site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हरिद्वारको मनसादेवी मन्दिरमा भगदौड, ६ जनाको मृत्यु

काठमाडौं । भारतको उत्तराखण्डको हरिद्वारस्थित मनसादेवी मन्दिरमा भएको भगदौडमा ६ जनाको मृत्यु भएको छ । अन्य धेरै घाइते भएको बीबीसी हिन्दी जनाएको छ ।

हरिद्वारका एसएसपी प्रमेंद्र सिंह डोबाल र डीएम मयुर दीक्षितले बिजुलीको तारबाट करेन्ट प्रवाह भएको अफवाहका कारण भागदौड मच्चिएको बताएका छन् ।

हरिद्वारका डीएम मयूर दीक्षितका अनुसार, आज बिहान करिब ९ बजेतिर मनसादेवीको सिढीमार्गमा भगदौडको सूचना प्राप्त भएको थियो । “आज बिहान कन्ट्रोल रुममार्फत हामीलाई सूचना प्राप्त भएको र केही व्यक्तिको मृत्यु भएको छ । सूचना प्राप्त हुनासाथ प्रहरी बल घटनास्थलमा पुगेको र करिब ३५ जना मानिसहरूलाई अस्पताल ल्याइएको थियो, जसमध्ये छ जनाको मृत्यु भएको पुष्टि भएको छ,” उनले भने ।

उत्तराखण्ड सरकारले मनसादेवी मन्दिरको सिढीनजिकै भएको भागदौडमा ज्यान गुमाएका व्यक्तिको परिवारका लागि दुई लाख रुपैयाँको सहायता राशिको घोषणा गरेको छ । त्यस्तै, घाइतेलाई ५० हजार रुपैयाँको सहायता प्रदान गरिने बताएको छ ।

बीबीसी हिन्दीबाट ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:११
प्रतिक्रिया दिनुहोस्