देश
रामेछापमा गयो भूकम्प

काठमाडौं । रामेछापमा आइतबार (भदौ १) भूकम्पको धक्का महसुस गरिएको छ ।
दिउँसो ३ बजेर ४३ मिनेटमा रामेछापको हेलाम्चो आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसअघि, साउन २० गते म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
प्रकाशित मिति: आइतबार, भदौ १, २०८२ १६:१३
प्रतिक्रिया दिनुहोस्