site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा छलफल हुँदै
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । 

अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

बिहान ८ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानुनविद्हरूसँग छलफल गर्ने कार्यसूची छ । 

विधायन व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । बैठक मध्याह्न सवा १२ बजेका लागि बोलाइएको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि आजै बस्दै छ । बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा विभागीय मन्त्रीसँग छलफल गर्ने कार्यसूची छ । 

बिहान साढे ११ बजे बस्ने बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिसोर साह सुडी र सोही मन्त्रालयकी सचिव लक्ष्मी कुमारी बस्नेतलाई बोलाइएको छ । 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  ०६:५६
प्रतिक्रिया दिनुहोस्