site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेल र सिँहमाथि नै खनिए देउवा निकट नेताहरु
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले नेता रामचन्द्र पौडेल पक्षलाई गुटगत धारणाले ग्रसित भएर प्रस्तुत नहुन आग्रह गरेको छ । बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले पौडेल पक्षलाई गुटगत धारणाबाट ग्रसित भएर प्रस्तुत नहुन आग्रह गरेका हुन् ।  

केन्द्रीय कार्यसमितिको बैठकमा जारी चुनावी समीक्षा आ–आफ्नो धारणा राख्दै संस्थापन पक्षका नेताहरुले वक्तव्यबाजी गरेर कांग्रेस बलियो नहुने बताए । ‘‘बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरु पार्टीमा पछिल्लो समयमा मौलाएको गुटबन्दी र वक्तव्यबाजीले कांग्रेस बलियो नहुने भन्दै सभापतिको बचाउमा उत्रिनुभयो,’’ एक केन्द्रीय सदस्यले भने । 

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री प्रकाशमान सिँहले सभापति शेरबहादुर देउवालाई बुझाएको लिखित पत्रलाई बेमौसमी बाजाको संज्ञासमेत दिएका छन् । वरिष्ठ नेता पौडेलले केही साता अघि र सिँहले चैत ९ गते सभापति देउवालाई चुनावी हारको कारण बारे लिखित धारणा बुझाएका थिए । 

KFC Island Ad
NIC Asia

‘‘सभापतिज्यूलाई बुझाइएका पत्रहरु निराशा, कुण्ठा र गुटगत धारणाले ग्रसित छ । यीे बेमौसमी बाजा जस्तै छन्’’, सभापति देउवाका विश्वासपात्र मध्येका एक केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले बैठकमा भने, “वक्तव्यबाजी गरेर नेपाली कांग्रेस बन्दैन । एकता र प्रतिवद्धताका साथ जाउँ, जनता हामीसँगै छन् । जनमत घटेको छैन् ।’’

त्यस्तै अर्का केन्द्रीय सदस्य रमेश रिजालले पनि सभापति देउवाका कारण मात्रै निर्वाचनमा पराजय नभएको जिकिर गरे । ‘‘प्रतिनिधसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको कारण सभापति मात्रै होइनन्’’, उनले वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य सिँहतर्फ लक्षित गर्दैै भने, ‘‘पार्टीभित्रको कुरा बाहिर छताछुल्ल नगर्नुस् । यो बाटो गलत हो ।’’

Royal Enfield Island Ad

संस्थापक नेता कृष्णप्रसाद भट्टराईलाई अपमानपूर्वक हराएर पाखा लगाएका कारण कांग्रेसमा बिजारोपण भएको गुटलाई पछिल्लो समय मलजल गर्ने परिपाटी मौलाएको भन्दै केन्द्रीय सदस्य रिजालले आपत्ति जनाए । ‘‘गुटको राजनीति नगरौं । पार्टी अघि बढाउन एकजुट भएर जानुको विकल्प छैन्,” उनले भने, ‘‘एकजुट भएमात्रै सबैको कल्याण हुन्छ । भविश्य नेपाली कांग्रेसकै हो । आत्तिहाल्नुपर्दैन ।”

मंगलबारको बैठकमा पौडेल पक्षीय नेताहरुले टिकट वितरणमा अनियमितता भएको भन्दै आरोप लगाएपछि संस्थापन पक्षीय नेताहरुले बिहीबारको बैठकमा कडा रुपले प्रतिवाद गरेका छन् । ‘‘टिकट वितरणमा कुनै अनियमितता भएको छैन । सामुहिक रुपमा टिकट वितरण गरिएको हो,” केनद्रीय सदस्य कार्कीले भने, ‘‘सभापतिज्यूले उद्दारतापूर्वक सबैको कुरा सुन्नुभएको हो । अनियमितता भयो भनेर कुरा बढाउन नैतिक रुपले दिँदैन ।”

संस्थापन पक्षीय केन्द्रीय सदस्यहरुले दुई ठूला कम्युनिष्ट दलबीचको चुनावी तालमेलकै कारण निर्वाचन हारिएको जिकीर गर्दै पार्टीभित्रको अन्तर्घात र कांग्रेसले चुनावी तालमेल गरेका दलहरुको असहयोग पनि कारण बनेको स्वीकार गरेका छन् । त्यस्तै उनीहरुले भारतीय नाकाबन्दीका बेला पार्टीले कुनै प्रतिक्रिया नदिएर पनि चुनावताका घाटा व्यहोरिएको बताएका छन् । 

‘‘भारतलाई नाकाबन्दी नलगाउन हामीले कन्भिन्स् गर्न सकेनौं र नाकाबन्दीलाई मित्रवत भएनसम्म भन्न सकेनौं । यसले पनि कांग्रेसलाई क्षति पुगेको हो,’’ केन्द्रीय सदस्य कार्कीले भने । उनले जनमत अझै पनि नघटेको दावी गर्दै जनताले उमेदवारलाई ‘रिजेक्ट’ गर्नुको कारण विश्लेषण गर्न आवश्यक देखिएको बताए । 

केन्द्रीय सदस्य रिजालले अब पार्टीलाई बलियो बनाएर एकताका साथ जनमुखी कार्यक्रम लिएर जनतामा जानुपर्ने आवश्यकता औंल्याए । ‘‘अब पार्टी बलियो बनाउन एकतावद्ध ढंगले जनमुखी कार्यक्रम लिएर सभापतिज्यू आक्रामक रुपले अघि बढ्नुपर्छ । यसैमा सबैको भलो हुन्छ,’’ उनले समीक्षा बैठकमा भने । 

बिहीबारको बैठकमा संस्थापन पक्षीय केन्द्रीय सदस्यहरु ज्ञानेन्द्रबहादुर कार्की, महेन्द्र यादव, रमेश रिजाल र भिष्मराज आङदम्बेले चुनावको समयमा बद्लिएको चुनावी चित्रलाई बदल्न नसक्दा पराजय भोग्नुपरेको धारणा राखेका थिए । 

‘‘उहाँहरुले कम्युनिष्ट गठबन्धन हुँदै गरेको अवस्थालाई रोक्न नसकेको विश्लेषण गर्नुभयो,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘‘बाम गठबन्धनको उपस्थिति र समयमै त्यसलाई चिर्न सक्ने गरी पार्टीको प्रभावकारी प्रस्तुति नहुँदा पराजय भोग्नु परेको भन्ने उहाँहरुको धारण रह्यो ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०७४  ०५:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro