site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस बैठकमा ‘टिकट बिक्री’ को चर्चा, छानविन गर्न माग 
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट ‘बेचबिखन’ भएको मुद्दा चर्को रुपमा उठेको छ । पौडेल पक्षीय र पार्टी सुदृढीकरणको अभियानमा लागेका युवा नेताको समुहमा आवद्ध केन्द्रीय सदस्यहरुले निर्वाचनमा टिकट ‘बेचबिखन’ भएको दाबी गर्दै नेतृत्वको आलोचना गरेका छन् । 

उनीहरुले निर्वाचनको समयमा पैसाको चलखेल गरेर उमेदवार बनाइएको दाबी गर्दै न्यायिक समिति गठन गरेर छानविन गर्नुपर्ने माग गरेका छन् । 

मंगलबार बसेको केन्द्रीय कार्यसमितिको समीक्षा बैठकमा पार्टी सुदृढीकरणको अभियानमा लागेका युवा नेतामध्येका एक धनराज गुरुङ र डा. रामशरण महतले समिति गठन गरेर टिकट वितरणमा भएको अनियमितता छानविन गर्नुपर्ने माग गरेका हुन् । 

KFC Island Ad
NIC Asia

‘‘टिकट वितरणमा कमजोरी भएको छ । कुनै ठाउँमा त लिलाम बिक्री भएको जस्तो सुनिन्छ । छानविन समिति गठन गरेर त्यसको छानविन हुनुपर्छ,’’ केन्द्रीय सदस्य गुरुङले समीक्षा बैठकमा भने । 

कांग्रेसलाई सुधारेर लैजान पार्टीमा सदाचारिता अपरिहार्य रहेको उनको भनाई थियो ।  ‘‘अब सदाचारिताको बाटो अपनाउनुपर्दछ । नेताहरु सदाचारी बन्नुपर्छ, भ्रष्टाचारी बन्नुहुँदैन,” बैठकमा केन्द्रीय सदस्य गुरुङले भने । 

Royal Enfield Island Ad

त्यस्तै पूर्वअर्थमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य डा. महतले पनि  टिकट वितरणमा आर्थिक अनियमितता भएको दाबी गर्दै छानविन आवश्यक रहेको बताए । 

‘‘डा. महतले पनि टिकट वितरणमा आर्थिक चलखेल भएको आशंका गर्दै छानविन हुनुपर्ने कुरा बैठकमा राख्नुभएको छ,” डा. महतको भनाई उद्धृत गर्दै एक नेताले भने ।

सोमबारको बैठकमा पनि केन्द्रीय सदस्य बलबहादुर केसीले आर्थिक लेनदेनको आधारमा टिकट वितरण गरिएको बताएका थिए । ‘‘उहाँले आर्थिक चलखेल गरेर भएको टिकट वितरणमा सभापतिको नाम त जोड्नुभएको होईन,” बैठकमा सहभागी एक केन्द्रीय सदस्यले भने, ‘‘तर यसरी टिकट वितरण गर्नुमा ‘भाउजु’ को हात छ भन्ने सुन्नमा आएको कुरा राख्नुभएको थियो ।”

नेता केसीले पनि समिति बनाएर छानविन गरिनुपर्ने माग बैठकमा गरेका थिए ।

पौडेलकै आलोचना 

बैठकमा नेता गुरुङ वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आक्रामक देखिएका थिए । “वरिष्ठ नेताज्यू सुन्नुस्, तपाईँले पनि दोहोरो भूमिका नदेखाउनुस्,” उनले बैठकमा भने, ‘‘संसदीय समितिमा बसेर टिकट वितरण गर्ने, अहिले चुनाव हारियो भन्ने ?”

निर्वाचनमा भएको पराजयको नैतिक जिम्मेवारी पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेलसँगै पदाधिकारीहरुले लिनुपर्ने उनको भनाई थियो । 

केन्द्रीय सदस्य गुरुङले वरिष्ठ नेता पौडेललाई व्यक्तिगत स्वार्थको पक्षमा नभएर पार्टीको हितमा बोल्न पनि सुझाव दिए । ‘‘स्वार्थको पक्षमा बोल्नुहुन्न । पार्टीको हितमा बोल्नुपर्छ,’’ उनले सुझाव दिए । गुरुङले पार्टीभित्र झाङ्गिएको अन्तरघात समाप्त पार्न अनुशासनलाई कडाईका साथ पालना गर्नुपर्नेमा जोड दिए । 

‘‘रुख झाङ्गिनुको सट्टा अहिले कांग्रेसमा किशुनजी लड्दा देखिएको अन्तर्घात झाङ्गियो,” उनले थपे, ‘‘यसलाई समाप्त पार्नका लागि अब पार्टीमा अनुशासनको कडाईका साथ पालना गराउनुपर्दछ ।”

उनले कांग्रेसलाई मजबुत बनाउन सभापति देउवालाई ठिक समयमा ठिक निर्णय लिन सुझाए । पार्टीलाई अनिर्णयको बन्दी बनाउन नहुनेमा जोड दिँदै उनले भने, ‘‘तत्कालिक राष्ट्रिय ईस्युमा पार्टीलाई मुकदर्शक नबनाउनुस् ।’’ 

युरोपेली यूनियनले नेपालमा जातीय, क्षेत्रीय र धार्मिक द्वन्द्व भड्काउने आशयको अभिव्यक्ति दिँदा पनि कांग्रेस नबोलेको प्रति गुरुङले आपत्तिसमेत जनाए । 

मंगलबारको बैठकमा बोल्ने सबै केन्द्रीय सदस्यहरुले पार्टीलाई बलियो बनाउन विधान परिमार्जन गरेर महासमिति हुँदै महाधिवेशनमा जानुपर्ने सुझाव दिएका छन् ।

मंगलबारको समीक्षा बैठकमा अहिलेसम्म केन्द्रीय सदस्यहरु धनराज गुरुङ, बद्री पाण्डेय, डा. मिनेन्द्र रिजाल, डा रामशरण महत र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले आ–आफ्नो धारणा राखेका छन् ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १३, २०७४  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro