कला
चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक
काठमाडौं । चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ । ‘म त सुतेर उठेको पैसा’मा बोलको गीत निर्माणपक्षले आज सार्वजनिक गरेको छ ।
गीतमा बाबुल गिरीको स्वर छ । चाइल्ड भर्सनमा रोनिस खड्काको स्वर रहेको छ । शब्द तथा संगीत पनि बाबुल गिरी कै छ ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार केदार घिमिरे छन् । ‘माग्ने राजा’ भदौ ६ गते रिलिज हुनेछ ।
चलचित्र ‘माग्ने राजा’का निर्माता मुनाल घिमिरे हुन् । ऋषि लामिछानेले निर्देशन गरेको चलचित्रको कथा सामीप्यराज तिमलसेनाले लेखेका छन् ।
चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ । आर्यन सिग्देलको पनि विशेष भूमिकामा छन् ।
प्रकाशित मिति: सोमबार, साउन ५, २०८२ १६:२५
प्रतिक्रिया दिनुहोस्