
सिड्नी । अस्ट्रेलियाको सिड्नीमा चलचित्र ‘पीआर’को रेड कार्पेट प्रिमियर गरिएको छ । सिड्नीको हर्सभिलस्थित इभेन्ट र भी म्याक्स हलमा फिल्मको रेड कार्पेट प्रिमियर गरिएको हो ।
चलचित्र एकसाथ चार हलमा रेड कार्पेट प्रिमियर गरिएको थियो । आइतबार सिड्नीको बरूउडस्थित इभेन्ट सिनेमामा थप प्रिमियर गरिने तय भएको निर्देशक शोभित बस्नेतले बताए ।
रेड कार्पेट प्रिमियरपछि बस्नेतले भने, “सिड्नीमा रहनुहुने दर्शकहरूले यो फिल्म मन पराउनुभएको छ । हामी निकै उत्साहित भएका छौँ । यति धेरै माया देखाउंनुभएका कारण हामी अन्य सहरहरूमा पनि शोहरू गर्ने योजनामा छौँ ।”
यो चलचित्र अस्ट्रेलियामै छायांकन गरिएको हो । र, अस्ट्रेलियामा नै रहेका कलाकारको अभिनय छ ।
फिल्ममा अस्ट्रेलियामा पीआर अर्थात् स्थायित्व पाउन नेपाली विद्यार्थीले गरेका दुःखपीडा प्रस्तुत छ ।
चलचित्र निर्माता रञ्जित शाहले अस्ट्रेलियामा संघर्षरत नेपाली विद्यार्थीका दुःख र संघर्षको कथालाई दर्शकले मन पराएको बताए ।
आफूले भोगेको कथा नयाँ पुस्तामा हस्तान्तरण गर्न चलचित्रमा लगानी गरेको शाहको भनाइ छ ।