site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा आजदेखि चुनावी समीक्षा– हारको जिम्मेवारी देउवाले लिनुपर्ने !
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि विभिन्न गुट–उपगुटमा झांगिदै गएको नेपाली कांग्रेसले आजदेखि चुनावी समीक्षा गर्दैछ । चुनावी समीक्षाका लागि कांग्रेसले ७७ वटै जिल्ला कार्यसमितिहरुलाई जिल्लास्तरीय समीक्षाको प्रतिवेदन माग गरेको छ ।  

पार्टीभित्र निर्वाचन परिणाम आएलगत्तै केन्द्रीय कार्यसमितिको बैठक बसेर चुनावी समीक्षा गर्नुपर्ने माग उठेपनि शुक्रबारबाट मात्रै कांग्रेसले आधिकारिक रुपमा चुनावी समीक्षा सुरु गर्न लागेको हो । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय कार्य समिति बैठकमा चुनावी समीक्षा सुरु हुने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

नेतृत्व परिवर्तनको माग गरिरहेको समुहको कस्तो छ तयारी ? 

निर्वाचन परिणामलगत्तै नेतृत्व परिवर्तनको माग अघि सार्दैै आएको युवा नेताहरुको समुहले केन्द्रीय कार्यसमिति बैठकमा नेतृत्वका कमी कमजोरीहरुलाई प्रमुखताका साथ उठाउने तयारी गरेको छ । 

युवा नेताहरुले सभापति शेरबहादुर देउवाकै कार्यशैलीले चुनावमा पराजित हुनुपरेको निष्कर्ष निकाल्दै हारको सम्पूर्ण जिम्मेवारी सभापतिले लिनुपर्ने धारणा अघि सारेका छन् ।

त्यसैले पनि विशेष महाधिवेशनमा गएर नेतृत्व परिवर्तन गर्नैपर्ने धारणा एक केन्द्रीय सदस्यको रहेको छ ।

चुनावी समीक्षाका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आन्तरिक व्यवस्थापन र नेतृत्वको कमी–कमजोरीहरु उठाउने युवा नेताहरुको समुहलाई संयोजन गर्दै आएका केन्द्रीय सदस्य चन्द्र भण्डारीले बताए । 

‘‘हामीले ठूलो गृहकार्यका साथ गतिशिल, आधुनिक र समानुसार प्रतिष्पर्धा गर्न सक्ने पार्टी बनाउन चाहेका छौं’’, केन्द्रीय सदस्य भण्डारीले बाह्रखरीसँग भने, ‘‘नेतृत्वले पार्टीलाई सही ढंगबाट चलाउन सकेन । यस बारेमा हामी बैठकमा कुरा उठाउँछौं ।’’

नेतृत्वले एक पछि अर्को गल्ती दोहो¥याउँदै गएका कारण कांग्रेस कमजोर भएको जिकिर गर्दै उनले नेतृत्वबाट कमी–कमजोरी नभएको भए नेपालको संस्कृति अनुसार पछि पर्नै नसक्ने दावी गरे । 

‘‘नेताहरुको आलोचना मात्रै गर्नुभन्दा पनि उहाँहरुले भोगेको जेल–नेलको सजाय र आन्दोलनमा पाएको दुःख पनि बझुेका छौं । तर पार्टी सञ्चालन सही ढंगले गर्न सक्नु भएन’’, नेता भण्डारीले थपे, ‘‘हामी हाम्रो अडान, दृष्टिकोण, हामी कहाँ चुक्यौं र हाम्रा कमजोरी के–के रहे भन्ने कुराहरु बैठकमा उठाउँछौं ।’’

कांग्रेसले कांग्रेस हराउने खेल !

नेता भण्डारीले पार्टी सभापति शेरबहादुर देउवा निकटका नेताहरुले आफ्नो समुहभन्दा बाहिरका नेतालाई निर्वाचनमा पराजित गर्न भूमिका निर्वाह गरेको आरोप लगाए । ‘‘सीमाङ्कन आयोग गठन गर्दा कसलाई कसरी हराउने भनेर बनायौं’’, नेतृत्व परिवर्तनको माग गर्दै आएको समुहको संयोजन गर्दै आएका भण्डारीले थपे, ‘‘सभापतिको समुहले त्यहीँबाट आफु विपरितका व्यक्तिलाई हराउन सुरु गर्यो ।’’ 

मुलुकलाई संविधान दिन सफल कांग्रेसका तत्कालिन सभापति सुशिल कोइरालालाई हार निश्चित हुँदा हुँदै पनि प्रधानमन्त्री पदको उमेदवार हुन दिएसँगै कांग्रेस ओरालो लागेको उनको दावी छ । ‘‘सुशील कोइराला हारिने पदमा उमेदवार हुनुभयो । उहाँलाई रोक्न सकेनौं, त्यहीँबाट कांग्रेस कमजोर बन्यो,’’ भण्डारीले भने । 

सत्ताको सही ढंगबाट प्रयोग नहुनु, टिकट वितरणमा विभेद गरिनु र समावेशी प्रणालीको सदुपयोग नगरिनु नै कांग्रेस हारको प्रमुख कारण रहेको युवा नेताहरुको समुहको धारणा रहेको छ । 

नेतृत्व परिवर्तन गरेर पार्टीलाई सुदृढिकरण गरेर जानु पर्ने बताउँदै आएको उक्त समुहमा नेता भण्डारीसँगै धनराज गुरुङ, गगन थापा, बद्री पाण्डेय र गुरुराज घिमिरे रहेका छन् । 

‘नेतृत्व परिवर्तन सम्भव छैन’ 

संस्थापन पक्षले युवा नेताहरुको समुहले भने जसरी पार्टीको नेतृत्व परिवर्तन सम्भव नभएको बताएको छ । चुनावी हारलाई नै कारण बनाएर हतारमा नेतृत्व परिवर्तन गरे पार्टी हितमा नहुने संस्थापन पक्षीय नेताहरुले बताएका छन् । 

‘‘एउटाले पद छाड्दैमा पार्टीको सम्पूर्ण सञ्चालन पद्धति परिवर्तन हुँदैन’’, संस्थापन पक्षीय कांग्रेस केन्द्रीय सदस्य एनपी सावदले भने, ‘‘नेतृत्व परिवर्तन गर्ने कि नगर्ने भन्ने कुराको औचित्य निर्धारण महाधिवेशनले गर्ने छ ।’’

पार्टी पराजित भएको अवस्थासँगै पार्टीका कार्यकर्ताहरुमा गहिरो चिन्ता रहेको अवस्थामा नेतृत्व परिवर्तनको माग उपयुक्त नभएको उनको भनाई छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले व्यहोरेको हारको जिम्मेवारी सभापति देउवा एक्लैले नभएर केन्द्रीय समितिले लिनु पर्ने केन्द्रीय सदस्य सावदले बताए । 

“केन्द्रीय समितिमा रहेका महत्वपूर्ण व्यक्तिहरुले नै निर्वाचन सञ्चालन र परिचालन तथा उमेदवार चयन गरेकाले हारको जिम्मेवारी सामुहिक जवाफदेहितासँग सम्बन्धित छ,” उनले भने । 

कांग्रेसलाई बलियो बनाउन पार्टीको जन्मकालदेखि नै कहिले सुसप्त अवस्थामा रहने र कहिले खुला रुपमा देखिने गुटबन्दीबाट मुक्त गर्नुपर्ने नेता सावदको भनाई छ । पार्टीभित्रको गुटबन्दी अन्त्यका लागि भागबण्डाको संस्कृति अन्त्य हुनुपर्नेमा उनको जोड छ । 

‘‘पार्टीलाई बलियो बनाउन गुटबन्दीलाई प्रश्रय दिने भागबण्डाको संस्कृति समाप्त हुनु पर्दछ’’, उनले थपे, ‘‘अल्पमत, बहुमतकै आधारमा भए पनि पार्टीभित्र मूल्याङ्कन पद्धति स्थापना गर्नु पर्दछ ।”

कांग्रेसमा बलियो आचार संहिताको अभाव खड्किएको स्वीकार गर्दै केन्द्रीय सदस्य सावदले पार्टीभित्र घात–अन्तरघात र अनुशासनहिनताले आधिकारिकता पाउँदै गएको प्रति चिन्ता व्यक्त गरे । 

पार्टीलाई मजबुत बनाउन विधान परिमार्जन गरेर संघीय संरचना अनुरुप संगठन विस्तार गर्नु पर्ने आवश्यकता रहेको उनले बताए । “प्रदेशस्तरमा समिति निर्माण गरेर प्रादेशिक प्रतिनिधित्व महत्वपूर्ण रुपमा प्रतिबिम्बित हुने गरी केन्द्रको विधान परिमार्जन गर्नु पर्दछ,” सावदले भने । 

कांग्रेसले आगामी दिन देशैभरी रहेका ६ लाख क्रियाशिल सदस्यहरुलाई राजनैतीक रुपमा मात्रै नभएर पेशागत, सहकारिता, गैर–सरकारी क्षेत्र, प्राकृतिक स्रोत साधनको उपभोगको क्षेत्र, शिक्षा–स्वास्थ्य जस्ता जनसम्पर्क र सामाजिक सेवाका क्षेत्रमा पनि परिचालन गर्नुपर्ने अपरिहार्यता रहेको नेता सावदको भनाई छ ।  

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ९, २०७४  ०८:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro