site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भारतीय विदेशसचिव आज नेपाल आउँदै

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । 

परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेशसचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणका निम्ति आज काठमाडौं आउन लागेका हुन् । 

भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै ‘कनेक्टिभिटी’, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा भारतका विदेशसचिवले नेपालका उच्च अधिकारीहरूसँग पनि भेट गर्नेछन् । उनी सोमबार काठमाडौंबाट दिल्ली प्रस्थान गर्नेछन् । 

प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  ०८:२१
प्रतिक्रिया दिनुहोस्