site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वृद्धभत्ताबारे सरकारको प्रष्टोक्ति– दूरगामी असर पर्ने निर्णय गरिएको छैन
SkywellSkywell

काठमाडौं । माघ १० गते बसेको मन्त्रीपरिषद् बैठकले ६५ वर्षमै वृद्धभत्ता दिने निर्णय गरेपछि नेपाली कांग्रेस नेतृत्वको कामचलाउ सरकारको चौतर्फी आलोचना भइरहेको छ । केही समयपछि सरकारको नेतृत्व गर्न गइरहेको मुख्य बाम घटक नेकपा एमालेले पत्रकार सम्मेलन नै गरेर वर्तमान सरकारको पछिल्लो निर्णयको चर्को आलोचना गर्यो । वर्तमान सरकारले गरेका पछिल्ला निर्णयहरु आगामी सरकारले उल्ट्याउने चेतावनी एमाले अध्यक्ष केपी ओलीले दिए ।

यसअघिदेखि नै कम्युनिष्ट गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रका नेताहरुले पटक–पटक कांग्रेस नेतृत्वको सरकारलाई दूरगामी असर पर्ने कुनै पनि निर्णय नगर्न सचेत गराउँदै आएका थिए । तर, कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दलको चेतावनीका बाबजुद पनि निर्णयहरु गर्दै आएका छन् । सस्तो लोकप्रियताका लागि जनतासँग प्रत्यक्ष सरोकार राख्ने निर्णयहरु गरेको भन्दै देउवाको सामाजिक सञ्जालमा पनि उत्तिकै आलोचना भइरहेको छ । 

तर, सरकारले भने यसलाई ‘सस्तो लोकप्रियता’ का लागि नगरिएको दाबी गरेको छ । सिँचाइ मन्त्री सञ्जयकुमार गौतमले विपक्षी र आलोचकहरुले सरकारमाथि लगाइरहेको ‘सस्तो लोकप्रियता’ को आरोपको खण्डन गरे । ‘‘वृद्धभत्ता ५ वर्ष घटाउँदा सस्तो लोकप्रियता भन्नु उचित होइन,’’ उनले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘सस्तो लोकप्रियताकै लागि हुन्थ्यो भने हामी चुनावअघि नै गथ्र्यौं नि ।’’ वर्तमान सरकारले दीर्घकालिन असर पर्ने कुनै पनि निर्णय नगरेको दाबी पनि गौतमले गरे । ‘‘दीर्घकालिन असर पर्ने निर्णय गर्ने हाम्रो मनसाय होइन । त्यस्तो भए आउने सरकारले निर्णय हटाइदिए भैगो नि,” गौतमले भने । 

KFC Island Ad
NIC Asia

कांग्रेसले आगामी दिनमा मतदाता बढाउन वृद्धभत्ताको समय ५ वर्ष घटाएको भन्ने आलोचनाको पनि उनले खण्डन गरे । ‘‘आगामी ५ वर्षमा वृद्धवृद्धाबाट कति बढ्ला र कांग्रेसको भोट ?’’ उनले तर्क गरे, ‘‘भोट नै बढाउने मनसाय भएको भए सरकारले युवा बेरोजगारलाई लक्षित गरेर बेरोजगार भत्ता बढाउन सक्थ्यो ।’’

मन्त्री गौतमले मन्त्रीपरिषद्मा वृद्धभत्ताको उमेर घटाउने, ८० वर्ष पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता दोब्बर दिने र बेरोजगार युवालाई बेरोजगार भत्ता दिने प्रस्ताव आए पनि सरकारले उमेरमात्रै घटाएको जिकिर गरे । ‘‘अर्थव्यवस्था कमजोर भएका बेला प्रत्युत्पादक हुन्छ भनेर सरकारले एउटामात्रै निर्णय लिएको हो,’’ उनले भने ।

Royal Enfield Island Ad

कांग्रेस पनि बचाउमा

\"\"सत्तारुढ दल नेपाली कांग्रेस पनि सरकारको पछिल्लो निर्णयलाई लिएर भइरहेको आलोचनाको बचाउमा लागेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वृद्धभत्ता पाउने उमेर घटाउँदा मलुकलाई केही व्ययभार बढे पनि कांग्रेसले मुलुकको अर्थतन्त्रलाई मजबुद बनाएको तर्क गरे ।

‘‘व्ययभार बढ्यो भन्नेहरुले बजेट खर्च गर्नेले बजेट बढायो–बढाएन भन्ने पनि मनन् गर्नुपर्छ,’’ उनले भने, ‘‘वृद्धभत्ताको आलोचना हुँदै गर्दा कांग्रेसले ढुकुटीमा पैसा बढाउने काम पनि गरेको सम्झिन जरुरी छ ।’’ कांग्रेस नेतृत्वकै तत्कालिन सरकारले कर प्रणाली र पूँजीकर लाभको व्यवस्था लागु गरेर मुलुकको अर्थतन्त्र बलियो बनाएको दावी शर्माले गरे । 

कामचलाउ सरकारले किन यस्तो निर्णय गर्यो भनेर आलोचना गर्नु व्यर्थ भएको टिप्पणी गर्दै कांग्रेस प्रवक्ता शर्माले भने, ‘‘वृद्धभत्ता एमालेले सुरु गरेको हो । कांग्रेसले यसलाई आफू सरकारमा जाँदा बढाउँदै र संशोधन गर्दै गएको छ । वृद्धभत्तालाई सबैले सामूहिक स्वामित्व लिनुपर्छ ।’’ तत्कालिन एमाले नेतृत्वको सरकारले ७५ वर्ष उमेर पुगेका वृद्धवृद्धालाई वृद्धभत्ता दिने निर्णयलाई देउवा नेतृत्वकै सरकारले ७० वर्षमा झारेको स्मरण उनले गरे ।

जाँदै गरेको सरकारका निर्णय सबै गलत र आउने सरकारले गर्ने निर्णय सबै सही हुन्छन् भन्न नहुने शर्माको तर्क छ । नेपालीको औसत आयुपछि वृद्धभत्ता उपलब्ध गराउनु उचित नभएकाले वर्तमान सरकाले ५ वर्ष घटाएको उनले बताए । ‘‘वृद्धभत्ता भनेको बुढेसकालमा दिने भत्ता हो । औसत आयुपछि दिने भत्ता होइन,’’ उनले भने ।        
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०७४  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro