site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा ११ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आइतबार (साउन ११) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ६०० रुपैयाँ कायम छ । अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ९४ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार २९० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला दुई हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:४९
प्रतिक्रिया दिनुहोस्