site stats
बाह्रखरी :: Baahrakhari
विदेश
टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प : एकजनाको मृत्यु, २९ घाइते

काठमाडौं । टर्कीको उत्तरपश्चिमी प्रान्त बाल्केसिरमा आइतबार साँझ गएको ६.१ म्याग्निच्युडको भूकम्पमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८१ वर्षीया महिला छिन् ।  भग्नावशेषबाट निकालिएको केही समयपछि उनको मृत्यु भएको हो । 

टर्कीका गृहमन्त्री अली येर्लिकायाले भूकम्पको केन्द्रबिन्दु सिन्दिरगी सहर रहेको बताए । भूकम्पका कारण १६ वटा भवन भत्किएको र २९ जना घाइते भएको अली येर्लिकायाले बताए । बीबीसी


 

प्रकाशित मिति: सोमबार, साउन २६, २०८२  ०७:२३
प्रतिक्रिया दिनुहोस्