site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रदेशमा संसदीय दलको नेता चयनमा कांग्रेसका गुट सक्रिय
SkywellSkywell

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस प्रदेशसभाहरुका लागि संसदीय दलको नेता चयनको गृहकार्यमा जुटेको छ । प्रदेश नम्बर २ र ३ बाहेक अन्य प्रदेशहरुमा प्रदेशसभा संसदीय दलको नेता चयन गर्न सकेको छैन । 

प्रदेशसभा संसदीय दलको नेता चयनका लागि कांग्रेस शीर्ष नेताको केही दिन अघि बसेको बैठकले ७ वटै प्रदेशमा एक–एक जना केन्द्रीय सदस्यलाई केन्द्रीय प्रतिनिधि चयन गरेको थियो । 

कांग्रेसले अहिलेसम्म प्रदेश नम्बर २ र ३ मा प्रदेशसभा संसदीय दलको नेता चयन गरिसकेको छ । दुवै प्रदेशमा कांग्रेसले सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो । कांग्रेस शीर्ष नेताहरुको बैठकले प्रदेश नम्बर २ मा विमलेन्द्र नीधि र प्रदेश नम्बर ३ मा महालक्ष्मी उपाध्याय ‘डिना’ लाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको थियो । 

KFC Island Ad
NIC Asia

प्रदेश नम्बर २ मा कांग्रेसको संसदीय दलको नेतामा मनोनित रामसरोज यादव चयन भएका छन् । उनी धनुषा कांग्रेसका सभापति हुन् । उनी धनुषा निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । राष्ट्रिय जनता पार्टीका कविन्द्रनाथ ठाकुरलाई पराजित गर्दै यादव प्रदेशसभा सदस्यमा विजयी भएका हुन् । 

यस्तै प्रदेश नम्बर ३ मा मकवानपुरका इन्द्रबहादुर बानियाँ संसदीय दलको नेता चयन भएका छन् । उनलाई बिहीबार सर्वसम्मत रुपले संसदीय दलको नेता चयन गरिएको केन्द्रीय प्रतिनिधि उपाध्यायले जानकारी दिइन् । 

Royal Enfield Island Ad

बानियाँ मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले वामगठबन्धनका राजाराम स्याङतानलाई झण्डै १५ सय मतले पराजित गरेका थिए । 

कांग्रेसले बाँकी रहेका १, ४, ५, ६ र ७ नम्बर प्रदेशमा संसदीय दलको नेता चयनका लागि छलफल चलिरहेको बताएको छ । उसले सबै प्रदेशहरुमा सर्वसम्मत ढंगबाट संसदीय दलको नेता चयन गर्ने नीति अख्तियार गरेको छ । 

‘‘प्रदेशहरुमा खटाइएका केन्द्रीय सदस्यलाई शीर्ष नेताको बैठकले सर्वसम्मत ढंगबाट संसदीय दलको नेता चयन गर्न भनेको छ’’, कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, ‘‘सर्वसम्मत रुपले नेता चयन हुन नसके बहुमतका आधारमा गरिने छ ।’’

कांग्रेसका एक प्रभावशाली नेताले बाह्रखरीसँगको कुराकानीमा प्रतिनिधिले नै आफू निटकको र शीर्ष नेता निकटको नेतालाई दलको नेता चयन गर्ने तयारी गरेपछि कांग्रेसमा आन्तरिक गुटबन्दी झनै चर्किएको गुनासो गरे ।

 

यी हुन् कांग्रेसका प्रदेशसभा संसदीय दलको नेताका आकांक्षी

प्रदेश नम्बर १ 

१ नम्बर प्रदेशमा कांग्रेसभित्र संसदीय दलको आकांक्षीका रुपमा ५ जना देखा परेका छन् । सुनसरी सभापति राजीव कोइराला, उदयपुरका पूर्व सभापति हिमाल कार्की, मोरङका उपसभापति शिवनारायण सिँह, मोरङका महाधिवेशन प्रतिनिधिद्वय केदार कार्की र शेखर चन्द्र थापाले दलको नेताका लागि आकांक्षा राखेका छन् । 

तर ५ जना आकांक्षी देखिए पनि सुनसरी सभापति कोइराला र उदयपुरका पूर्व सभापति कार्कीको सम्भावना बलियो देखिएको छ । क्षेत्र नम्बर १ मा फागुन पहिलो सातासम्म संसदीय दलको नेता चयन गरिने कांग्रेस स्रोतले जनाएको छ । 

