अर्थ व्यवसाय
सुनको मूल्य एकैदिन तोलामा २४ सयले घट्यो
16138872681680584642.jpg)
काठमाडौं । नेपाली बजारमा बिहीबार (साउन ८) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ । बुधबार (साउन ७) छापावाल सुन प्रतितोला एक लाख ९७ हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२ ११:४७
प्रतिक्रिया दिनुहोस्