site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फुटपाथमा जनताको जुत्ता टल्काउँदै भेटिए कांग्रेस नेता
SkywellSkywell

काठमाडौं । गएको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेपछि सत्तारुढ नेपाली कांग्रेसका नेता–कार्यकर्तामा निराशा छाएको थियो । पराजय व्यहोरेको एक महिना नपुग्दै कांग्रेसका युवा नेताहरुले पार्टी सभापति शेरबहादुर देउवाकै कारण निर्वाचनमा लज्जास्पद हार व्यहोर्नु परेको भन्दै नेतृत्व परिवर्तनको माग अघि सारे ।  
कांग्रेसले हरेक वर्ष पुस १६ गते मनाउँदै आएको राष्ट्रिय मेलमिलाप दिवसकै दिन सात जना युवा नेताहरुले लिखित रुपमै नेतृत्व परिवर्तनको माग अघि सारेपछि नेपालको राजनीतिमा नयाँ तरंग उत्पन्न गरायो । 

कांग्रेसले निर्वाचनमा व्यहोरेको पराजयको समीक्षा गर्न केन्द्रीय समिति र महासमिति बैठक आह्वान गर्नुपर्ने र ‘अर्ली’ महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने माग अघि सार्ने उक्त ‘सात भाइ’ समूहको संयोजन गरेका थिए, कांग्रेसका युवा नेता चन्द्र भण्डारीले । 

\"\"

KFC Island Ad
NIC Asia

तिनै युवा नेता भण्डारी मंगलबार बिहान राजधानीको व्यस्त मानिने नयाँ बानेश्वरमा जुत्ता पालिस गरिरहेको अवस्थामा भेटिए । उनलाई जुत्ता पालिस गर्ने काममा सघाइरहेका थिए, ‘सात भाइ’ समूहकै अर्का युवा नेता धनराज गुरुङले । 

कांग्रेस सभापति देउवाको राजीनामासम्म माग्दै हिँडेका कारण पछिल्लो समय चर्चामा रहेका नेताद्वय भण्डारी र गुरुङ नयाँ बानेश्वर चोकमा जुत्तामा पालिस लगाइरहेको देखेपछि केही बेरमै मानिसहरुको भीड लाग्यो ।

Royal Enfield Island Ad

\"\"कांग्रेसका युवा नेताद्वय भण्डारी र गुरुङसँगै पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र कांग्रेस कार्यकर्ता विनोद भट्टराई पनि भिडभाडका बीच बटुवाहरुका जुत्तामा पालिस र ब्रस लगाइरहेका थिए । तर उनीहरु बटुवाबाट जुत्तामा पालिस गरेबापत पैसा भने लिइरहेका थिएनन् । 

कांग्रेसभित्र रहेको ‘बेथिती’ सफा गरेर सुदृढ र मजबुत पार्टी निर्माणको अभियानमा जुटेको दाबी गर्दै आएका युवा नेताहरुलाई जनताको जुत्ता पालिस गर्ने अवसर जुराइदिएको थियो, कृष्णप्रसाद भट्टराई प्रतिष्ठानले । प्रतिष्ठानले राष्ट्रिय शहिद दिवसको अवसर पारेर ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको हो ।  

\"\"नयाँ बानेश्वरमा मंगलबार बिहान आयोजित ‘राजनीति शुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष तथा पूर्वसभामुख दमननाथ ढुंगानाले गरेका थिए । उनले राजनीतिभित्र रहेको ‘फोहोर’ सफा गरेर राजनीतिलाई शुद्धिकरण गर्ने अभिप्रायले प्रतिष्ठानले ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ आयोजना गरेको बताए । 

‘‘प्रजातन्त्रको प्राण भनेको निष्ठा र इमान्दारिता हो । जनप्रतिनिधि, चुनाव र लिखित कानुन भएर मात्रै प्रजातन्त्र बलियो हुन सक्दैन’’, पूर्वसभमुख ढुंगानाले भने, ‘‘त्यसैले राजनीतिमा रहेको फोहोरलाई सफा गरेर प्रजातन्त्रमा प्राण भर्न जरुरी छ ।’’ राजनीतिक दलहरुले संविधान कार्यान्वयन गर्द जाँदा नैतिकवान र निष्ठावान बन्न अत्यन्तै जरुरी रहेको उनको भनाइ थियो ।  

\"\"प्रतिष्ठानका महासचिव विनोद भट्टराईले कांग्रेसका संस्थापक नेता स्वर्गिय भट्टराईका चार आदर्श उत्कट राष्ट्रप्रेम, उत्कट प्रजातन्त्रवादी, खरो इमान्दारिता र प्रतिपक्षी दलहरुसँगको सद्भाव सम्झिनका लागि ‘राजनीति सुद्धिकरण (जुत्ता पालिस) अभियान’ कार्यक्रमको आयोजना गरेको जानकारी दिए । 

पाँचखाल नगरपालिकाका नगर प्रमुख खरेलले स्वर्गिय नेता भट्टराईको मार्गदर्शनका साथ अघि बढेर युवाहरुले आ–आफ्नो पार्टीभित्र रहेका विकृति र विसंगति हटाउनुपर्नेमा जोड दिए । उनले २०४८ सालमा नेता भट्टराईलाई निर्वाचनमा जिताउन काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा ‘बाल कांग्रेस’ गठन गर्दा र त्यस पछि भोग्नु परेको अप्ठ्याराहरुको स्मरण पनि गरे ।      

\"\"

तस्बिरहरु : सौरभ रानाभाट

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०७४  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro