site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
‘हेरा फेरी ३’ मा फेरी ‘धमाल’ मचाउन सक्छन् बाबूराव, राजू र शामको जोडी 

एजेन्सी । बलिउड निर्देशक प्रियदर्शनको निर्देशनमा बनेको सुपरहिट कमेडी फिल्म ‘हेराफेरी’ भारतीयको दिमागमा अझै ताजै छ ।

अक्षय कुमार, परेश रावल र सुनील शेट्टीको जोडीलाई दर्शकले अत्यन्तै मन पराएका थिए ।  ‘हेराफेरी’ को सीक्वेल २००६ मा ‘फिर हेराफेरी’ पनि रिलीज भयो । हालै भाइरल भएको अक्षय कुमार र सुनील शेट्टीको तस्वीरले फेरी फिल्म ‘हेराफेरी ३’ को चर्चा चुलिएको छ । 

यस्तै चाँडै नै ‘हेराफेरी ३’ को घोषणा यसका ‘ओरिजनल स्टारकास्ट’ का साथ हुन सक्ने पनि चर्चा बलिउडमा चलेको छ । यसअघि अक्षय कुमारको पारिश्रमिकलाई लिएर निर्माण पक्ष चिन्तित रहेको खबर पनि आएको थियो । 

तर पछिल्लो समयमा अक्षयले यो प्रोजेक्टका लागि ‘ग्रीन सिग्नल’ देखाएको बताइन्छ । फिल्म निर्माता फिरोज नाडियाडवाला यो फिल्मको निर्देशकको खोजीमा रहेका छन् । तर स्रोतले प्रियदर्शन नै यो फिल्मको पनि निर्देशन गर्ने दावी गरेको छ । फिरोज नाडियाडवाला आगामी २÷३ सातामै फिल्मको बारेमा आधिकारिक घोषणा गर्ने बताइएको छ । 
 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०७५  ०५:१३