site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिटौलाले देउवालाई भने– पार्टी तपाईँले कब्जा गर्नुहोला, मुलुक कम्युनिष्टले गर्दैछन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गरेपनि मुलुकलाई कम्युनिष्टहरुको कब्जामा जानबाट रोक्न नसक्ने बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबारबाट सुरु भएको चुनावी समीक्षा बैठकलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री सिटौलाले पार्टीलाई मनपरी ढंगबाट कब्जा गरे पनि सभापति देउवाले मुलुकलाई कम्युनिष्टहरुको कब्जामा जानबाट रोक्न नसक्ने बताएका हुन् । 

बैठकको ‘टी ब्रेक’ मा केही पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा उनले बैठकमा आफुले सभापति देउवालाई अहिलेकै शैलीमा अगाडि बढे पार्टी कब्जा गर्न सके पनि देशलाई कम्युनिष्टको कब्जामा जानबाट रोक्न नसक्ने बताएको जानकारी दिए । 

कांग्रेसलाई बलियो बनाउन नीतिगत, रणनीतिगत र नेतृत्वको प्रवृत्तिमा आमुल परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै उनले पार्टी आमुल परिवर्तन नभए आगामी दिनमा आउने चुनौतिहरुको सामना गर्न नसकिने दावी गरे । पार्टीमा आमुल परिवर्तनका लागि महाधिवेशन वा महासमिति बैठक बोलाउन जरुरी रहेको पूर्वमहामन्त्री सिटौलाको भनाई थियो । 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन पछि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको पाँचौं बैठकमा उनले झण्डै ४५ मिनेट लामो भाषण गरेका थिए । भाषणका क्रममा सिटौलाले नेतृत्वको राणनीतिक असफलता, अस्पष्ट नीतिगत एजेण्डा र विधान सम्मत पार्टी नचलेकै कारण कांग्रेसले निर्वाचनमा पराजय भोग्नु परेको जिकिर गरे । 
‘‘प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टहरुको सरकार रहेको अवस्थामा पार्टी नेतृत्व अहिलेकै ढंगमा चले परिणाम दिँदैन’’, सिटौलाले भने, ‘‘यसकारण सबैले आफ्ना कमी–कमजोरी सच्याएर पार्टीलाई बलियो बनाउन अति आवश्यक छ ।’’

पूर्व महामन्त्री सिटौलाले पदाधिकारीले निर्वाचनको समयमा स्पष्ट नीति, आगामी कार्यदिशा र योजना दिन नसकेको दाबी गर्दै आफ्नो कमजोरी स्वीकार्न गर्न आग्रह गरे । 

यसैबीच कांग्रेस केन्द्रीय सदस्य डा. नारायण खड्काले पार्टीलाई उर्जा दिन आजैका मितिबाट गुटबन्दीको अन्त्य गर्नु पर्ने बताएका छन् । चुनावी समीक्षा बैठकमा मन्तव्य राख्दै उनले पार्टीमा व्याप्त गुटबन्दी समाप्त नगरेसम्म कांग्रेसमा उर्जा थप्न नसकिने बताए ।

‘‘आजैबाट गटबन्दी अन्त्य हुनुपर्छ । गटबन्दीले पार्टीलाई धरासायी बनायो’’, उनले भने, ‘‘आजैबाट तेरो–मेरो नभनेर जाउँ, पार्टीलाई पूर्नउर्जित गरौं ।’’ पार्टीलाई मजबुत बनाउन सबैले आ–आफ्नो सोचलाई परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको केन्द्रीय सदस्य डा. खड्काको भनाई थियो । 

उनले चाँडोभन्दा चाँडो पार्टीको महासमिति बैठक बोलाउनु पर्नेमा जोड दिँदै महासमिति बैठकको तयारीका लागि समिति गठन गर्नु पर्ने पनि बताए । दुई कम्युनिष्ट पार्टीको गठबन्धन नै कांग्रेस पराजयको मुख्य कारण भएको भन्दै खड्काले सञ्चार माध्यमको प्रभावकारितालाई नबुझ्दा पनि चुनाव हार्नुपरेको बताए ।  

केन्द्रीय सदस्य डा. खड्काले पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिँह र सिटौलाको तुलनामा छोटो मन्तव्य राखेका थिए । बैठकको सुरुवात मै पूर्वमहामन्त्री सिँहले ३७ मिनेट लामो लिखित मन्तव्य राखेका थिए । शुक्रबारको चुनावी समीक्षामा तीन जनाले मात्रै मन्तव्य राखेका छन् । 

मध्यान्ह १२ वजे पछि सुरु भएको कांग्रेसको समीक्षा बैठक दिउँसो २ वजे ‘टी ब्रेक’ का लागि स्थगित भएको थियो । दुई घण्टा लामो ‘टी ब्रेक’ पछि सुरु भएको बैठक शनिबार बिहान ११ बजे बस्नेगरी स्थगित भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले समीक्षा बैठकमा केन्द्रीय सदस्यहरु बोल्न ईच्छुक नदेखिएपछि बैठक स्थगित भएको भन्ने कुरो ठट्टामात्रै नभएको प्रतिक्रिया दिएका छन् । 

‘‘साधारण सदस्य, क्रियाशिल सदस्य हुँदै केन्द्रीय सदस्यमा निर्वाचित भइसक्नु भएका नेताहरुले मन्तव्य नै नराख्ने भन्ने कुरो हुँदैन’’, उनले भने, ‘‘आज उठेका विषयहरु र अरु थप विषयमा थप तयारी गरेर कुरा राख्ने मनसायले आजका लागि बैठक स्थगित भएको हो ।’’

प्रवक्ता शर्माले समीक्षा बैठकको सुरुको दिनको बैठकले पार्टीभित्रको एकता र हार्दिकता देखाउने कामको पुष्टि गरेको दाबी गरे । पूर्वमहामन्त्रीद्वय सिँह र सिटौला सभापति देउवाप्रति आक्रामक ढंगबाट प्रस्तुत भएको विषयमा उनले भने, ‘‘यो शालिन आक्रमकता हो । यसलाई पार्टीले स्वाभाविक रुपमा लिनुपर्दछ ।’’
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  १८:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro