site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस संसदीय दलमा चुनावी सरगर्मी, यस्तो छ जोड–घटाउ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि गृहकार्यमा जुटेको छ । संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले प्रक्रिया अगाडि बढाइसकेको छ । केही दिनअघि बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले संसदीय दलको नेता चयनका लागि चीनकाजी श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । समितिमा भीष्मराज आङ्देम्बे र नवीन्द्रराज जोशी सदस्य रहेका छन् । 

निर्वाचन समितिले संसदीय दलको नेता चयनका लागि फागुन २० गते बेलुकी ६ बजेदेखि साढे ७ बजेसम्म उम्मेदवारी दर्ता, सवा ८ बजेसम्म दाबी विरोधमाथि जाँचबुझ गरी नामावली प्रकाशन र फागुन २१ गते सवा ८ बजेसम्म उमेदवारी फिर्ताको समय तोकेर निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । 

समितिले उम्मेदवारले नाम फिर्ता लिने समय फागुन २१ गते बिहान सवा ८ बजेसम्मका लागि तोकेको छ । फागुन २१ गते बिहान साढे ८ बजे उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र बिहान १० देखि दिउँसो १ बजेसम्म दलको नेताका लागि मतदानको समय तोकिएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सिंहदरवारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मतदान हुने निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिले कांग्रेस संसदीय दलको नेतामा उमेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्कसमेत तोकिसकेको छ । 

देउवा भर्सेस सिंह
कांग्रेसमा संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले दाबी गरिरहेका छन् । शनिबार र आइतबार कांग्रेसभित्र कुनै चमत्कार नभए यी दुईबीच दलको नेताका लागि चुनावी प्रतिष्पर्धा हुने निश्चितप्रायः छ । 

कांग्रेसमा संस्थापन पक्षीय नेताहरु दलको नेताका लागि देउवाको विकल्प नरहेको दाबी गरिरहेका छन् भने पौडेल पक्षीय नेताहरु देउवाको विकल्प खोज्नुपर्ने तर्क गर्दै आएका छन् । उनीहरु सभापति देउवाकै कारण पार्टीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अकल्पनीय परिणाम व्यहोर्नु परेको दाबी गर्दै नेतृत्वसमेत परिवर्तन गर्नुपर्ने बताउँदै आएका छन् । 

तर, संस्थापन पक्ष र सिटौला पक्षीय नेता भीमसेनदास प्रधान पार्टी सभापतिले इच्छा जाहेर गरेपछि अरु नेताले दलको नेताका लागि अघि सर्नु जायज नहुने तर्क गर्छन् । १६ फागुनमा कांग्रेस महामन्त्री डा. शशांक कोइरालाको निवासमा आयोजित एक कार्यक्रममा नेता प्रधानले संसदीय दलको नेता चयनका लागि निर्वाचन भए सभापति देउवालाई सघाउने प्रतिक्रिया दिएका थिए । 

त्यस्तै, संस्थापन पक्ष पनि प्रतिनिधिसभामा रहेका ६३ जना सांसदमध्येमा आफूहरुको स्पष्ट बहुमत रहेको आंकलन गर्दै देउवाको विकल्प अरु कोही हुनै नसक्ने सोचमा अडिग देखिएका छन् । महामन्त्री डा. कोइरालाको निवासमा आयोजित कार्यक्रममा सभापति देउवाले पनि संसदीय दलको नेतामा आफ्नो दावी रहेको प्रतिक्रिया दिइसकेका छन् । 

यस्तो छ जोड–घटाउ
संसदीय दलको नेता चयनका लागि हुने निर्वाचनमा कांग्रेसबाट प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ विजयी २३ जना र समानुपातिक निर्वाचन प्रणालीतर्फका ४० जना प्रतिनिधिसभा सदस्यहरुले मतदान गर्नेछन् । 

प्रत्यक्ष निर्वाचन प्रणालीअन्तर्गत विजयी २३ जना प्रतिनिधिसभा सदस्यमध्ये १० जना संस्थापन पक्षीय, १० जना पौडेल पक्षीय र ३ जना सिटौला निकटका रहेका छन् । यस्तै, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा सदस्य बनेका ४० जनामा २८ जना संस्थापन निकट र १२ जना पौडेल निकट मानिन्छन् । 

देउवाका विश्वासपात्र मानिने कांग्रेसका एक केन्द्रीय सदस्यले कुल प्रतिनिधिसभा सदस्यमध्ये संस्थापन पक्ष निकट ३८ जना रहेको जानकारी दिएका छन् । त्यस्तै, पौडेल पक्षीय एक नेताले आफूहरुको पक्षमा २२ जना प्रतिनिधिसभा सदस्य भएको बताएका छन् । बाँकी तीन जना प्रतिनिधिसभा सदस्यहरु नेता कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । 

संस्थापन पक्षीय प्रतिनिधिसभा सदस्य 
१) सिताराम मेहता (सुनसरी–२)
२) विजयकुमार गच्छदार (सुनसरी–३) 
३) ज्ञानेन्द्रबहादुर कार्की (सुनसरी–४)
४) प्रदीप गिरी (सिरहा–१) 
५) अमरेशकुमार सिंह (सर्लाही–४) 
६) देवेन्द्रराज कँडेल (नवलपरासी–२)
७) प्रमोदकुमार यादव (रुपन्देही–४) 
८) भरतकुमार शाह (रुपन्देही–५)
९) अभिषेकप्रताप शाह (कपिलवस्तु–३)
१०) शेरबहादुर देउवा (डडेल्धुरा–१) 
११) बहादुरसिंह लामा (नुवाकोट)
१२) कर्मा घले (मनाङ)
१३) उमेश श्रेष्ठ (भोजपुर)
१४) जीपछिरिङ लामा (दोलखा)
१५) दिव्यमणी राजभण्डारी (काठमाडौं)
१६) ज्ञानकुमारी छन्त्याल (बाग्लुङ)
१७) महेन्द्रकुमारी लिम्बू (झापा)
१८) मिना सुब्बा (सुनसरी)
१९) बालकृष्ण खाँण (रुपन्देही)
२०) किशोरसिंह राठौर (बर्दिया)
२१) सूर्यबहादुर केसी (पोखरा)
२२) पुष्पा भुषाल गौतम (अर्घाखाँची) 
२३) डा. डिला संग्रौला (मोरङ्ग) 
२४) उमा रेग्मी (चितवन) 
२५) रंगमती शाही (हुम्ला)
२६) पद्मनारायण चौधरी (सिरहा)
२७) पार्वता डिसी चौधरी (दाङ्ग)  
२८) मानबहादुर विश्वकर्मा (अर्घाखाँची)
२९) मिनबहादुर विश्वकर्मा (सुनसरी)
३०) सुजाता परियार (इलाम)
३१) लक्ष्मी परियार सेवा (उदयपुर)
३२) विनोदकुमार चौधरी (नवलपरासी)
३३) स्मृतिनारायण चौधरी (धनुषा)
३४) नागेन्द्रकुमार राय (सर्लाही)
३५) चित्रलेखा यादव (सिरहा)
३६) मिनाक्षी झा (धनुषा)
३७) अतहर कमाल मुसलमान (कपिलवस्तु)
३८) खर्वत आरा खानम (बाँके)

पौडेल पक्षीय प्रतिनिधिसभा सदस्य
१) डा. मिनेन्द्र रिजाल –मोरङ–२
२) डा. नारायाण खड्का –उदयपुर–१
३) तेजुलाल चौधरी– सप्तरी–४
४) मोहम्मद अफताव आलम– रौतहट–२
५) देवप्रसाद तिमल्सिना– रौतहट–४
६) प्रकाशमान सिंह– काठमाडौं–१ 
७) राजेन्द्रकुमार केसी– काठमाडौं–१०
८) डा. शशांक कोइराला– नवलपुर–१ 
९) मोहन आचार्य– रसुवा–१
१०) संजयकुमार गौतम– बर्दिया–१
११)ं लालकाजी गुरुङ– पर्वत
१२) प्रमिला राई (उदयपुर)
१३) हिरा गुरुङ –खोटाङ
१४) दिलेन्द्रप्रसाद बडू –दार्चुला)
१५) रामबहादुर विष्ट (अछाम)
१६) सुजाता कोइराला (मोरङ)
१७) मीना पाण्डेय (सर्लाही)
१८) प्रकाश रसाईली स्नेही (बझाङ)
१९) बिमला नेपाली (दाङ्ग)
२०) सीतादेवी यादव (सिरहा)
२१) सत्यनारायण खनाल (नवलपरासी
२२) नमीताकुमारी चौधरी (सप्तरी)

सिटौला समूह
१) उमाकान्त चौधरी (बारा–१)
२) गगनकुमार थापा (काठमाडौं–४)
३) भीमसेनदान प्रधान (काठमाडौं–६)

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०७४  १६:२५
प्रतिक्रिया दिनुहोस्