाहनुहुन्न’’, पौडेल पक्षीय केन्द्रीय सदस्यले भने, ‘‘हामीले भने अनुसार सभापतिज्यूले हारको जिम्मा लिन नमाने पछि बैठक अनिश्चित भयो ।’’

उनकाअनुसार सभापति देउवा निकटका केन्द्रीय सदस्यहरूले चुनावी समीक्षाको निर्णयमा दुई कम्युनिष्ट पार्टीको गठबन्धनका कारण निर्वाचनमा पराजय बेहोरिएको मात्रै उल्लेख गर्न चाहेका छन् । 

‘‘हामीले निर्णयमा केही त्रुटी भएका छन्, त्यसैले सबैलाई मान्य हुने गरि निर्णय गरौं भन्दा पनि उहाँहरू मान्न तयार देखिनु भएन’’, पौडेल पक्षीय नेताले भने, ‘‘फेरी विधान विपरित गठन भएका समितिहरु पनि विघटन गर्न उहाँहरु मान्नु हुन्न ।’’

चैत ९ गतेबाट शुरु भएको चुनावी समीक्षा बैठकमा पौडेल पक्षले निर्वाचनको पराजयको जिम्मा सभापति शेरबहादुर देउवाले लिनुपर्ने, जेठ महिनाभित्रै महासमिति बैठक बोलाउनुपर्ने र विधान विपरित गठन गरिएका कार्यसम्पादन समिति र संसदीय समिति बिघटन गर्नुपर्ने माग जोडतोडका साथ उठाएका छन् । 

संस्थापन पक्षले चुनावी हारका कारणहरू लिखित रुपमा निर्णय गरेर स्वीकार गर्न आनाकानी गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टी केन्द्रीय कार्यालयबाट बाहिरिएका थिए । 

पार्टी कार्यालयबाट बाहिरिँदै गर्दा उनले पार्टीले अबलम्बन गर्ने आगामी कार्यदिशाका बारेमा मस्यौदा निर्माण भइरहेकाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका थिए । 

‘‘केन्द्रीय समितिको बैठकले के–कस्तो निष्कर्ष निकाल्यो, अव अगाडि कसरी जाने र अव के–के गर्ने भन्ने बारेमा छलफल भइरहेको छ’’, उनले सञ्चारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा बताए, ‘‘प्रस्तावहरुको मस्यौदा साथीहरूले बनाइरहेका छन् ।’’

पौडेल पक्षको असन्तुष्टि सम्बोधन गर्न नसकेका कारण बैठक स्थगित भए पनि संस्थापन पक्षले नेपाल मुस्लिम संघको दोस्रो महाधिवेशन चलेका कारण बैठक बस्न ढिलाई भएको दावी गरेको छ । 

‘‘आजको बैठकमा महामन्त्रीज्यूले लिखित प्रतिवेदन ल्याउने, त्यसलाई पारित गर्ने र सभापतिज्यूले समापन गर्ने कार्यसूची थियो तर नेपाल मुस्लिम संघको महाधिवेनका जुधेका कारण बैठक बस्न ढिलाई भएको हो ।’’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दावी गरे । 

चुनावी समीक्षा बैठकको निष्कर्षलाई लिखित दस्तावेजका रूपमा बाहिर ल्याउने तयारी भइरहेका कारण पनि बैठकमा ढिलाई भइरहेको उनको भनाई थियो ।  प्रवक्ता शर्माले शनिबार अपरान्ह ४ वजेसम्म बैठक बस्ने बताएका छन् ।   
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०७५  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro