site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पौडेल निर्वाचनकै पक्षमा, सभापति देउवाको प्रस्ताव मानेनन्
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह संसदीय दलको नेता चयनका लागि निर्वाचनमै होमिने मनस्थितिमा पुगेको छ । प्रतिनिधिसभामा संस्थापन पक्षभन्दा कम मत भए पनि सभापति शेरबहादुर देउवालाई ‘रोक्न’ पौडेल समूह संसदीय दलको नेता चयनका लागि निर्वाचनमै जाने मनस्थितिमा देखिएको हो । 

वरिष्ठ नेता पौडेलले सभापति देउवाले सहमतिमै दलको नेता चयनका लागि गरेको प्रयासलाई लत्याइदिएका छन् । उनले सहमतिका लागि देउवाको सन्देश लिएर आफ्नै निवास बोहराटार पुगेका संस्थापन पक्षीय नेताको आग्रहलाई लत्याएका हुन् । 

‘‘सभापति सहमतिमै दलको नेता चयनका लागि प्रयासरत हुनुहुन्छ । तर, वरिष्ठ नेताबाट हामीले राखेको प्रस्तावमा पोजेटिभ कुरो आएन,’’ संस्थापन पक्षीय नेता रमेश लेखकले बाह्रखरीसँग भने, ‘‘पौडेल दलको नेतामा चुनाव नै गराउने पक्षमा देखिनुभयो ।’’ 

वरिष्ठ नेता पौडेलले सहमतिमा संसदीय दलको नेता चयनका लागि संस्थापन पक्षको प्रस्ताव नमानेका कारण सभापति देउवा र पौडेल पक्षीय केन्द्रीय सदस्य प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने निश्चितप्रायः जस्तै देखिएको छ । सभापति देउवाकै कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनीय परिणाम व्यहोर्नुपरेको दाबी गर्दै पौडेल पक्षीय नेताहरु नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् । 

कांग्रेसको नेतृत्वमा संविधान कार्यान्वयन भएको तर्क गर्दै नेता लेखकले सभापतिको हैसियतमा देउवाले संसदीय दलको नेताका लागि इच्छा देखाउनु स्वाभाविक भएको जिकिर गरे । ‘‘उहाँकै नेतृत्वमा संविधान कार्यान्वयन भएको छ । फेरि पार्टी सभापतिको पक्षमा दुई तिहाई बहुमत पनि छ,’’ नेता लेखकले भने, ‘‘सभापतिले दलको नेताका लागि दावी गर्नु स्वाभाविक हो ।’’

शनिबार बेलुकी भएको भेटवार्तामा संस्थापन पक्षले वरिष्ठ नेता पौडेलसमक्ष संसदीय दलको नेता सहमतिमा चयन गर्ने, पौडेलले चाहेको व्यक्तिलाई उपनेता बनाउने, पार्टीका ४२ वटा विभाग र पदाधिकारी पनि सहमतिका आधारमा विस्तार गर्ने प्रस्ताव राखेको थियो । 

‘‘हामीले मिलाएर लैजाँदा पछिल्लो समय पार्टीमा देखिएको तिक्तता मेटिने र समझदारी बढ्ने कुरा राख्यौं,’’ लेखकले भने, ‘‘संविधान कार्यान्वयन गरेको पिएमलाई तपाईं दलको नेता हुन पाउनु हुन्न भनियो भने सभापतिले पनि किन मान्नुहोला र सम्म भन्यौं तर उहाँ (पौडेल) ले मान्नु भएन ।’’ 

संसदीय दलको नेता चयनका लागि सहमति जुटाउन सभापति देउवाका विश्वासपात्र मानिने नेताद्वय गोपालमान श्रेष्ठ र रमेश लेखक शनिबार बेलुकी वरिष्ठ नेता पौडेलको निवास पुगेका थिए । पौडेल निवास पुग्नुअघि नेता श्रेष्ठ र लेखकले सभापति देउवासँग पनि सहमतिमा नै नेता चयनका लागि छलफल गरेको बताइएको छ । 
संसदीय दलको नेताका लागि सभापति देउवाको विकल्प नभएको दावी गर्दै आएको संस्थापन पक्षले सहमतिको प्रयास भने अन्तिम घडीसम्म जारी रहने जनाएको छ । कांग्रेस संसदीय दलको नेता चयनका लागि आज (आइतबार) बाट निर्वाचन प्रक्रिया सुरु हुन गइरहेको छ । 

यस्तो छ निर्वाचन कार्यतालिका
चीनकाजी श्रेष्ठ संयोजकत्वको निर्वाचन समिति निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि आज (आइतबार) बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन र फागुन २१ गते सवा ८ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकेको छ । 

समितिले उम्मेदवारले नाम फिर्ता लिने समय फागुन सोमबार विहान सवा ८ बजेसम्मका लागि तोकेको छ । सोमबार बिहान साढे ८ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म दलको नेताका लागि मतदानको समय तोकिएको छ । 

देउवा बलिया
सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ । 

संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ विजयी २३ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फका ४० जना प्रतिनिधिसभा सदस्यहरुले मतदान गर्नेछन् । 

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत विजयी २३ जना प्रतिनिधिसभा सदस्य मध्ये १० जना संस्थापन पक्षीय, १० जना पौडेल पक्षीय र ३ जना सिटौला निकटका रहेका छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेका ४० जनामा २८ जना संस्थापन निकट र १२ जना पौडेल निकट मानिन्छन् । 

देउवाका विश्वासपात्र मानिने कांग्रेसका एक केन्द्रीय सदस्यले कुल प्रतिनिधिसभा सदस्यमध्ये संस्थापन पक्ष निकट ३८ जना रहेको जानकारी दिएका छन् । त्यस्तै पौडेल पक्षीय एक नेताले आफूहरुको पक्षमा २२ जना प्रतिनिधिसभा सदस्य भएको बताएका छन् । बाँकी तीन जना प्रतिनिधिसभा सदस्यहरु नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन २०, २०७४  १२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro