site stats
बाह्रखरी :: Baahrakhari
देश
पहिरोले यी सडकखण्ड छन् अवरुद्ध, सवारी आवागमन ठप्प
फाइल तस्बिर ।

काठमाडौं । बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन ठप्प भएको छ । 

म्याग्दीको अन्नपूर्ण गाउँपलिका–३ सुकेबगरस्थित बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको छ । बिहान ६ बजे पहिरो खस्दा सडक पूर्णरूपमा अवरुद्ध भएको हो । 

म्याग्दीकै मलिका गाउँपालिका–६ बाङगे भीरस्थित बेनी–दरबाङ सडकखण्ड पनि अवरुद्ध भएको छ । 

बिहान ६ बजे पहिरो जाँदा सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

नुवाकोट ककनी गाउँपालिका–१ चिसोधारास्थित पासाङ ल्यामु राजमार्ग पनि अवरुद्ध भएको छ । गएाति १ बजे माथिबाट आएको पहिरोले सडक ढाकेपछि सवारी आवागमन ठप्प भएको हो । 

पहिरो हटाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले बताएको छ ।
 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०८:४०
प्रतिक्रिया दिनुहोस्