अर्थ व्यवसाय
सुनचाँदीको मूल्य बढ्यो
1613887271.jpg)
काठमाडौं । नेपाली बजारमा सोमबार (साउन १९) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ६०० रुपैयाँ कायम छ । आइतबार (साउन १९) छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार २५५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला दुई हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, साउन १९, २०८२ १२:०१
प्रतिक्रिया दिनुहोस्