site stats
बाह्रखरी :: Baahrakhari
कला
चलचित्र ‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा हलमा रिलिज हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘पूजा, सर’ फ्रान्सका ६२ सिनेमा घरमा एकैपटक रिलिज हुने भएको छ । 

दीपक रौनियारले निर्देशन गरेको चलचित्र ‘पूजा, सर’ फ्रान्सका ६२ वटा सिनेमा घरमा एकैपटक रिलिज हुन लागेको हो । अन्तर्राष्ट्रिय सिनेमाको केन्द्र मानिने फ्रान्समा यति ठूलो संख्यामा नेपाली चलचित्र रिलिज हुन लागेको यो पहिलोपटक हो ।

नेपालमा यो चलचित्र ‘राजागंज’को नामबाट रिलिज भएको थियो । गत वर्षको चैत १ गते यो चलचित्र रिलिज भएको थियो । 

‘राजागंज’ विसं २०७२ सालमा संविधान जारी भएपछि विरोधमा भएको मधेस आन्दोलनको कथामा बनेको छ ।  

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डललगायत कलाकारको अभिनय छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  १४:३०
प्रतिक्रिया दिनुहोस्