कांग्रेस शीर्ष नेताहरुको बैठकले प्रदेश नम्बर १ को प्रदेशसभा संसदीय दलको नेता चयनका लागि डा. मिनेन्द्र रिजाललाई केन्द्रीय प्रतिनिधिका रुपमा खटाएको छ । 

प्रदेश नम्बर ४ 

४ नम्बर प्रदेशमा कृष्णचन्द्र नेपाली र मणीभद्र काफ्ले संसदीय दलको नेताका प्रवेल दावेदारका रुपमा देखिएका छन् । नेतृत्वले विवेकपूर्ण ढंगबाट सर्वसम्मत रुपमा नेता छनोट गरे नेपाली ४ नम्बर प्रदेशका लागि संसदीय दलको नेता चयन हुने सम्भावना अधिक रहेको छ । 

‘‘विवेकपूर्ण र सर्वसम्मत ढंगले सिनियरीटीका आधारमा चयन गरे नेपालीजीको सम्भावना बलियो देखिन्छ,’’ कांग्रेसका एक नेताले बाह्रखरीसँगको कुराकानीमा भने ।

अर्का आकांक्षी काफ्ले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट भएपनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशसभा सदस्य भएकाले उनको सम्भावना न्यून देखिएको स्रोतको भनाई छ ।        

प्रदेश नम्बर ५ 

५ नम्बर प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि तीन जना आकांक्षी देखिएका छन् । कांग्रेस संसदीय दलको नेतामा पाल्पाका सभापति वीरबहादुर राना, दाङका डिल्ली चौधरी र कपिलवस्तुका वीरेन्द्र कनौडियाले आकांक्षा राखेका छन् ।

५ नम्बर प्रदेशमा तीनै जनाले आफ्नो आकांक्षा स्वाभाविक भन्दै आएपनि दाङका चौधरी पार्टी सभापति देउवाका विश्वासपात्र मानिने भएकाले उनको सम्भावना रहेको नेताहरु बताउँछन् । चौधरी दाङबाट प्रत्यक्ष तर्फ निर्वाचन जित्ने कांग्रेसका एक्ला प्रदेशसभा सदस्य हुन् । 

उनी दाङ निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले नेकपा एमालेका उमेदवार जगप्रसाद शर्मालाई झण्डै २५ सय मतले पराजित गरेका थिए । ८७ जना प्रदेश सांसद रहेको प्रदेश ५ मा कांग्रेसबाट १९ जना रहेका छन् । 

प्रदेश नम्बर ६ 

६ नम्बर प्रदेशमा हुम्लाका जीवनबहादुर शाही कांग्रेस संसदीय दलको नेता सर्वसम्मत हुने सम्भावना बलियो छ । उनी ६ नम्बर प्रदेशबाट प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत कांग्रेसबाट प्रदेशसभामा निर्वाचित एक मात्र सांसद हुन् । 

पूर्वमन्त्री मसेत रहेका कांग्रेस केन्द्रीय सदस्य शाहीबाहेक ६ नम्बर प्रदेशमा संसदीय दलको नेताका लागि अरुको चर्चा छैन । उनी हुम्ला प्रदेशभा (ख) बाट कम्युनिष्ट गठबन्धनका विजय भण्डारीलाई ५२६ मतले पराजित गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । 

प्रदेश नम्बर ७ 

७ नम्बर प्रदेशमा कांग्रेस संसदीय दलको नेताका लागि डोटीका भरतबहादुर खड्का र कैलालीका डा. रणबहादुर रावल मुख्य दावेदारका रूपमा देखिएका छन् । 
डडेल्धुराका गोविन्द बोहरा र कर्ण मल्लले पनि संसदीय दलको नेताका लागि इच्छा देखाएका छन् । 

‘‘संसदीय दलको नेताका लागि मेरो नाममा सहमति हुनुपर्ने हो’’, प्रदेशसभा सदस्य खड्काले भने । उनी यसअघिका संविधानसभा सदस्य पनि हुन् । संसदीय दलको नेताका अर्का दावेदार प्रदेशसभा सदस्य डा. रावल पनि आफ्नो नाममा सहमति जुट्नेमा विश्वास्त देखिन्छन् । 

त्यस्तै डडेल्धुराका प्रदेशसभा सदस्य गोविन्द बोहराले पनि संसदीय दलको नेतामा आफ्नो दाबी रहेको बताएका छन् । प्रदेशसभा सदस्य कर्ण मल्लले पनि दाबी गरेका छन् । १२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश नम्बर ७ कांग्रेसमा संसदीय दलको नेता चयनका लागि कांग्रेसले केन्द्रीय सदस्य एनपी सावदलाई प्रतिनिधि खटाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २५, २०७४  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro